अजय यादव वियोगी
कलैया ,बारा ।
रौतहटको मौलापुर नगरपालिकाको पतौरा स्थित मौलापुरमा मधानी महोत्सव २०८१ भव्यताका सम्पन्न भएको छ।कार्यक्रमको अध्यक्षता नगरपालिकाकि मेयर रिना देवी साहले गरेकि थिईन ।कार्यक्रम प्रमुख अतिथि आम जनता पार्टीका केन्द्रीय अध्यक्ष एवम् साँसद प्रभु साह रहनु भएको थियो।कार्यक्रममा भोजपुरी सिने जगतका लेखक, निर्माता तथा पूर्वमन्त्री बिनय बिहारी, ‘डायरी अफ मणिपुर’ फिल्मका निर्देशक सनोज मिश्र, भोजपुरीका चर्चित गायक एवं अभिनेता रितेश पाण्डे ,कलाकार प्रिया सुहानी ,सुनिल पण्डित ,विशाल यादव , रचना सिवाकोटी ,रेबिका नेपाली ,प्रिति पासवान लगायतले प्रस्तुति दिएका थिए ।मधानी महोत्सवमा विशेष सांस्कृतिक कार्यक्रममा विशेष प्रस्तुती समेत रहेको आयोजक स मौलापुर नगरपालिकाले जानकारी दिएका छन्।मधानी महोत्सवमा महाकुम्भ मेलाका भाईरल गर्ल मोनालिसाको विशेष प्रस्तुति रहेको थियो।दर्शकलाई भोजपुरीया कलाकार प्रिया सुहानी ,रितेश पाण्डेको प्रस्तुतिलाई दर्शकले धेरै रुचाएका थिए।
प्रतिक्रिया