१० वैशाख, काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचनको स्वच्छता, स्वतन्त्रता र निष्पक्षतामा प्रतिकूल असर पर्ने गरी अनुमतिविना निर्वाचन आचारसंहिता विपरीत कार्य गरेको भन्दै मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवसँग स्पष्टीकरण मागेको छ ।
उपनिर्वाचनका क्रममा मतदान भइरहेका बेला यादव आज सरकारी गाडी र सुरक्षाकर्मीसहित बारा क्षेत्र नम्बर २ को पचरौता नगरपालिका क्षेत्रमा गएका थिए ।
‘निर्वाचन आचारसंहिता विपरीत हुने गरी उहाँलाई के कति कारणबाट पचरौता नगरपालिका क्षेत्रमा जानु भएको हो ? भनी स्पष्टीकरण सोधेको छ,’ आयोगले निकालेको विज्ञप्तिमा उल्लेख छ ।
यादवलाई पचरौता जाँदा प्रयोग गरेको गाडी, सुरक्षा व्यवस्था सरकारो हो वा होइन ? भनेर पनि सोधेको आयोगले जनाएको छ ।
आयोगले २४ घण्टाभित्र स्पष्टीकरण दिन मुख्यमन्त्री यादवलाई भनेको छ ।
प्रतिक्रिया