Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

कपिलवस्तु टेक्निकल इन्स्टिच्युट बाणगंगा -२ पिपरामा स्वागत तथा खेल सप्ताह सम्पन्न " कपिलवस्तु टेक्निकल इन्स्टिच्युट बाणगंगा -२

अजय मिश्र  कपिलवस्तु  "कपिलवस्तु टेक्निकल इन्स्टिच्युट बाणगंगा -२ पिपरामा  स्वागत तथा खेल सप्ताह सम्पन्न " कपिलवस्तु टेक्निकल इन्स...

अजय मिश्र 
कपिलवस्तु 
"कपिलवस्तु टेक्निकल इन्स्टिच्युट बाणगंगा -२ पिपरामा  स्वागत तथा खेल सप्ताह सम्पन्न "


कपिलवस्तु टेक्निकल इन्स्टिच्युट बाणगंगा -२ पिपराले  नव आगन्तुक विद्यार्थीहरूलाई स्वागत र खेल सप्ताह समारोह सम्पन्न भएको छ।माघ २० गतेदेखि जारी खेलकुद प्रतियोताको सम्पन्न भएको आयोजक कमिटीले श्री गढीमाई राष्ट्रिय दैनिकलाई जानकारी दिएका छन्।कार्यक्रममा विभिन्न खेलकुद प्रतियोगिताका विजयीहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको अायोजक संस्थाले जानकारी दिएका छन् ।lकार्यक्रमका प्रमुख अतिथि कपिलवस्तु टेक्निकल इन्स्टिच्यूटका कार्यकारी निर्देशक तथा निजी तथा प्राविधिक शिक्षालय महासंघका केन्द्रीय अध्यक्ष अरुण कुमार पाण्डेयले खेलकुदको महत्वमाथि प्रकाश पार्दै विद्यार्थीहरूलाई अध्ययनका साथै खेलकुदमा पनि सक्रिय हुन प्रेरित हुनुपर्ने अावश्यकता रहेको बताउनुभयो। कार्यक्रममा इन्स्टिच्यूटका प्रशासकीय प्रमुख पुनित कुमार मिश्रले प्राविधिक शिक्षाले व्यक्तिलाई आत्मनिर्भर बनाउनुका साथै देशको विकासमा पनि महत्वपूर्ण योगदान पुर्‍याउने र प्राविधिक शिक्षाले दक्ष जनशक्ति उत्पादन गर्ने पनि विश्वास  व्यक्त गर्नुभयो ।जसले गर्दा उद्योग, व्यवसाय र अन्य क्षेत्रमा उत्पादनशीलता बढ्ने वहाँले बताउनुभयो ।इन्स्टिच्यूटका लेखा प्रमुख नन्दराम पौडेलले विद्यार्थीहरूलाई शुभकामना दिँदै खेलकुदले उनीहरूको शारीरिक र मानसिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने पनि बताउनुभयो। खेल सप्ताहमा क्रिकेट, भलिबल, म्युजिकल चेयर डान्स, सटपुट, चेस, लुडो, क्यारमबोर्ड, स्लो साइकल रेस लगायतका खेलहरू समावेश गरिएको थियो ।विभिन्न खेलमा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने खेलाडीहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको  अायोजकले जानकारी दिएका छन् ।कार्यक्रममा विद्यार्थीहरुले नृत्य लगायतका विभिन्न प्रतिभाहरु समेत प्रस्तुत गरेका थिएlखेल संयोजक विक्रम घिमिरेले खेल सप्ताहको सफल आयोजनाका लागि सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो। विद्यार्थीहरूको सक्रियता र सहयोगले नै  कार्यक्रम सफल भएको पनि वहाँले बताउनुभयो। खेल प्रतियोगितामा एच.ए., फार्मेसी, ल्याब टेक्निसियन संकायका प्रथम, दोस्रो र तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरूको सहभागिता रहेको थियो। कार्यक्रमका सभापति प्रतिभा थारूले विद्यार्थीहरूको उत्साह लगावको प्रशंसा गरिन्। कार्यक्रममा स्वागत मन्तव्य मनिषा सुनारले राखिन् भने कार्यक्रमको सञ्चालन नवराज थारूले गरेका थिए। वि.सं. २०५४ मा स्थापित कपिलवस्तु टेक्निकल इन्स्टिच्यूटले एच.ए,फार्मेसी, ल्याव टेक्निसिनय, फिजियोथेरापी तथा अमिनका कोषहरु संचालन गर्दै आएको छ ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content