Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

मनोनयन दर्ता : नुवाकोटमा २५ जना भन्दा बढी सहभागी नपाउने, बाजा र झाकी निषेध

नुवाकोट । आगामी मङ्सिर ४ गते हुने आम निर्वाचनका लागि जारी भएको आचारसंहिता पालना गर्न नुवाकोटका राजनीतिक दलहरुले सामूहिक प्रतिबद्धता जनाएका ...

नुवाकोट । आगामी मङ्सिर ४ गते हुने आम निर्वाचनका लागि जारी भएको आचारसंहिता पालना गर्न नुवाकोटका राजनीतिक दलहरुले सामूहिक प्रतिबद्धता जनाएका छन् ।

मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीको आयोजनामा शनिबार बसेको सर्वदलीय/सर्वपक्षीय बैठकमा सहभागी राजनीतिक दलहरुले निर्वाचन आयोगले जारी गरेको आचारसंहिता पालना गर्न सामूहिक प्रतिबद्धता जनाएको हो ।

उहाँका अनुसार हाल कार्यान्वयनमा रहेको आचारसंहितअन्तर्गत आज उम्मेदवारी दर्ता गर्न २५ जनाभन्दा बढीको सहभागिता हुन नपाइनेसहित बाजागाजा, झाँकी लैजान गरिएको निषेधमा दलहरुबाट पालना गर्न प्रतिबद्धता आएको छ ।

“प्रतिनिधिसभाअन्तर्गत दुई र प्रदेससभाअन्तर्गत चारवटै निर्वाचन क्षेत्रको मनोनयन दर्ताका लागि नुवाकोटमा आवश्यक तयारी पूरा भएको छ”, उहाँले भन्नुभयो, “राजनीतिक दलहरुसहित सरोकारवाला पक्षहरुबाट आचारसंहिता पालना गरेर निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सबैले जनाएको ऐक्यबद्धताले हौसला बढेको छ ।”

बैठकमा सहभागी नेकपा (एमाले)का अरुणकुमार श्रेष्ठ, नेपाली कांग्रेसका राजु थापा, नेकपा (माओवादी केन्द्र)का बिमला सुवेदी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का दीपेश पाण्डेसहित जिल्ला निर्वाचन कार्यालय नुवाकोटमा सूचीकृत भएका विभिन्न २९ राजनीतक दलका प्रतिनिधिले उम्मेदवारी दर्ताको समयदेखि आचारसंहिता पालना गर्न प्रतिबद्धता जनाएका छन् ।

यही असोज १२ गतेदेखि कार्यान्वयनमा आएको निर्वाचन आचारसंहितामा अघिल्ला निर्वाचनको भन्दा आगामी मङ्सिर ४ मा हुने निर्वाचनमा प्रचारप्रसारका क्रममा बढीमा १० वटा झन्डा प्रयोग गर्न पाइने, राष्ट्रिय झन्डा प्रयोग गर्न नपाइने, मतदानको १७ दिन अघिदेखि मात्र प्रचारप्रसार गर्न पाइने, उम्मेदवारले सम्पत्ति विवरण र वैयक्तिक विवरण (बायोडाटा) फाराम बुझाउनुपर्ने, २५ जनाभन्दा बढी भेला भएर मनोनयनपत्र पेस गर्न र प्रचारका क्रममा मतदाताको घरदैलोमा जान नपाइनेलगायतका व्यवस्था थप गरिएको छ । उक्त व्यवस्था पालना गर्न जिल्लाका राजनीतिक दलहरुबाट सामूहिक प्रतिबद्धता आएको हो ।


COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content