Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

पचरौता नगरपालिका ,बारा

अजय यादव वियोगी  कलैया ,बारा । "बाराको उत्कृष्ट नगरपालिका पचरौता नगरपालिकाले बनाए शिक्षाको आधार उत्कृष्ट मेयर जलन्धर सिँहको शिक्षामा   ...
अजय यादव वियोगी 
कलैया ,बारा ।
"बाराको उत्कृष्ट नगरपालिका पचरौता नगरपालिकाले बनाए शिक्षाको आधार उत्कृष्ट मेयर जलन्धर सिँहको शिक्षामा   पहिलो सुधार "
शिक्षा नै जीवन हो ।शिक्षा नभए पनि जिन्दगी चलाउन सकिन्छ तर विभिन्न कठिनाईहरुको सामना गर्नुपर्ने हुन्छ।जुन ठाउँको शिक्षा मजबुत छ सो ठाउँ आफैँमा मजबुत हुने गर्दछ।विकसित देशहरुमा शिक्षाको स्तर मजबुत हुने भएकाले त्यहाँको अर्थ व्यवस्था मजबुत नै हुने गर्दछ।तर कमजोर शिक्षा प्रणाली भएका ठाउँका मानिसहरुको स्तर उन्नति गर्न पहिला शिक्षामा नै सुधार गर्नुपर्ने देखिन्छ ।नेपालमा संघियता आएको धेरै भयो।जसमा स्थानीय तहको चुनाव २ चोटिको भएको हो। संविधानसभाको चुनाव पछि मात्र २०७२ को संविधान जारी भएपछि स्थानीय तह बनेको हो । देशभरि ७५३ स्थानीय तह र ७ प्रदेशमा शासन सत्ता सञ्चालनमा रहेको हो।त्यहीँ शासन सत्ता सञ्चालनमा क्रममा पहिलो स्थानीय तहका चुनाव पछि दोस्रो स्थानीय तहको चुनाव पछि अहिले शासन चलिरहेको छ ।पहिलो केही बर्ष बिना नामकै अर्थात २ नम्बर प्रदेशबाट शासन सत्ता प्रदेशबाट सञ्चालन भएका थिए ।तर संविधानले ७ प्रदेशको नाम नामाकरण गर्ने अधिकार प्रदेशलाई  दिएसंगै दोस्रो चोटी मधेस प्रदेश नामाकरण भयो ।त्यहीँ मधेस प्रदेशकै ८ जिल्ला मध्ये ऐतिहासिक एवम् पुरातात्त्विक जिल्ला बारा जिल्ला पनि छन् ।बारा जिल्लामा १६ स्थानीय तहहरु रहेका छन्  जसमध्ये २ उपमहानगरपालिका ,५ नगरपालिका र ९ गाउँपालिकाहरु रहेका छन् ।यहीँ १६ पालिका मध्ये उत्कृष्ट नगरपालिका पचरौता नगरपालिका र बाराकै उत्कृष्ट मेयर एवम् प्रखर वक्ता  जलन्धर सिँहले पचरौतालाई देशकै शिक्षामा पहिलो नम्बर मा बनाउने लक्ष्य र उद्देश्यले काम गरिरहेको श्री गढीमाई राष्ट्रिय दैनिकसँग कुराकानी गर्दे बताउनुभयो।बिधार्थी  राजनितीबाट आफु  राजनीतिमा आएकाले शैक्षिक सुधार नै पहिलो र प्राथमिकता रहेको पनि वहाँले बताउनुभयो। देशकै पुरानो क्याम्पस ठाकुर राम क्याम्पस बिरगंजमा आफु  अध्ययनरत हुँदा बिधार्थीहरुले झेल्नुपर्ने समस्या देखेर बिधार्थी काल देखि  कसरी शिक्षामा सुधार गर्न सकिन्छ भन्ने सोचाइका अगाडि बढदै राजनीति क्षेत्रमा आएको अनुभव समेत आफुले बटुलेको पनि   श्री गढीमाई राष्ट्रिय दैनिक सँग कुराकानी गर्दै बताउनुभयो ।शिक्षा पहिलो स्रोत हो ।कृषिमा पनि गरेको देशमा नै बारालाई सुपर जोन जस्ता ठुला कार्यक्रम ल्याउन सफल भएपछि बरेली जनताको मन मस्तिष्कमा बस्न सफल भएपछि अाफुले सबै क्षेत्रका जनतालाई  राजनीतिबाट सुधार गरेर अगाडि बढन सक्ने भएकाले जनताको सबै काम गर्दे गएको वहाँले बताउनुभयो।वहाँले भन्नुभयो  प्रदेश सभाको उम्मेदवार भएर जनताको बिचमा जाँदाको अनुभव आफुसँग रहेको पनि उत्कृष्ट मेयर जलन्धर सिँहले बताउनुभयो।विधालयलाई कम्पनी बनाएर चलाउन नसक्ने पनि उत्कृष्ट मेयर सिँहले बताउनुभयो।पचरौता नगरपालिकाका सबै विधालय वातावरण अनुकुलित  बनाएर पढाई सञ्चालन ल्याएको तथा वैकल्पिक उर्जाको रुपमा जेनेरेटर ,सोलर लगायतको सामाग्री विधालयमा नगरपालिकाबाट उपलब्ध गराउने गृह कार्य सुरु भईसकेको र मावि विधालयमा एसि लगायतको सामाग्री प्रदान गरेर पढाई सुचारु रहेको पनि उत्कृष्ट मेयर सिँहले बताउनुभयो।पहिला जसरी विधालयमा बाख्रा ,भैँसी,टायर ,टेक्ट्रर  लगायतका लगेर राख्ने परिपाटी समाप्त भईसकेको बताउनुभयो। सर्वप्रथम सबै विधालयमा कम्पाउण्डको व्यवस्था गरेर व्यवस्थित बनाउन लागेको पनि वहाँले बताउनुभयो।शिक्षक ,बिधार्थी लगायतलाई राम्रो बनाउन निति नियम बनाएको पनि र शिक्षामा बढोत्तरी गरेको उत्कृष्ट मेयर सिँहले बताउनुभयो।ल्याव ,भवन ,कम्पाउण्ड लगायत ९ वटा वडामा सबै विधालयलाई सुधार गर्दे शिक्षामा फड्को मार्दे गएको बताउनुभयो ।मधेस प्रदेशकै पहिलो पालिका रुपमा पचरौता नगरपालिकाले एमबिबिएस पढ्नका लागि २ जना बिधार्थीहरुलाई छात्रवृत्ति दिदै आएको र अन्यको हकमा पनि देशको जुनसुकै कलेज/क्याम्पसमा अध्ययन गर्ने बिधार्थीहरुका लागि छात्रवृत्तिको व्यवस्था पचरौता नगरपालिकाले गरेको बाराका उत्कृष्ट एवम् पचरौता  नगरपालिकाका नगर पिता एवम् प्रखर वक्ता जलन्धर सिँहले बताउनुभयो।पचरौता नगरपालिकाको सबै विधालयमा कडाइको साथै नियम अनुसार काम काज भईरहेको पचरौता नगरपालिकाका प्रवक्ता लक्ष्मी यादवले बताउनुभयो।यता विधालयलाई नियमित अनुगमन ,रेखदेख ,शिक्षक आपुर्ति ,खाजामा सुधार ,सेनेटरी प्याड  वितरण ,बिधार्थीको भावना अनुसार अतिरिक्त क्रियाकलापहरु  ,शिक्षकहरू  मनोबल मजबुत बनाउन गोष्ठी ,प्रधानाध्यापकहरुको नियमित बैठक सञ्चालनमा पनि विशेष जोड दिदै आएको पचरौता नगरपालिकाका शिक्षा शाखाका सह-संयोजक मुकेश कुमार पटेलले बताउनुभयो ।विगतमा केही कमि कमजोरी भएका विधालयमा अहिले व्यवस्थित गरिएको र अझ गर्दे जाने पनि शिक्षा शाखाका सह संयोजक पटेलले बताउनुभयो।पचरौताको शिक्षा पहिला भन्दा धेरै राम्रो अहिले भएको पिपरपाती मावि ,बेनौली मावि ,कुडवा मावि र बेलदारी माविको स्थिति मजबुत बन्दै  गएको हो ।सो विधालयमा अध्ययनरत बिधार्थीहरुले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताएका छन्।शिक्षा विकास तथा समन्वय एकाई बाराबाट पनि सहजै ढंगले अनुगमन भई थप सुधारका कामहरु हुदै गएको पनि अभिभावकहरुले बताएका छन् ।पचरौताको सबै विधालयमा विधालय व्यवस्थापन समिति बनाउन पहल भईसकेको र अधिकाँश विधालय व्यवस्थापन समितिले काम गरिरहेको पनि पचरौता नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गौरी साहले बताउनुभयो।अहिले शिक्षामा मात्र नभई सबै काममा कडाई भएको र गल्ती गर्नेलाई कानुनी बमोजिम कारवाही हुने भएकाले सबैलाई जिम्मेवारी पुर्वक काम गर्न जरुर रहेको निमित्त प्रमुख प्रशासकीय अधिकृत साहले बताउनुभयो।पचरौता नगरपालिकाको शिक्षाको स्तर देखेर अभिभावक प्रसन्न भएको कुडवाका स्थानीयबासी बिरेन्द्र प्रसाद यादवले बताउनुभयो ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content