Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

कपिलवस्तुकाे विजयनगरमा किटजन्य रोग नियन्त्रण सम्बन्धी समुदाय स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

"धर्मेन्द्र कुमार कुर्मी कपिलवस्तु कपिलवस्तुको  विजयनगरमा किटजन्य रोग नियन्त्रण सम्बन्धी समुदाय स्तरीय अन्तरक्रिया कार्यक्रम  सम्पन्न ...
"धर्मेन्द्र कुमार कुर्मी
कपिलवस्तु
कपिलवस्तुको


 विजयनगरमा किटजन्य रोग नियन्त्रण सम्बन्धी समुदाय स्तरीय अन्तरक्रिया कार्यक्रम  सम्पन्न "
कपिलवस्तुकाे विजयनगर गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा किटजन्य रोग नियन्त्रण सम्बन्धी समुदाय स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रम विजयनगर गाउँपालिका आधारभूत अस्पताल, बद्दौरमा आयोजना गरिएको छ lस्वास्थ्य शाखा प्रमुख यज्ञ प्रसाद अधिकारीका अनुसार कार्यक्रममा आधारभूत अस्पतालका कर्मचारी तथा स्वास्थ्य बीमा कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो। अन्तरक्रियामा किटजन्य रोगहरूको रोकथाम, नियन्त्रण तथा जनचेतना अभिवृद्धिका उपायहरूबारे विस्तृत छलफल भएको अधिकारीले जानकारी दिए।कार्यक्रममा स्वास्थ्यकर्मीहरूले स्थानीय समुदायलाई मच्छरजन्य रोगहरू जस्तै डेंगु, मलेरिया तथा फाइलेरिया नियन्त्रणका लागि अपनाउनुपर्ने उपायहरूबारे जानकारी गराएका थिए। साथै, घरपरिवार तथा वरपरको सरसफाइमा ध्यान दिनु पर्ने, पानी जम्ने ठाउँहरू हटाउनु पर्ने, कीटनाशक औषधिको प्रयोग गर्नुपर्ने जस्ता उपायहरूसमेत सुझाइएको थियो।कार्यक्रमलाई सम्बोधन गर्दै रेडियो विजयनगरका प्रमुख राम प्रकट कोरीले किटजन्य रोग नियन्त्रण तथा जनचेतना अभिवृद्धिका लागि सञ्चारको भूमिका महत्त्वपूर्ण हुने बताए। उनले समुदायमा सचेतना फैलाउन रेडियो विजयनगरले प्रचारप्रसारमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।स्थानीयवासी तथा सरोकारवालाहरूको सहभागिता रहेको यस कार्यक्रममा समुदायस्तरबाटै रोग नियन्त्रणका लागि आवश्यक पहल गर्नुपर्ने निष्कर्ष निकालिएको छ। स्वास्थ्य शाखाले आगामी दिनमा पनि यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै जाने प्रतिबद्धता जनाएको हो ।
धर्मेन्द्र कुमार कुर्मी
कपिलवस्तु

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content