Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

कपिलवस्तुकाे विजयनगरमा पूर्ण खाेप दिगाेपनाका लागि याेजना तर्जुमा गाेष्ठी सम्पन्न "

धर्मेन्द्र कुमार कुर्मी (चौधरी) कपिलवस्तु कपिलवस्तुकाे विजयनगरमा पूर्ण खाेप दिगाेपनाका लागि याेजना तर्जुमा गाेष्ठी सम्पन्न " कपिलवस्तुक...
धर्मेन्द्र कुमार कुर्मी (चौधरी)
कपिलवस्तु
कपिलवस्तुकाे विजयनगरमा पूर्ण खाेप दिगाेपनाका लागि याेजना तर्जुमा गाेष्ठी सम्पन्न "
कपिलवस्तुकाे विजयनगर गाउँपालिकामा पूर्ण खाेप दिगाेपनाका लागि याेजना तर्जुमा गाेष्ठी कार्यक्रम सम्पन्न भएको छ । साेमबार आधारभूत अस्पताल बद्धाैरमा पालिका स्तरीय पूर्ण खाेप दिगाेपनाका लागि याेजना तर्जुमा कार्यक्रमले पूर्ण खाेप गाउँपालिका घाेषणाका लागि विभिन्न याेजनाहरु बनाइएको छ ।याेजनासहित विभिन्न सूचक र मापदण्डहरु पूरा गरि आगामी बैशाखमा पूर्ण खाेप दिगाेपनाका घाेषणा घाेषणा गर्ने याेजना बनाइएको स्वास्थ्य शाखा प्रमुख यज्ञ प्रसाद अधिकारीले जानकारी दिए । उनले स्वास्थ्य सेवा सुविधालाई प्रभावकारी बनाउन गाउँपालिका लागेकाे बताए ।गाउँपालिका अध्यक्ष गाेपाल बहादुर थापा मगरले १५ शैय्याकाे विजयनगरम अस्पताल शुभारम्भ गर्ने तयारीमा रहेकाे बताएका छन् । उनले याे अस्पताल प्राथमिकतामा रहेकाे बताउँदै अस्पताल सञ्चालनका लागि सबैकाे भूमिका आवश्यक रहेकाे बताए । डाक्टर र स्वास्थ्यकर्मीहरुले व्यावहारिक ढङ्गले सेवाग्राहीलाई सेवा सुविधाकाे बारेमा बुझाउनुपर्ने अध्यक्ष थापाले सुझाव दिए । अस्पतालबाट प्राप्त हुने सेवाबारे सर्वसाधारणमा सकारात्मक सन्देश जाने गरि लाग्नुपर्नेमा उनलेे जाेड दिए ।यस्तै प्रमुख प्रशासकीय अधिकृत शाेभाराम रिजालले खाेपकाे अवसरबाट वञ्चित नहुने लाग्नुपर्नेमा जाेड दिनुपर्ने बताए । हरेक बच्चाकाे पहुँचमा पुर्‍याउनु पर्ने बताउँदै नागरिकलाई खाेपकाे बारेमा स्पष्ट पार्दै सेवा प्रदान गर्नुपर्ने उनले बताए । अभिभावकलाई खाेपकाे बारेमा जानकारी भएपछि खाेपप्रति विश्वास बढ्दै जाने बताए ।यसैगरी ६ का वडा अध्यक्ष प्रेम बहादुर कलवारले सेवाग्राहीका गुनासोहरुलाई व्यवहारिक रुपमा हेर्नुपर्ने बताए । उनले सिमित सेवा सुविधाका बावजुद महिला स्वास्थ्य स्वयंसेविकहरुकाे स्वास्थ्य क्षेत्रमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेकाे बताउँदै सरकारले उनीहरुकाे सुवासुविधालाई बृद्धि गर्न आग्रह गरे ।यस्तै ७ का वार्ड अध्यक्ष दिनेश कुमार चाैधरीले सक्रियता देखाउनुपर्ने बताए हो । खाेप नलगाउने व्यक्तिलाई वडा र पालिकाबाट प्राप्त हुने सेवा सुविधाबाट वञ्चित गरि खाेप सेवा दिनुपर्ने सेवामा निगरानी बढाउनुपर्ने सुझाव दिए ।  उनले विजयनगर आधारभूत अस्पताललाई स्वास्थ्य बिमा रिफर सेन्टर बनाउन सके प्रभावकारिता देखिने पनि वहाँले श्री गढीमाई राष्ट्रिय दैनिकलाई जानकारी दिएका छन्।


COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content