कलैया,२८ पुस । कलैया उपमहानगरपालिका अन्तर्गतका बिधालय बन्द हुने भएको छ ।
कोभिड -१९ संकट ब्यवस्थापन समन्वय केन्द्र ( सिसिएमसी ) को सिफारिस मा शिक्षा मन्त्रालय ले सोमबार सूचना जारी गर्दै माघ १५ गते सम्म देशभरका आधारभुत तथा माध्यमिक तह को पठनपाठन भैतिक उपस्थिति मा बन्द गर्न निर्देशन दिएको थियो ।
यद्यपि कलैया उपमहानगरपालिकाले सूचना जारी नगरेकोले शिक्षा मन्त्रालयको निर्णय अवज्ञा गर्दै कलैयाका बिधालय सन्चालनमा थिए । कलैया उपमहानगरपालिकाले आज एक सूचना जारी गर्दै शिक्षा मन्त्रालयको निर्णय कार्यान्वयन गर्न सम्पुर्ण सामुदायिक तथा निजि बिधालय लाई पत्रचार गरेको छ ।
उपमहानगरले सूचना जारी गर्दै भौतिक उपस्तिथिमा कक्षा संचालन नगर्न र वैकल्पिक माध्यम बाट शिक्षण सहजीकरण गर्न निर्देशन दिएको छ ।
प्रतिक्रिया