Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

जिल्ला इन्चार्जले पार्टीको विद्यानविपरीत आफूलाई कारबाही गरेको भ्रम फैलाए–अरमान

वीरगंज, २९ फागुन । नेकपा माओवादी केन्द्र पर्साका जिल्ला इन्चार्ज बिजय महतोले पार्टीको विद्यान विपरित शेख अरमानलाई कारबाही गरेको भ्रम फैलाएका...

वीरगंज, २९ फागुन । नेकपा माओवादी केन्द्र पर्साका जिल्ला इन्चार्ज बिजय महतोले पार्टीको विद्यान विपरित शेख अरमानलाई कारबाही गरेको भ्रम फैलाएका छन् ।
 
नेकपा माओवादीबाट पर्साको छिपहरमाई गाउँपालिका अध्यक्ष पदमा चुनाव लड्ने तयारीमा लागेका नेता अरमानलाई जिल्ला इन्चार्ज बिजय महतोले कारबाई गरेको भ्रम फैलाएका हु्न् ।
 
छिपरहरमाई गाउँपालिकाका एक महिलासंग जबर्जस्ती करणी भएको मु्द्दामा आफूले पीडितलाई सहयोग गरेपछि जिल्ला इन्चार्ज महतोले पार्टीको विद्यान विपरित साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको भ्रम फैलाएको नेता अरमानले बताएका छन् ।
 
नेकपा माओवादी केन्द्र पर्साका जिल्ला इन्चार्ज बिजय महतो र पूर्व जिल्ला अध्यक्ष रामदरश कुशवाहाले जबर्जस्ती करणीमा परेकी महिलाको पक्षमा नलाग्न आफूलाई पटक–पटक फोन गरि आग्रह गर्दा आफू पीडितको पक्षमा लागेर सहयोग गरेपछि सोही रिस्वीले पार्टीको विद्यान विपरित झूठो आरोप लगाई कारबाई गरेको नेता अरमानको भनाई छ ।
 
नेकपा माओवादी केन्द्रका छिपहरमाई गाउँँपालिका कमिटि अध्यक्ष शेख अरमानले बिज्ञप्ति जारी गर्दै भनेका छन्– "उपरोक्त सम्बन्ध मिति २०८१ फागुन १७ गते, पर्सा जिल्लाको बहुअर्वामा आयोजित तराई–मधेश हुलाकी मार्ग जनजागरण अभियानको तयारी गर्न बसेको बैठकमा, जनयुद्धकालदेखि समर्पित जिल्ला कमिटी सदस्य तथा छिपहरमाई गाउँपालिकाका सचिव कमरेड मोतिलाल यादव बैठकमा सहभागी भइरहेका बेला सोही पालिकाका नव प्रवेशी कमरेड अरमान खानले छिपहरमाई गाउँपालिकामा भएको सामान्य झै–झगडालाई जबरजस्ती करणीको झुठो मुद्दा बनाएर दर्ता गराउने, बैठककै समयमा पार्टी गोपनीयता भङ्ग गर्दै लाइभ भिडियो कलमार्पmत सुराकीको काम गर्ने गम्भीर अनुशासनहीन कार्य गरेका भनी झूठो आरोपको हवाला दिँदै म शेख अरमानको राजनीति करियर समाप्त गर्ने उद्देश्यले  कारबाई सहित पार्टीको साधारण सदस्यसम्म नरहने गरी निष्कासन गरेको भ्रम फिजाउने जिल्ला ईन्चार्ज विजय महतोको हस्ताक्षरमा जिल्ला पार्टी कार्यालयको लेटर प्याड समेत दुरूपयोग गरी निकालिएको विज्ञप्ति प्रति गम्भीर ध्यानाकर्षण भएको छ ।''

जिल्ला ईन्चार्ज कमरेड विजय महतोले पार्टीको विधान नमानी, पार्टीका बागी भई झुठा र कपोकल्पित भ्रामक आरोप सहितको विज्ञप्ती आफैमा पूर्वाग्राही रहेको बिज्ञप्तीमा उल्लेख छ । यस्तो खाले गतिविधि आफैमा सांगठनिक अराजकताको प्रमाण पनि हो ।
 
नेता अरमानले पार्टीका पदाधिकारीहरूलाई आवश्यकता पर्दा कार्वाही गर्ने अधिकार पार्टीको प्रदेश समितिको सिफारिसमा केन्द्रिय समितिलाई मात्र भएपनि यस्तो खालको गैरराजनीतिक हर्कतबाट बिचलित नहुन सिंगो पालिका समिति, पार्टीका सदस्यहरू, समर्थक र शुभचिन्तकमा अनुरोध गरेका छन् ।
 
जिल्ला कमिटी सदस्य तथा छिपहरमाई गाउँँपालिकाका सचिव भनिएको मोतिलाल यादव २०८० कार्तिक २३ गते बिहिवारका दिन माओवादी पार्टी परित्याग गरेका थिए ।  छिपहरमाई गाउँँपालिकाका वडा नुम्बर २ टोल टिहुकी प्रहरी चौकी नजिक आयोजित जसपा नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको प्रमुख अतिथिमा आयोजित एक  कार्यक्रम बिच माओवादी केन्द्र पार्टी परित्याग गरी जसपामा प्रवेश गरिसकेका व्यक्तिको पक्षमा जिल्ला ईन्चार्ज महतो लागेकोले उनलाई कारबाही हुनुपर्ने शेख अरमानले माग गरेका छन् ।  

जिल्ला पार्टी कार्यालयको लेटर प्याड बारम्बार दुरूपयोग गरी पार्टीभित्र आफ्नै शासन चलाउने प्रयास गर्दै बागी बनेका विजय महतोले जुनसुकै बेला, जुनसुकै व्यक्तिलाई कारबाई सहित पार्टीको साधारण सदस्यसम्म नरहने गरी निष्कासन गर्ने विज्ञप्ति जारी गर्दै शासन गर्ने प्रयास गरिरहेका छन् । यस्ता बागी कमरेड विजय महतोलाई कारबाई गर्ने समेत नेता अरमानले माग गरेका छन् ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content