अजय यादव वियोगी
कलैया ,बारा ।
"बारामा एसईईको परिक्षा भद्रगोल ,परिक्षाकेन्द्रमै कापी चेक गर्दा शंकास्पद गतिविधि बढेको सरोकारवालाहरुको भनाइ
"
देशभरि नै चैत १९ गतेबाट सुुरु भएको एसईई परिक्षा मर्यादित ढंगले सरकारले गराउन सकेका छैन ।हचुवाको भरमा नयाँ सरकारले हुँदै आएको संरचनालाई बिगाडदै केन्द्रबाट कापी चेक गरेर शिक्षा विकास तथा समन्वय एकाईमा पठाउन निर्देशन दिएका थिए ।बर्षो देखि चल्दै आएको एसएलसी र हालको नामाकरण भएर आएको एसईई परिक्षाको अवस्था खस्दै गएको छ।दुई तिहाईको नयाँ सरकारले शिक्षालाई बर्बाद गर्न खोजेको हो।जोस धेरै तर अनुभव थोरै भएका शिक्षामन्त्री सस्मित पोखरेलले हुँदै नभएको कपि नभएको यात्रा नेपालमा चलाउन थालेपछि त्यसको असर परेको बाराका सरोकारवालाहरु बताएका छन् ।पहिलाको तुल्ना अहिले ५ प्रतिशत पुग्दैन शिक्षाको स्तर तर सरकार चाँहि नयाँ काम चाहि हचुवाको भरमा भएको हो अभिभावकहरु बताएका छन् ।यता बारामा रहेको ३० वटा परिक्षा केन्द्र भद्रगोल अवस्थामा सम्पन्न भएको छ।बाराको सुवर्ण गाउँपालिका -२ कवहीमा रहेको परिक्षा केन्द्रको गतिविधि शंकास्पद देखिएको थियो ।केन्द्राध्यक्ष सरोज कुमार सिँहले मनोमानी ढंगले परिक्षा सञ्चालन गरेको पनि बिधार्थीहरुले बताएका छन् ।सो प्रहरीबाट त्रासको वातावरण सृजना भएको थियो ।कापी चेकमा गम्भीर लापरबाही हुने संकेत देखिएको हो ।शिक्षा विकास तथा समन्वय एकाई बाराका प्रमुख अशोककुमार रौनियारले विधालय व्यवस्थापन समितिलाई जिम्मा लगाएर परिक्षा सञ्चालन गराएको प्रतिक्रिया श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो ।परिक्षा मर्यादित नभएको र कापी चेकमा गम्भीर लापरबाही देखि गुनासो आउँदा समेत एकाई प्रमुख रौनियारले विधालयको बेन्च, डेस्क मिलाउने जिम्मा व्यवस्थापन रहेको सोही अनुसार परिक्षा सञ्चालन भएको परिक्षाको समय विधालय व्यवस्थापन समितिमा भएको व्यक्ति परिक्षा केन्द्रमा गएको बताएका छन् ।पत्रकारलाई बारामा जान्न निषेध गरिएको तर जाने भए शिक्षा समितिले बनाएको टोलीसँग जाने निर्णय भएको एकाई प्रमुख रौनियारले बताउनुभयो ।बारामा ३० परिक्षा केन्द्रको हविगत समग्रमा खराब भएको चुस्त दुरुस्त परिक्षा नभएको शिक्षाका जानकार रहेका बिरेन्द्र प्रसाद यादवले बताउनुभयो।खाली परिक्षाको नाम हाजिरी गराईएको हो ।शिक्षा विकास तथा समन्वय एकाईले पनि परिक्षा केन्द्र परेको ठाउँमा सोही विधालयको प्रधानाध्यापकलाई केन्द्राध्यक्षलाई बनाई स्कुलको परिक्षा सञ्चालन गरे जस्तै कम लागतमा सञ्चालन गराएको आएको भत्ता समेत कुम्ल्याउने काम भएको हो ।यसबाट बिधार्थीहरुमा दिर्घकालिन असर पर्ने जाने पनि सरोकारवालाहरु बताएका छन् ।अहिले दिनप्रतिदिन शिक्षाको स्तर बढनुको साटो घटदै गएका छन् ।

COMMENTS