Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

बाराका चर्चित नेता शिवचन्द्र प्रसाद कुशवाहा सहित सयौं नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश,नेकपा एमालेका अध्यक्ष एवम् पुर्व प्रधानमन्त्री के.पी.शर्मा अोलीले गरे भव्य स्वागत "

अजय यादव वियोगी  कलैया ,बारा । बाराका चर्चित नेता शिवचन्द्र प्रसाद कुशवाहा सहित सयौं नेता कार्यकर्ता  नेकपा एमालेमा प्रवेश,नेकपा एमालेका अध्...
अजय यादव वियोगी 
कलैया ,बारा ।
बाराका चर्चित नेता शिवचन्द्र प्रसाद कुशवाहा सहित सयौं नेता कार्यकर्ता  नेकपा एमालेमा प्रवेश,नेकपा एमालेका अध्यक्ष एवम् पुर्व प्रधानमन्त्री के.पी.शर्मा अोलीले गरे भव्य स्वागत " 


  


बाराको सबैभन्दा चर्चित नेता शिवचन्द्र प्रसाद कुशवाहा नेकपा एमालेमा सयौं नेता कार्यकर्ता सहित प्रवेश गरेका छन् ।काठमाडौंमा एक कार्यक्रमका बिच नेता कुशवाहा अौपचारिक रुपमा नेकपा एमालेमा प्रवेश गरेका हुन ।नेकपा एमालेमा कुशवाहा प्रवेश गरेसँगै बारामा राजनीति उथलपुथल भएको छ ।बाराको जनमानसको मनमा बस्न सफल नेता कुशवाहाको ईन्ट्री एमालेमा हुन लागेको खबर लगत्तै बारा जिल्लामा खैलाबैला सुरु भएको थियो ।बाराका प्रभावशाली नेता ,गरिबका मसिहा ,बारा निर्वाचन क्षेत्र नम्बर -२ मा प्रतिनिधिसभा सदस्यका  लागि भएको चुनावमा थोरै मत मतानन्तरले पराजित भएका नेता शिवचन्द्र कुशवाहा एमालेमा अाएपछि कतिको राजनीति नै समाप्त हुन्छ भन्ने डर समेत पैदा भएको एक बाराका नेताले श्री गढीमाई राष्ट्रिय दैनिकलाई जानकारी दिएका छन् ।हिमायती नेताका रुपमा छवि बनाएका कुशवाहा ईमानदार ,शलिन र गरिबको पक्ष मा काम गर्दै अाएर छवि बनाएका हुन । 
नेकपा माओवादी केन्द्र छाडेर जनमत पार्टीको टिकटबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार भएका बाराका चर्चित नेता शिवचन्द्र  प्रसाद कुशवाह आफु कम्युनिष्ट भएकाले कम्युनिष्ट पार्टीमा प्रवेश गरेको श्री गढीमाई राष्ट्रिय दैनिकसँगको संक्षिप्त कुराकानीमा बताउनुभयो।चर्चित नेता कुशवाहाले भने अाफूले गरेको  कामको अाधारमा मुल्यांकन गर्नुपर्ने अावश्यकता रहेको बताउनुभयो ।बारा क्षेत्र नम्बर -२ को संतगज देखि महेन्द्र राजमार्ग  सम्मको सडक विस्तार र उन्नतिमा अाफूले खेलेको भूमिका महत्त्वपूर्ण रहेको क्षेत्र नम्बर -२ को ४४ वटा मात्र नभई बाराको सबै क्षेत्रका जनतासँग लगाव रहेकाले एमाले सल्लाह ,सुझाव पछि प्रवेश गरेको बताउनुभयो। २०८० वैशाख १० गतेको उप निर्वाचनमा नेकपा माओवादी केन्द्र छाडेर जनमत पार्टीबाट बारा  -२ मा  प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार बनेका चर्चित नेता  कुशवाहा जनमत पार्टीको रवैया प्रति असन्तुष्ट हुँदै केही दिन देखि स्वतन्त्र भएर जनताको सल्लाह बमोजिम एमालेमा फर्केको बताउनुभयो । चर्चित नेता  शिवचन्द्र प्रसाद कुशवाहा  बिहीबार एमाले केन्द्रीय कार्यालयमा अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरूको उपस्थितिमा एमालेमा  प्रवेश गरेका हुन्। चर्चित नेता कुशवाहालाई  ओलीसहितनेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, मधेश प्रदेश इन्चार्ज योगेश भट्टराई ,बारा निर्वाचन क्षेत्र नम्बर -१का साँसद एवम्  नेकपा एमालेका प्रभावशाली नेता अच्युत मैनाली ,पचरौता नगरपालिकाका मेयर एवम् प्रखर वक्ता जलन्धर सिँह लगायतका नेताहरूले स्वागत गरेका थिए ।कुशवाहले अहिलेको माओवादीले जनयुद्धकालमा ठूलो आकार लिनुमा तत्कालीन एमालेकै कार्यकर्ताको देन रहेको भन्दै अब ती पूर्व एमालेहरूलाई माओवादीबाट एमालेमै फर्काउन अभियान चलाउनुपर्ने पनि सो अवसरमा बताउनुभयो । सयौं  नेता कार्यकर्ता सहित दलबलका साथ प्रवेश गरेका छौं  ,अागामी दिनमा एमालेलाई अझ मजबुत बनाईने पनि चर्चित नेता कुशवाहाले बताउनुभयो। आफू पनि जनयुद्ध अगाडि एमाले नै रहेकाले पु:न एमालेमा भएकोमा खुशी नै रहेको श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो। चर्चित  नेता कुशवाहा २०६४ सालमा बारा - २ बाट संविधान सभा सदस्यमा निर्वाचित भएका थिए।उहाँले माओवादी केन्द्रको पोलिटब्यूरो सदस्य भएर काम गरिसकेको अनुभव बटुलेका छन्।चर्चित नेता कुशवाहा  उप निर्वाचनमा जसपाका अध्यक्ष उपेन्द्र यादवसँग झिनो मतले पराजित भएका थिए ।एमालेमा प्रवेश गर्दै चर्चित नेता एवम् गरिबका मसिहा शिवचन्द्र प्रसाद कुशवाहाले बारामा एमालेकै राजनीति गरेर आएकाले  सहज भएको र बारामात्र नभई  मधेशमै  नेकपा एमालेलाई जनताको घरदैलोमा पुर्याउन मद्दत पुर्याईने प्रतिबद्धता समेत गर्नुभयो ।वहाँसँगै वहाँका छोरा सचिन कुशवाहा पनि एमालेमा प्रवेश गरेका छन्।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content