Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

मधेश प्रदेशमा एमाले संसदीय दलको नेतामा को ?

२८ मंसिर, जनकपुरधाम । २०७४ को चुनावमा एमाले २१ सिटसहित मधेश प्रदेश सभामा तेस्रो दल बन्यो । प्रतिकुल अवस्था भनिए पनि २०७९ मा भने २३ सदस्यसहित...

२८ मंसिर, जनकपुरधाम । २०७४ को चुनावमा एमाले २१ सिटसहित मधेश प्रदेश सभामा तेस्रो दल बन्यो । प्रतिकुल अवस्था भनिए पनि २०७९ मा भने २३ सदस्यसहित पहिलो दल बनेको छ ।

समानुपातिक सांसदको टुंगो लागेसंगै एमालेमा पनि संसदीय दलको नेता बन्न दौडधुप सुरु भएको छ ।

यसअघि दलको नेता रहेका सत्यनारायण मण्डल यसपटक सांसद छैनन् । दलको नेताका लागि आकंक्षी धेरै छन् । यद्यपि मुख्य दाबेदारका रुपमा चार जनालाई हेरिएको छ ।

रामचन्द्र मण्डल (धनुषा), हरिनारायण महतो (धनुषा), सरोजकुमार यादव (महोत्तरी) र राजकुमार लेखी (सप्तरी) को दलको नेता बन्नेमा धेरै चर्चा छ । चारैजना प्रत्यक्ष निर्वाचित एवं एमालेका केन्द्रीय सदस्य छन् ।

मण्डल दोस्रो पटक धनुषा १ (ख) बाट प्रत्यक्ष निर्वाचित भएका हुन् । यसअघि उनी नेकपा माओवादी केन्द्रबाट जितेका थिए । माओवादीका प्रमुख सचेतक समेत रहेका मण्डल नेकपा टुकि्रएपछि एमालेमा गएका हुन् ।

माओवादीले कारबाही गरेपछि उनले एक वर्षअघि नै पद गुमाएका थिए । दोस्रो पटक निर्वाचित र संसदीय दलको नेतृत्व गर्ने क्षमता रहेकाले आफू दलको नेताको आकंक्षी रहेको उनले बताए ।

‘दोस्रो पटक निर्वाचित एवं अनुभवी भएकाले दलको नेताको म आकंक्षी हुनु स्वभाविक हो । दलको नेताको लागि मेरो दाबी रहने छ । तर संगठनले गरेको निर्णय नै अन्तिम हुन्छ,’ उनले भने । तर एमाले भित्र भने मण्डल माओवादीबाट प्रभु साहसँगै आएकाले उनीमाथि शंकाको दृष्टिले हेर्ने पक्ष पनि छन् । यस विषयमा मण्डलले प्रभु साहको कारण केही असर आफूमाथि परे पनि उनी गइसकेकाले खासै असर नपर्ने तर्क गर्नछन् ।

महोत्तरी क्षेत्र नं. ४ (ख) बाट निर्वाचित सरोज यादव महोत्तरी जिल्ला एमालेका अध्यक्ष समेत हुन् । वरिष्ठताका आधारमा भने सरोज यादवले आफू दलको नेता बन्नु पर्ने दाबी गर्छन् ।

‘म अहिलेको निर्वाचित पार्टीका प्रदेश सभा सदस्यहरु मध्ये केन्द्रीय कमिटीको सबभन्दा पुरानो मेम्मबर मै हुँ,’ यादवले भने, ‘यो आधारमा पन सबै भन्दा सिनियर हुँ । तर पार्टीमा जो कोही दलका नेतामा आकंक्षी वा दाबी गर्न सक्छन् । पार्टीले जे निर्णय गर्छ त्यो नै सर्वमान्य हुन्छ ।’

दलको नेताको अर्का प्रवल दाबेदाबर हुन् हरिनारायण महतो । उनी दुई कार्यकालदेखि एमाले केन्द्रीय सदस्य हुन् । मिथिला नगरपालिकाका पूर्व मेयर समेत रहेका महतोले धनुषा ४ -ख) बाट निर्वाचित छन् । उनी आफू दलको नेताको दाबेदार रहेको बताउँछन् । यद्यपि पार्टीले गरेको निर्णय अन्तिम हुने उनको भनाइ छ ।

राजकुमार लेखी तत्कालीन राजपाका नेता थिए । राजपा छाडेर एमालेमा लागेका उनी सप्तरी १ (क) बाट निर्वाचित छन् । उनले आफू पनि दलको नेताको आकंक्षी रहेको बताए ।

चर्चामा दोस्रो पटक महोत्तरी १ -क) बाट निर्वाचित सारदा देवी थापाको नाम पनि छ । यद्यपि उनले आफू दलको नेताको दौडमा नरहेको बताइन् ।

दलको नेताको दौडमा रहेका चारजना मध्ये दुईजना रामचन्द्र मण्डल अथवा सरोज यादव बन्ने प्रवल सम्भावना रहेको एक नवनिर्वाचित सांसले बताए ।

प्रत्यक्ष ६४ र समानुपातिक ४३ गरी १०७ सिट रहेको मधेश प्रदेशसभामा २३ सिटसहित एमाले पहिलो हुँदा २२ सिटसहित कांग्रेस दोस्रो दलको हैसियतमा छ ।

यस्तै १६ सिटसहित जसपा तेस्रो, १३ सिटसहित जनमत चौथो, ९ सिटसहित लोसपा पाँचौ, ८ सिटसहित माओवादी केन्द्र छैठौं र ७ सिटसहित एकीकृत समाजवादी सातौं दल बनेको छ । ६ स्वतन्त्र सांसद छन् भने राप्रपा, नेपाल संघीय समाजवादी र नागरिक उन्मुक्ति पार्टीको पनि एक/एक सिट रहेको छ ।

एमाले प्रदेश सभाको ठूलो दल भएपनि सरकार बाहिरै रहनु पर्ने सम्भवाना छ । यो प्रदेशमा जनमत पार्टीलाई पनि सहमतिमा ल्याएर सत्ता गठबन्धन घटक कांग्रेस सरकार निर्माणको कसरतमा छ ।

चुनावी गठबन्धन गरेको जसपाले समेत एमालेसँगको सहकार्य अन्त्यको घोषणा गरेकाले उसलाई सरकार बनाउन बहुमत पुर्याउन कठिन देखिन्छ ।


COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content