"बारा जिल्लाको क्षेत्र नम्बर -३ को " क" मा समाजसेवी नेता शिवनाथ पटेलकाे लोकप्रियताले अाउँदो मंसिर ४ गतेको चुनावमा उम्मेदवारको लागि घर -घरमा चर्चा "
सन्दिप यादव
कलैया , बारा
असोज ०९ गते ।
बारा जिल्लाको निर्वाचन क्षेत्र नं ३ को (क) बाट एकदमै चर्चित समाजसेवी नेताको रूपमा शिवनाथ पटेल देखा परेका छन्।
विगत एक दशक देखी निरन्तर जनता समाजवादी पार्टी नेपाल ( जसपा ) मा भएर समाजमा जनतालाई विभिन्न माध्यम बाट सेवा गर्दै आएका हुन्।
वहाँ आफ्नो क्षेत्रको वकालत गर्ने, न्याय प्रेमी, बिकास प्रेमी, नैतिकवान व्यक्तिको रूपमा चिरपरिचित रहेका छन्।
समाजमा भएको तथा भइरहेको बेथेतिकाे बारेमा सधै बोलिरहने समाजसेवी शिवनाथ पटेललाई यसपालि प्रदेश सभा सदस्यको रुपमा जनताहरू हेर्न एकदम उत्सुक भएका छन् ।
समाजसेवी नेता पटेलकाे जीत निश्चित हुनेमा विश्वस्त भएको वहाँका समर्थकहरुले बताएका छन् । मधेसी समाज, जिल्ला र देशमा भइरहेको बेथितिकाे पनि अन्त्य हुने भन्ने विश्वास लिएका छन् अभियानमा लागेका वहाँका समर्थकहरुले श्री गढीमाई राष्ट्रिय दैनिकलाई जानकारी दिएका छन्।
प्रतिक्रिया