Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

बाराको देवताल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वकिल प्रसाद पाल बस्ने फ्लेटमा ड्राइभर महेन्द्र सहनीले तालाबन्दी गरेर फरार ,सरोकारवालाको निकायको रोहबरमा तालाबन्दी खुल्यो

अजय यादव वियोगी कलैया ,बारा । बाराको देवताल गाउँपालिकाको विवाद उत्कर्समा पुगेका छन्।कर्मचारी र जनप्रतिनिधिको लफडा अब प्रशासन नपुग्दै अर्कै ल...

अजय यादव वियोगी
कलैया ,बारा ।
बाराको देवताल गाउँपालिकाको विवाद उत्कर्समा पुगेका छन्।कर्मचारी र जनप्रतिनिधिको लफडा अब प्रशासन नपुग्दै अर्कै लफडा सुरु भएको हो ।स्थानीय तहलाई स्थानीय सरकार नाम मात्र भएको प्रष्ट भएको छ।अराजकताले सिमा नाघिसकेको अवस्था रहेको छ ।बाराको विभिन्न पालिकामा मध्ये देवताल गाउँपालिका विवादित बन्दै अाएको भएपनि केही दिनदेखि शान्त रहेकोमा फेरि विवाद सुरु भएको छ ।त्यो पनि सुन्न र देख्न नसक्ने गरि विवाद हुनुलाई बाराबासीले विभिन्न अर्थले अारोप लगाउ थालेका छन् ।कर्मचारी र जनप्रतिनिधिको खटनपटनले जनताको काममा असर परेको नै छ ।ईज्जत् नै पालिकाको जान्न थालेका छन ।बाराको देवताल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वकिल प्रसाद पाल बस्ने फ्लेट मंगलबार बिहानै बाहिरबाट   ड्राईभर महेन्द्र सहनी तालाबन्दी गरेका थिए ।उक्कसाहटमा अाई ड्राइभर सहनीले तालाबन्दी गरेका हुन।तालाबन्दी भएपछि प्रहरी ,पत्रकार ,कर्मचारी ,जनप्रतिनिधि तथा सरोकारवालाको रोहबरमा ताला खुलाईएको हो ।कलैया उपमहानगरपालिका -४ मा बस्दै अाउनु भएका प्रमुख प्रशासकीय अधिकृत पाल बस्दै अाउनु भएको हो।देवताल गाउँपालिकाका अध्यक्ष उदय प्रसाद यादवले यस बिषयमा केही बोल्न चाहेका छैनन ।अध्यक्ष यादव दिनप्रतिदिन असफल बन्दै गएको देवताल गाउँपालिकाका स्थानीयबासीहरुले बताएका छन् ।देवताल गाउँपालिका -४ का दिनेश प्रसाद साहले भने अहिले टेलर मात्र भईरहेको जस्तो छ ,फिल्म सुटिङ हुन बाँकी रहेको बताउनुभयो ।गाउँपालिका अध्यक्षको अनुभव थोरै भएकाले यस्ता अवाञ्छित गतिविधि भईरहेको स्थानीयबासी साहले बताउनुभयो।प्रमुख प्रशासकीय अधिकृतलाई पाललाई हाजिर गराएर फेरि विवाद भएको हो यसमा केही भित्री रहस्य छुपेको देवताल गाउँपालिकाका स्थानीय बुद्धिजीवीहरुले बताएका छन्।देवताल गाउँपालिकामा अहिले विवाद चरम उत्कर्समा पुगेका छन् ।नेपाली काँग्रेसबाट -वडा नम्बर -४ मा वडाध्यक्षमा जितेका ललन यादवले भने अहिले हामी सबैको रवैया हेरिरहेको श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो।

खटनपटन भएको भएपनि तालाबन्दीको बिषयमा अाफूलाई केही जानकारी नभएको र वडा नम्बर -४को मंगलबार नियमित सञ्चालन भएको वडाध्यक्ष यादवले बताउनुभयो।वडा नम्बर -४ को काम प्रभावित भएको हो भने प्रश्नमा वडाध्यक्ष यादवले भने पालिकाको काम प्रभावित भएको भएपनि वडा नम्बर -४ को काममा कुनै असर नपरेको बताउनुभयो।यता पालिकाको  काम सबै प्रभावित बन्न पुगेका हुन ।प्रहरीले तालाबन्दी गरेका महेन्द्र सहनीलाई प्रकाउ गर्न भनेपछि दिनभरि नै खैलाबैला मचेको हो ।जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता पुरुषोत्तम प्रसाद पाण्डेले तालाबन्दी गरेका महेन्द्र सहनी प्रकाउ परेको श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो।बाराको देवताल गाउँपालिकाको विवादले बारामा मात्र नभई मधेस प्रदेशमा नै विवाद बनाएका छन्।देवताल गाउँपालिकाका अध्यक्ष  उदय प्रसाद यादव जसपाबाट निर्वाचित भएका हुन।देवताल गाउँपालिकामा अध्यक्ष ,उपाध्यक्ष र ३ वटा वडाध्यक्ष जसपाबाट ,३ वटा वडाध्यक्ष नेपाली काँग्रेसबाट र १ वटा वडाध्यक्ष लोसपाबाट निर्वाचित भएका हुन ।तर केही दिन पहिला नै वडाध्यक्ष र अध्यक्षबिच विवाद हुँदै अाएको भएपनि अहिले जनप्रतिनिधि र कर्मचारीबिच विवाद हुँदै अाएका छन् ।निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा धेरै दिनदेखि देवताल चल्दै अाएकाले अार्थिक कारोबार नहुँदा सबैलाई मारका पर्न गएको एक स्वास्थ्यकर्मीले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो।कर्मचारीलाई बदनाम बनाउने नियतले यस्तो हर्कत गरेर ,तालाबन्दी फ्लेटमा गराउनु र त्यसको जानकारी अध्यक्षलाई नहुनुले भित्री ठुलो  रहस्य भएको बताईएको छ।प्रमुख प्रशासकीय अधिकृत गएपछि निमित्त हाकिम बनाई कमिसनकै खेलमा लाग्ने संकेत देखिएको प्रशासनका जानकारहरुले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताएका छन्।तालाबन्दी गरेको घटनाको चौतर्फी विरोध भएको छ ।

साजिस गरेर सामान्य ड्राइभरबाट तालाबन्दी गराएर अफवाह फैलाउन खोजिएको प्रमुख प्रमुख प्रशासकीय अधिकृत वकिल प्रसाद पालले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो।अाफू सुतिरहेको बेला अचानक फ्लेटमा तालाबन्दी गरेर ड्राइभर सहनी फरार भएपछि अाफूले सम्बन्धित सबैलाई जानकारी गराएको र यसको छानबिन हुनुपर्ने जरुरी रहेको बताउनुभयो।प्रहरीले स्थलगत गई सोधपुछ गरेको  अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएका छन्।सामान्य ड्राइभर  महेन्द्र सहनीको यो कदमको सबैले विरोध  गरेका छन् ।तर देवताल गाउँपालिका अध्यक्ष  यादवले गाउँपालिकामा यस्तो अवाञ्छित गतिविधि हुँदा केही गर्न सकेका छैनन् ।मधेस प्रदेशमा अहिले यस्तो घटनाले प्रसव पाउन थालेका छन् ।पहुँचको अाधारमा  यस्तो काम हुने गरेको र।कानुनी कारवाही नहुँदा दिनप्रतिदिन बढदै गएको बाराका नागरिक समाजका अगुवाहरूले बताएका छन्।

Virus-free.www.avast.com

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content