वीरगंज, २५ माघ । जिल्ला प्रहरी कार्यालय, पर्साले चोरी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।
२०७९ माघ ७ गते दिउसो १ः०० बजेको समयमा पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका वडा नं.१२ बस्ने वर्ष ५५ को कपिल प्रसाद रौनियारको घरमा चोरी गरेको आरोपमा राजु आलम भन्ने फैयाज आलमलाई पक्राउ गरेको जनाएको छ ।
२० वर्षीय आलम भारत विहार सितामढी ग्राम ६ घर भई हाल वीरगंज–१३ बस्दै आइरहेका थिए । उनको साथबाट एलइडी टिभी दुई थान, क्यामेरा थान–१, घडी थान–१ अन्य स–साना गहना जस्तो देखिन धातु र लागूऔषध बरामद गरिएको जिप्रका, पर्साले जनाएको छ ।
रौनियार कामको सिलसिलामा काठमाण्डौ गएको हुँदा निजको घरमा कोही नभएको मौका छोपी दुर्ई तल्लेघरको मूलढोकाको ताल्चा फुटाइ घरमा प्रवेश गरेको प्रहरीले जनाएको छ । आलमले घरमा रहेको नगद एक लाख तथा गरगहना गरी एघार लाख दश हजार बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ ।
वडा प्रहरी कार्यालय श्रीपुर पर्साबाट प्रहरी निरीक्ष्Fक डिल्लीराज सापकोटाको कमाण्डमा खटिएको टोलीले खोजतलास गर्ने क्रममा माघ २३ गते वीरगञ्ज महानगरपालिका वडा नं.१३ स्थित सडकखण्डबाट आलमलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका आलमविरूद्द चोरी सम्बन्धी कसूरमा पाँच दिने म्याद थप गरी अनुसन्धान भइरहेको जिप्रका, पर्साले जनाएको छ ।

प्रतिक्रिया