Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

पर्साका किसानलाई राहत दिन गण्डक नहरको सरसफाई शुरु

वीरगंज, १५ साउन । जिल्ला समन्वय समिति पर्साका सभापति निरन्जन साह सोनारको विशेष पहलमा नौतन, लक्ष्मनवा र भेडियाही जाने नहरको सफाई शुरू भएको छ...

वीरगंज, १५ साउन ।
जिल्ला समन्वय समिति पर्साका सभापति निरन्जन साह सोनारको विशेष पहलमा नौतन, लक्ष्मनवा र भेडियाही जाने नहरको सफाई शुरू भएको छ ।
 
नहर सरसफाईपछि नहरको पानी भेडियाही र लक्षमनवासम्म पुग्ने र सो क्षेत्रका किसानहरुले आफ्नो खेतमा सिंचाइ गर्न पाउने भएका छन् ।
 
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत रहेको जिल्ला समन्वय समिति, पर्साले नारायणी सिंचाई व्यवस्थापन कार्यालय, बीरगंज, पर्सालाई नहर व्यवस्थित बनाई दिन पत्राचार गरेको थियो । 

नारायणी सिंचाई व्यवस्थापन कार्यालय, बीरगंज पर्साको ब्लक नं.–७ को एमएससी अन्तर्गत पर्ने प्रसौनी, गण्डक देखि दक्षिण र पूर्व शितलामाई मन्दिर सम्ममा प्रशस्त फोहर थुप्रेको र अत्यधिक मात्रामा झारपात उम्रेकोले पानी संचालन कार्य प्रभावकारी रूपमा हुन सकेका छैन । नहर सरसफाइ गर्न एक्साभेटर पठाई नहरलाई व्यवस्थित बनाई दिनुहुन जिल्ला समन्वय समिति, पर्साका सभापति सोनारले नारायणी सिंचाइलाई अनुरोध गरेको थियो ।
 
सोही अनुरोध बमोजिम गण्डक नहरको सरसफाइ भइरहेको र तीन दिनभित्र नौतन, लक्ष्मनवा र भेडियाही क्षेत्रको गण्डक नहरमा पानी आइपुग्ने र त्यसपछि सो क्षेत्रका किसानहरुले आफनो खेत सिंचाइ गर्न पाउने जनाइएको छ । 

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content