Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

वीरगंजका मसाज केन्द्र र होटललाइ मर्यादित बनाउन अन्तरक्रिया

वीरगंज, ११ फागुन । होटल तथा मसाज केन्द्रहरूलाई ब्यवस्थित र मर्यादित बनाउन जिल्ला प्रहरी कार्यालय र होटल तथा पर्यटन व्यवसायी संघ, पर्साले संय...

वीरगंज, ११ फागुन ।
होटल तथा मसाज केन्द्रहरूलाई ब्यवस्थित र मर्यादित बनाउन जिल्ला प्रहरी कार्यालय र होटल तथा पर्यटन व्यवसायी संघ, पर्साले संयुक्त रूपमा पहल शुरू गरेका छन् ।
आज स्थानीय  क्लासिक ब्यान्क्वेटमा उक्त अभियानको  पहिलो चरणमा  वीरगंजका प्रायः  सम्पूर्ण होटल एवं स्पाका प्रोप्राइटर र प्रबन्धकहरूको उपस्थितिमा जिल्ला प्रहरी कार्यालय  पर्सा र होटल तथा पर्यटन व्यवसायी संघ पर्साको  संयुक्त आयोजनामा 'मर्यादित होटल ब्यवसाय सञ्चालनमा ब्यवसायी र प्रहरीको भूमिका' विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ ।
कार्यक्रममा सभापतिको आसनबाट बोल्दै होटल तथा पर्यटन ब्यवसायी संघ पर्साका अध्यक्ष हरि पन्तले होटल ब्यवसायी र प्रहरीको सहकार्य यस क्षेत्रको तमाम समस्या समाधानमा कोशेढुङ्गा साबित हुने बताए । उनले २१औं शताब्दीको प्रहरीले अनावश्यक रूपमा होटलको चोठा– कोठा चहारेर आफ्नो महत्वपूर्ण समय बर्बाद नगर्न समेत सुझाए ।
कार्यक्रमका प्रमुख अतिथि पर्साका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक  गौतम मिश्रले कुनै पनि होटलमा होटल ब्यवसायीहरूको प्रत्यक्ष संलग्नतामा गलत क्रियाकलाप र यौनजन्य गतिविधि नगर्न र त्यसो गरिएको भेटिएमा कारबाइको लागि तयार रहन चेतावनी समेत दिए । उनले आफू पर्सा आएपछि वीरगंजका ४ जना होटल ब्यवसायीहरूलाइ मानव बेचबिखनको मुद्दा चलाएको समेत बताएका थिए ।
७० भन्दा बढी होटल ब्यवसायीहरूको उपस्थिति रहेको कार्यक्रमको ओपन फ्लोअरमा  अधिकांस होटल ब्यवसायीहरूले आ आफ्नो समस्याहरू राख्ने क्रममा व्यवसायीहरूमाथी कतै–कतै अन्याय समेत भएको बताएका थिए ।  
होटल तथा पर्यटन ब्यवसायी संघ पर्साका अध्यक्ष हरि पन्तको सभापतित्वमा सम्पन्न कार्यक्रममा रचेन्द्र सिंह थापाले स्वागत तथा दिलिप राज कार्कीले सहजीकरण गरेका थिए । कार्यक्रममा प्रहरी नायब उपरीक्षक, प्रहरी निरीक्षक र सामुदायिक प्रहरीका प्रमुखहरूको समेत उपस्थिति रहेको थियो ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content