Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

पोखरियामा नापी र मालपोत कार्यालयको उदघाटन

वीरगंज, १५ फागुन । पर्सा जिल्लाको पोखरिया नगरपालिकामा नापी र मालपोत कार्यालय आजदेखि सञ्चालनमा आएको छ । बिहीवार आयोजित एक समारोहमा भूमि व्यव...

वीरगंज, १५ फागुन ।
पर्सा जिल्लाको पोखरिया नगरपालिकामा नापी र मालपोत कार्यालय आजदेखि सञ्चालनमा आएको छ ।


बिहीवार आयोजित एक समारोहमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीलगायतले कार्यालयको उदघाटन गरेका थिए ।


उदघाटन कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले ग्रामीण भेगका नागरिकलाई अब सेवा लिन वीरगंज वा काठमाडौं धाउनु नपर्ने बताए। उनले समय र खर्चको बचत हुने उल्लेख गर्दै  पोखरियाकै कार्यालयबाट सम्पूर्ण सेवा उपलब्ध गराइने जानकारी दिए।


संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले आफ्नो चुनावी प्रतिबद्धता पूरा गरिरहेको दाबी गरे । उनले चुनावताका पोखरियामा नापी र मालपोत कार्यालय ल्याउने वाचा गरेको बताउँदै अब इलाका प्रशासन कार्यालय स्थापनाका लागि पहल गरिरहेको खुलासा गरे ।


मन्त्री गुप्ताले पोखरियालाई करोडौंको बजेट सुनिश्चित गराउने घोषणा पनि गरे । उनका अनुसार, भारत सरकारको सहयोगमा ३५ करोड रुपियाँँको योजना ल्याइसकेको छ भने अब केही दिनमै चीन भ्रमण गर्ने योजना रहेको र त्यहाँबाट ४०–५० करोड रुपियाँँसम्मको योजना ल्याउने बताए ।  मेरो मन्त्रालय सिधै विकास निर्माणसँग सम्बन्धित छैन, तर आफ्नै ठाउँको विकासका लागि सक्दो प्रयास गरिरहेको उनले भने ।


कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसिया, मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्री, युवा खेलकुद तथा समाज कल्याणमन्त्री प्रमोद जयसवाल, प्रदेश सभा सदस्यहरू श्याम पटेल, बिना शर्मा, पूर्व सांसद बिचारी यादव, पूर्व मन्त्री सुरेन्द्र प्रसाद चौधरी, हरिनारायण रौनियार तथा पोखरिया नगरपालिकाका प्रमुख प्रधुमन चौहान लगायतको उपस्थिति थियो।


पोखरियामा नापी र मालपोत कार्यालय स्थापना हुनु स्थानीय नागरिकका लागि महŒवपूर्ण उपलब्धि मानिन्छ । यससँगै स्थानीय नागरिकको लामो समयदेखिको माग पूरा भएको छ । सेवा लिन टाढा जानुपर्ने बाध्यता हटाउनेछ ।  

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content