Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

प्रचण्ड प्रधानमन्त्री बनेको खुशीयालीमा छिपहरमाई गापामा खुशीयाली मनाइयो

पर्सा, ११ पुस । पुष्पकमल दाहाल (प्रचण्ड) प्रधानमन्त्री बन्नुभएकोमा नेकपा माओवादीले पर्साको छिपहरमाई गाउँपालिकामा खुशीयाली मनाएको छ । सोमवार...

पर्सा, ११ पुस । पुष्पकमल दाहाल (प्रचण्ड) प्रधानमन्त्री बन्नुभएकोमा नेकपा माओवादीले पर्साको छिपहरमाई गाउँपालिकामा खुशीयाली मनाएको छ ।
सोमवार छिपहरमाई गापाको सदरमुकाम भिस्वा चोकमा नेकपा माओवादी केन्द्रका युवा नेता शाहरूख मन्सुरीको अध्यक्षता कार्यक्रम भएको थियो । कार्यक्रममा नेता मन्सुरीले मैनबत्ती बालेर, पटाका पडकाई प्रधानमन्त्री प्रचण्डलाई बधाई दिएका थिए ।
नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले  प्रधानमन्त्रीको सपथ लिनु भएको र नेकपा माओवादी केन्द्रको सरकार बनेको खुशीमा युवा नेता मन्सुरीले अबिरबाट  र मैनबत्तीबाट गोलो आकारभित्र हँसिया हथौडा बनाई कार्यक्रमको उदघाटन गरेका थिए ।
नेता मन्सुरीले मन्तव्यको क्रममा नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन गठबन्धन सरकारले सहयोग गरेकोमा धन्यवाद दिंदै नेपालको संविधान बचाउन र संविधानको रक्षा तथा देशलाई विकासतर्पm लैजानुपर्नेमा जोड दिए । देशको नयाँ मुहार फेर्न र मधेशी दलित मुस्लिम आदिवासीको हक अधिकारका लागि सरकारले   तदारुकताका साथ कार्य गर्नुपर्ने बताए । उनले युवाहरूको रोजगारको लागि नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबाहेक कुनै विकल्प नरहेको बताए ।
कार्यक्रममा नेताहरु शेख अरमान, हिमाञ्चल कुशवाहा, साहबजान मियाँँ, रमेश चौरसिया, विश्वनाथ पटेललगायत नेकपा माओवादी केन्द्रका नेता तथा स्थानीयवासीहरुको सहभागिता थियो । 

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content