Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

बाराका उत्कृष्ट ,पचरौता नगरपालिकाका मेयर एवम् प्रखर वक्ता जलन्धर सिँहले सामान्य प्रशासन मन्त्रालयका सह-सचिव बलराम रिज्यालको गराए सरुवा ,मन्त्रालयबाट हुने चलखेल हुने भयो बन्द "

अजय यादव वियोगी  कलैया ,बारा । "बाराका उत्कृष्ट ,पचरौता नगरपालिकाका मेयर एवम् प्रखर वक्ता जलन्धर सिँहले सामान्य प्रशासन मन्त्रालयका सह-...
अजय यादव वियोगी 
कलैया ,बारा ।
"बाराका उत्कृष्ट ,पचरौता नगरपालिकाका मेयर एवम् प्रखर वक्ता जलन्धर सिँहले सामान्य प्रशासन मन्त्रालयका सह-सचिव बलराम रिज्यालको गराए सरुवा ,मन्त्रालयबाट हुने चलखेल हुने भयो बन्द "


बाराको उत्कृष्ट पचरौता नगरपालिकाका मेयर एवम् प्रखर वक्ता जलन्धर सिँहले संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सह-सचिव बलराम रिज्यालको सरुवा गराएर देशभरि चर्चामा आएका हुन।बारा जिल्लाकै उत्कृष्ट मेयर सिँहले विकासमा नाम गर्दे आएका र अहिले कर्मचारीहरुलाई पनि शुन्य सहनशीलताको आधारमा नै काम गर्नुपर्ने पाठ सिकाएका छन्।काठमाडौंमा रहेको संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा कर्मचारी व्यवस्थापन गर्न नसकेको बेला बाराका उत्कृष्ट मेयर जलन्धर सिँहले मन्त्रालयमा पुगेर नै कर्मचारी पठाउने तथा काम गर्न अटेरी नगर्न सुझाएका थिए।केही दिन अगाडि सो मन्त्रालयमा पुगेका बाराका उत्कृष्ट पचरौता नगरपालिकाका मेयर एवम् प्रखर जलन्धर सिँहले मन्त्रालयको कर्मचारी प्रशासन महाशाखामा कार्यरत सह-सचिव बलराम रिज्याललाई पचरौता नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा काम गर्न असजिलो भएको भन्दै मन्त्रालयले समयमा केही नगर्दा जनताले दु:ख पाएको गुनासो गरेका थिए ।त्यस लगत्तै सह-सचिव रिज्याल चिढिएका थिए।देशकै ७५३ स्थानीय तहका प्रमुख ,उप प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतहरुलाई झमेला बनाई राख्ने सह-सचिव रिज्याल भेट ईमानदार र राजनीतिका जानकार मेयर जलन्धर सिँहसँग जम्का भेट केही बेर चर्का चर्की र जुहारी नै चलेको थियो ।सामान्य मन्त्रालयका सह -सचिव बलराम रिज्यालले सामान्य ठानेका मेयर असामान्य निस्केपछि होस्  नै उडेका थिए ।त्यसपछि मन्त्रालयका कर्मचारीले रहेको सिँहदरबार वृत र सिँहदरबार सुरक्षा  गणको टोलीले सो विवाद मिलाएका थिए ।दिउँसोमा घटेको सो घटनापछि साँझमा मन्त्रालयले ३९ जना उप-सचिवहरुको पदस्थापन गरेका थिए ।जसमध्ये पचरौता नगरपालिका ,बारामा उप-सचिव नरेन्द्र परियारको  नाम सार्वजनिक भएको थियो ।त्यसपछि मेयर जलन्धर सिँहले संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तासँग गुनासो पोखेका थिए ।नेकपा एमालेका मधेस प्रदेश कमिटी सदस्य एवम् पचरौता नगरपालिकाका मेयर सिँहले सह-सचिव रिज्यालको हविगत ठिक नभएको भन्दै हालै नेपाल सरकार मन्त्रीपरिषद्को मिति २०८१/११/१२ गतेको बसेको बैठकबाट ७८ जनाको सरुवा गरेका छन् ।जसमध्ये सामान्य मन्त्रालयमा प्रशासन महाशाखामा कार्यरत बलराम रिज्यालको ३८ नम्बरमा नाम उल्लेख गरि गृह मन्त्रालयमा तानिएको हो ।विगत ६ महिनादेखि  सो मन्त्रालयमा कार्यरत रहेका सह -सचिव रिज्याल २०८१/१२/१८ गते अाफुले सरुवाको चिठी पाएको श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताएका छन्।सह -सचिव बलराम रिज्यालको सम्पर्क नम्बर ९८४३००३२०५मा सम्पर्क गरेर बुझ्दा आफ्नो सरुवा भईसकेको चिठी समेत पाईसकेको बताएका छन्।देशकै ७५३ स्थानीय तह मध्ये २५० स्थानीय तहमा निमित्त प्रमुख प्रशासकीय अधिकृतहरु रहेको कर्मचारी नभएर त्यस्तोगरेको वहाँले बताउनुभयो।प्रमुख प्रशासकीय अधिकृत मिलाउन माहिर मानिएका सह-सचिव रिज्यालको छवि धुमलिएको हो ।विगत ६ महिना देखि नै सामान्यमा राज चलाई रहेका सह-सचिव मन्त्रालय छाडिदा निराश भएका छन् ।मालधार मन्त्रालयमा बसेका सह-सचिव रिज्यालको बिरासत बाराका उत्कृष्ट मेयर सिँहले भत्काई ,सबै कर्तुतहरु बाहिर ल्याई दिएका छन्।यसअघि सह-सचिव बलराम रिज्याल लामो समय सम्म उधोग मन्त्रालयमा बसेर आफ्नो जाल चलाई सकेका छन् ।त्यस्तै सह-सचिव रिज्याल सुचना विभागको डिजी बनेर सुचना विभागमा हंगामा मच्चाउनुको साथै प्रलोभनमा परेको अधिकाँश समाचार बाहिर आईसकेका छन्। उधोग मन्त्रालय ,सुचना विभागको डिजी र सामान्य प्रशासन मन्त्रालयपछि गृह मन्त्रालयमा तानिएका सह- सचिवकोको रवैया के हुने त्यो हेर्न बाँकी रहेको छ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content