Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

राजेशमानलाई जिताउने प्रतिबद्धतासहित २५० जनाले गरे जसपा प्रवेश

  राजेशमानलाई जिताउने प्रतिबद्धतासहित २५० जनाले गरे जसपा प्रवेश राजेशमानलाई जिताउने उद्घोष गर्दै २५० जनाले गरे जसपा प्रवेश जसपाको नेतृत्वमा ...

 राजेशमानलाई जिताउने प्रतिबद्धतासहित २५० जनाले गरे जसपा प्रवेश


राजेशमानलाई जिताउने उद्घोष गर्दै २५० जनाले गरे जसपा प्रवेश
जसपाको नेतृत्वमा मात्र वीरगञ्जको विकास सम्भव : राजेशमान सिंह
राजेशमान प्रतिको आकार्षण, एकै पटक सयौँले गरे पार्टी प्रवेश
राजेशमानले मात्र वीरगञ्जको विकास गर्न सक्ने भन्दै सयौँले गरे जसपा प्रवेश 

वीरगञ्ज, १० वैशाख । जनता समाजवादी पार्टी नेपाल (जसपा) ले वीरगञ्ज महानगरपालिका वडा नम्बर १ मा आयोजना गरेको कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा अढाई सयजनाले विभिन्न पार्टी परित्याग गरी जसपामा प्रवेश गरेका छन् ।

आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै आयोजन गरिएको कार्यक्रममा वडा नम्बर १ को विभिन्न टोलका २ सय ५० जनाभन्दा बढीले जसपा प्रवेश गरेका हुन् । नवप्रवेशीहरुलाई जसपाको तर्फबाट वीरगञ्ज महानगरपालिकाको मेयर पदका उम्मेदवार राजेशमान सिंहले फुलमाला र टिका लगाएर स्वागत गरेका थिए ।

उनीहरुलाई स्वागत गर्दै नेता सिंहले वीरगञ्जको विकास जसपा बहेको पार्टीले नगर्ने सक्ने दावी गरे । जसपासँग वीरगञ्जलाई विकास गरेर एउटा अत्याधुनिक शहर निर्माण गर्ने गुरुयोजना भएको बताउँदै उनले पार्टीका उम्मेदवारहरुलाई छाता छापमा मतदान गरेर विजयी गराउन अनुरोध गरेका थिए ।

त्यसैगरी सिंहले अघिल्लो पटक निर्वाचित भएर वीरगञ्जको मेयर बनेका व्यक्तिले शहरको विकासलाई २० वर्ष पछाडि धकेलेको आरोप लगाउँदै भने, ‘नगरवासीले वीरगञ्जलाई विकास गर्ने जिम्मा दिएर पठाएको व्यक्तिले कुनै काम नगरेर उल्टै विकासको गतिलाई कम गरेको छ । आफ्नो व्यक्तिगत स्वार्थका लागि उसले महानगरलाई नरकपालिका बनाई दिएको छ । हामीले उसलाई अब आफ्नो मतदानको शक्तिबाट बाहिर फ्याक्नु पर्छ र वीरगञ्जलाई विकास गर्ने व्यक्तिलाई निर्वाचित गर्नु पर्छ ।’

जसपाबाट वडा नम्बर १ का वडा अध्यक्षका उम्मेदवार वैजनाथ प्रसाद साह (वैजु साह) को सभापतित्वमा भएको कार्यक्रममा जसपाका केन्द्रीय सदस्य जनार्दन यादव, नेता मुकेश द्विवेदीलगायातको आफ्नो मन्तव्य राखेका थिए । 

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content