Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

दुर्घटनामा एकै परिवारका तीनजनाको मृत्यु

वीरगंज, १४ जेठ । मोटरसाइकल दुर्घटनामा परेर बारा जिल्लाको पचरौता नगरपालिका–१ पिपरपातीका एक परिवारका तीन जनाको मृत्यु भएको छ । भारतको रक्सौल...



वीरगंज, १४ जेठ ।
मोटरसाइकल दुर्घटनामा परेर बारा जिल्लाको पचरौता नगरपालिका–१ पिपरपातीका एक परिवारका तीन जनाको मृत्यु भएको छ ।
भारतको रक्सौलबाट फर्किंदै गर्दा छौडादानोको बखरी गाउँमा नजिकै मोटरसाइकल दुर्घटनामा परेर पाँच महिनाका नाबालकसहित एकै परिवारका तीनजनाको ज्यान गएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा पाँच महिनाका शिशु दिव्यांश साह, उनकी २० वर्षीया आमा रेश्मीदेवी र ५० वर्षीया हजुरआमा राजकुमारी देवी रहेका छन् । तीनै जनाको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा २५ वर्षीय धर्मराज साह गम्भीर घाइते भएका छन् । उनको हाल भारतको मोतिहारीस्थित अस्पतालमा उपचार भईरहेको छ । धर्मराजको शरीरको विभिन्न भागमा गम्भीर चोट रहेको र हातखुट्टा भाँचिएको बताइएको छ ।
धर्मराज साह आफ्नो पाँच महिनाको छोराको उपचारका लागि पत्नी र आमासहित रक्सौल गएका थिए । उपचारपछि घर फर्कंदै गर्दा सडक निर्माणको क्रममा खनिएको खाल्डोमा मोटरसाइकल दुर्घटनामा परेको स्थानीयले जानकारी दिएका छन् ।
धर्मराजको आर्थिक अवस्था कमजोर भएका कारण उनको उपचारमा पनि समस्या देखिएको छ । घटनापछि पचरौता नगरपालिकाका नगर प्रमुख जलान्धर सिंहले धर्मराजको उपचारका लागि एक लाख रुपियाँ सहयोग गर्ने घोषणा गरेका छन् । उनले यो दुर्घटना अत्यन्त दुःखद र हृदयविदारक छ । पीडित परिवारलाई तत्काल राहत पुग्ने गरी सहयोग उपलब्ध गराउनेछु' नगर प्रमुख सिंहले भने । धर्मराजको उपचारका लागि समुदायस्तरबाट सहयोग जुटाउन अभियान शुरू गरिएको छ ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content