Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

कोल्हबी नगरपालिका -५ बोधवनमा रहेको श्री परोपकार कृषि सहकारी संस्था लिमिटेडको ११ अौँ बार्षिक साधारणसभा बेलवा बजारमा भव्यताका साथ सम्पन्न

अजय यादव वियोगी कलैया ,बारा । कृषि क्षेत्रलाई मजबुत मात्र नभई देशकै मेरुदण्ड मानिएको सहकारीको संख्या दिनप्रतिदिन बढदै गएका छन्।बाराको...

अजय यादव वियोगी कलैया ,बारा । कृषि क्षेत्रलाई मजबुत मात्र नभई देशकै मेरुदण्ड मानिएको सहकारीको संख्या दिनप्रतिदिन बढदै गएका छन्।बाराको १६ पालिकामा पनि धेरै सहकारीहरु सञ्चालनमा रहेका छन्।बाराको कोल्हबी नगरपालिका वडा नम्बर -५ माछा गाउँ बोधवनमा रहेको श्री परोपकार कृषि सहकारी संस्था लिमिटेडले ११ अौँ बार्षिक साधारणसभा बेलवा बजारमा भव्यता साथ मनाएका छन्।संस्थाका अध्यक्ष जयनारायण सिँहको अध्यक्ष्ातामा भएको साधारणसभाको प्रमुख अतिथि कोल्हबी नगरपालिकाका नगर प्रमुख रामप्रसाद चौधरी रहनु भएको थियो ।विशिष्ट अतिथिहरुमा कोल्हबी नगरपालिकाका उप -प्रमुख लक्ष्मी कुमारी चौधरी ,वडा नम्बर -५ का वडाध्यक्ष नन्दकिशोर चौधरी ,वडा नम्बर -६ का वडाध्यक्ष दिनेश चौधरी ,वडा नम्बर -३ का वडाध्यक्ष किशुनदयाल चौधरी ,करैयामाई गाउँपालिका वडा नम्बर -१ का वडाध्यक्ष सोनालाल प्रसाद साह ,कोल्हबी नगरपालिकाका सहकारी विभागका प्रमुख लोकनाथ अोली ,नेपाल मत्स्य व्यावसायी संघका वरिष्ठ उपाध्यक्ष मधुसूदन अधिकारी लगायतका रहनु भएको थियो।अतिथिहरुमा कोल्हबी नगरपालिका वडा नम्बर -५ का पुर्व वडा सदस्य एवम् नेपाली काँग्रेस क्षेत्र १ का सह-सचिव बलराम अधिकारी ,नेकपा माअोवादी केन्द्रकाकोल्हबी नगर कमिटी अध्यक्ष रामचन्द्र साफी ,बेल्वा बजार संरक्षण केन्द्रका अध्यक्ष रविन्द्र चौधरी ,प्रयास नेपाल महिला तथा बालबालिका कल्याण समाज बाराका अध्यक्ष विष्णु शर्मा लगायतको विशेष उपस्थिति रहेको थियो।श्री परोपकार कृषि संस्थाले दिनप्रतिदिन प्रगति गर्दै गएको वक्ताहरुले बताएका छन्।श्री परोपकार कृषि संस्थाको अा.व.२०७८/०७९ अषाढ सम्मको प्रतिवेदन श्री परोपकार कृषि संस्थाका प्रबन्धक अशोककुमार सिँहले प्रस्तुत गर्नु भएको थियो ।११ बर्ष पहिला ५१ जनाबाट सुरु गरिएको कृषि सहकारीमा अहिले ७ सयको हाराहारीमा शेयर सदस्यहुनु चानचुने नभएको प्रबन्धक सिँहले प्रतिवेदन प्रस्तुत गर्दे उनले भने सुरुमा सामान्य ढंगले काम भएकोमा अहिले विस्तृतरुपले भईरहेको बताउनुभयो।श्री परोपकार कृषि सहकारी संस्थाको ४ करोड ८० लाख भन्दाको बढीको कारोबार हुन थालेको प्रबन्धक सिँहले प्रतिवेदन उल्लेख गर्दै बताउनुभयो।कोल्हबी नगरपालिकाका नगरप प्रमुख एवम् प्रमुख अतिथि रामप्रसाद चौधरीले कृषि सहकारीहरुले कोल्हबी नगर कमिटी गर्नुपर्ने अावश्यकता भएको बताउनुभयो।नगर प्रमुख चौधरीले भने कोल्हबी ७५ वटा सहकारीहरु छन् ,जसमध्ये सबैको कुरा सुन्दै गए धेरै दिन लाग्ने भएकाले अबको दिनमा कोल्हबी नगर सहकारी कमिटीको अावश्यकता भएको बताउनुभयो।अाफ्नो एजेन्डा नै शिक्षा ,स्वास्थ्य र कृषि भएकाले सक्दो सबैलाई सहयोग गर्दै प्रमुख अतिथि चौधरीले बताउनुभयो।श्री परोपकारी संस्थाको उच्च प्रंशासा गर्दै अागामी दिनमा पनि परोपकार संस्थालाई सहयोग गर्ने प्रमुख अतिथि एवम् मेयर चौधरी प्रतिबद्धता समेत गर्नुभयो ।छिमेकी पालिका करैयामाई र कोल्हबी नगरपालिका मिलेर मालपोत कोल्हबी ल्याउनु पर्ने प्रयास गर्नु जरुरी रहेको मेयर रामप्रसाद चौधरीले बताउनुभयो।विशिष्ट अतिथि कोल्हबी नगरपालिकाकि उप-मेयर लक्ष्मी कुमारी चौधरीले सहकारी संस्थाले राम्रो प्रशंसा गर्दे सफलताको शुभकामना व्यक्त गरिन।त्यस्तै माछाको क्षेत्रमा कोल्हबी नगरपालिकाले विशेष कार्य विधि बनाउनु पर्ने अावश्यकता रहेको नेपाल मत्स्य व्यावसायी संघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष मधुसूदन अधिकारीले बताउनुभयो।सहकारी संस्थाले राम्रो गर्दै गएकोमा शुभकामना दिदै नेपाली काँग्रेसका नेता बलराम अधिकारीले अाउँदो दिनमा अझ राम्रो गर्नुपर्ने अावश्यकता रहेको बताउनुभयो।त्यस्तै करैयामाई गाउँपालिका वडा नम्बर -१ का वडाध्यक्ष सोनालाल प्रसाद साहले सहकारीको प्रगतिको कामना सहित शुभकामना मन्तव्य व्यक्त गर्नुभयो।विशेष परिस्थितिका कारण उपस्थित हुन नसकेका जिउँदो माछा व्यावसायी संघका केन्द्रीय अध्यक्ष ,अखिल क्रान्तिकारी किसान महासंघका केन्द्रीय सदस्य एवम् चर्चित समाजसेवी जंगबहादुर साहको शुभकामना मन्तव्य प्रतिनिधि मार्फत प्रस्तुत गरिएको थियो।महिलाहरुको विशेष उपस्थिति रहेको थियो ।श्री परोपकार कृषि सहकारी संस्था लिमिटेडको सबै शेयर सदस्यहरुको उपस्थिति रहेको थियो ।अाउँदो दिनमा श्री परोपकार संस्थालाई अझ सशक्त बनाएर जिल्लामा उत्कृष्ट बनाउन तर्फ लाग्ने काम भईरहेको श्री परोपकार कृषि सहकारी संस्थाका अध्यक्ष एवम् साधारणसभाका अध्यक्ष्ाता गर्नुभएको जयनारायण सिँहले बताउनुभयो।वक्ताहरुले सहकारीको सफलताको कामना गर्नुभएको थियो ।कार्यक्रमको सञ्चालन दिपक सिँहले गरेका थिए ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content