अजय यादव वियोगी
बिरगंज
"दिनेश गुप्ता प्रतिभा पुरस्कारबाट साहित्यकार सुवास बैठा सम्मानित "
बिरगंजमा रहेको मधेस विश्व विधालयमा एक कार्यक्रमका बिच यसपालि देखि सुरु भएको दिनेश गुप्ता प्रतिभा पुरस्कार समिति २०८२(2026) स्थापना भएको छ।साहित्यकार दिनेश गुप्ताले साहित्य क्षेत्रमा लागेकाहरुको मनोबल मजबुत बनाउनका लागि आफुले सो पुरस्कार स्थापना गरेको सोही अनुसार समितिले युवा प्रतिभा पुरस्कारबाट साहित्यकार सुबास बैठालाई छनौट गरि आज पुरस्कार समितिकै अध्यक्ष एवम् संस्थापक दिनेश गुप्ताको अध्यक्ष्ातामा भएको कार्यक्रममा प्रमुख अतिथि मधेस विश्व विधालयका उप -कुलपति प्रा.डा.दिपकबहादुर शाक्य रहनु भएको थियो ।दिनेश गुप्ता प्रतिभा पुरस्कारबाट साहित्यकार बैठा सम्मानित भएका छन् ।साहित्यकार बैठाको भोजपुरी भाषाका ,गावँ र लडाइँ जिनगी के किताबका लेखेका कारण सम्मानित भएका छन् ।कार्यक्रममा सम्मानित हुने सुबास बैठाका बुबा कैदार बैठा , साहित्यकारहरु गोपाल अश्क , सुरेन्द्र गिरी ,अधिवक्ता एवम् श्री गढीमाई राष्ट्रिय दैनिकका कानुनी सल्लाहकार चन्द्रिका कुमार पटेल ,साहित्यकार महन्थ प्रसाद यादव ,सलमा खातुन ,गायक सबिर अंसारी ,उधोगी सुबोध गुप्ता र पत्रकार एवम् साहित्यकार रामेश्वर प्रसाद मेहता सहितको उपस्थिति रहेको थियो।यो पुरस्कारको निरन्तरता दिने पनि संस्थापक दिनेश गुप्ताले बताउनुभयो।कार्यक्रमको सञ्चालन साहित्यकार शिवनन्दन जयसवाल गरेका थिए ।

COMMENTS