अजय यादव वियोगी कलैया ,बारा । बारा जिल्ला निर्वाचन क्षेत्र नम्बर -२ मा नेकपा एमालेका उम्मेदवार एवम् सन्त नेताको रुपमा परिचित रहेका बलवीर ...
अजय यादव वियोगी
कलैया ,बारा ।
बारा जिल्ला निर्वाचन क्षेत्र नम्बर -२ मा नेकपा एमालेका उम्मेदवार एवम् सन्त नेताको रुपमा परिचित रहेका बलवीर चौधरी घरदैलोमा व्यस्त रहेका छन् ।यस क्षेत्रका ४४ वटा वडाका स्थानीय मतदातासँग अहिले वहाँ घर घरमै पुगेर मतदाताको भावना बुझि अाफुलाई विजय गराउन रिझाईरहेका छन् ।आफु विजयी भए भने बारा -२ को काया पल्ट गरिदिने पनि बताउँदै आएका छन्।पहिला एमालेले यस क्षेत्रमा मधेसी दललाई जिताएर सहयोग गरेको र अहिले ती मधेसी दलले एमालेलाई सहयोग गर्ने बेला अाएको पनि वहाँले बताउनुभयो।अाफूले निष्ठा ,सत्यको राजनीति गर्दे अाएको पनि नेकपा एमालेका उम्मेदवार चौधरीले बताउनुभयो।यता नेकपा एमालेका प्रभावशाली नेता जलन्धर सिँहले जनताको माँग र जनताको हर काममा मद्दत पुर्याउनका लागि बारा -२ मा सबल उम्मेदवार रहेकाले एकचोटि विश्वास गर्नुपर्ने बताउनुभयो।बलवीर चौधरी एक सन्त नेता तथा बाराका स्थापित नेता भएकाले विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने समेत पनि वहाँले बताउनुभयो।निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिताको पुर्ण पालना गर्दे जनताको घरदैलोमा नेकपा एमालेका नेता कार्यकर्ता पुगिरहेको नेकपा एमालेका नेता लक्ष्मी यादवले बताउनुभयो।अहिले विभिन्न पार्टी परित्याग गरि नेकपा एमालेमा प्रवेश गर्नेको लर्को समेत चलेको तर अाफुहरुले अहिले चुनावी लक्षित कार्यक्रममै व्यस्त हुने गरेको एमालेका नेता यादवले बताउनुभयो ।बारा -२ अहिले नेकपा एमालेमय हुन थालेको छ,विगतमा बारा जिल्लालाई एमालेको लाल किल्ला भनेर भन्ने गरिन्थ्यो। अहिले अाफुहरु पुनः सार्थकता दिलाउन लागि परेको समेत वहाँले बताउनुभयो।




COMMENTS