Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

पर्साको कालिकामाई गाउँपालिका -२ भेडिहारीमा नेपाली काँग्रेसमा पार्टी प्रवेश गर्नेको लर्को ,सबैलाई प्रतिनिधि सभा सदस्यका उम्मेदवार रमेश रिजाल गरे स्वागत

 श्री गढीमाई संवाददाता  पर्सा ,बिरगंज । "पर्साको कालिकामाई गाउँपालिका -२ भेडिहारीमा नेपाली काँग्रेसमा पार्टी प्रवेश गर्नेको लर्को ,सबैल...

 श्री गढीमाई संवाददाता 

पर्सा ,बिरगंज ।

"पर्साको कालिकामाई गाउँपालिका -२ भेडिहारीमा नेपाली काँग्रेसमा पार्टी प्रवेश गर्नेको लर्को ,सबैलाई प्रतिनिधि सभा सदस्यका उम्मेदवार रमेश रिजाल गरे स्वागत "


पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर ४ मा नेपाली काँग्रेसमा अहिले अाउनेको संख्या बढदै गएको छ।पर्साको कालिकामाई गाँउपालिका वडा नम्बर -२ भेडिहारीमा नेपाली काँग्रेसले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा नेकपा एकिकृत समाजवादीका नेता सहित करिब सयौंको संख्यामानेपाल काँग्रेसमा प्रवेश गरेका छन्।कालिकामाई  गाउँपालिका -२ मा स्थानीय तह निर्वाचनमा नेकपा एकिकृत समाजवादीबाट वडाध्यक्ष पदमा चुनाव लडेका डा. दिलिप कुशवाहाका साथै अन्य पार्टीका नेता कार्यकर्ताहरु नेपाली काँग्रेसमा प्रवेश गरेका छन् 





 पार्टी प्रवेशमा कार्यक्रममा नवप्रवेशीहरुलाई नेपाली काँग्रेसका  केन्द्रिय सदस्य एवम् क्षेत्र नम्बर -४का प्रतिनिधि सभा सदस्यका उम्मेदवार रमेश रिजालले फुलमाला लगाएर पार्टीमा स्वागत  गरेका हुन । कार्यक्रमलाइ सम्बोधन गर्दै प्रतिनिधिसभाका सदस्य उम्मेदवार रिजालले काँग्रेस प्रतिको आकर्षण र  स्नेह बढ्दै गएको उक्त अवसरमा बताउनुभयो ।नेपाली काँग्रेसले सबैको अधिकारको रक्षा गर्ने भएको जनताको नेपाली काँग्रेस प्रति मोह बढदै गएको केन्द्रीय सदस्य एवम् क्षेत्र नम्बर -४ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार रिजालले बताउनुभयो ।

नेपाली काँग्रेसका क्षेत्रीय सचिव एवम् जगरनाथपुर गाँउपालिकाका अध्यक्ष श्रीकान्त यादवको अध्यक्षतामा भएको पार्टी प्रवेश कार्यक्रममा सत्तागठबन्धनबाट प्रदेशसभा सदस्यका उम्मेदवारद्वय शंकर चौधरी र शेख चाँदतारा, काँग्रेस मधेस प्रदेशका महामन्त्री बृहस्पतिकृष्ण श्रेष्ठ, काँग्रेस पर्साका प्रवक्ता रमेश पाण्डे, जिल्ला कोषाध्यक्ष प्रेम थापा, महाधिवेशन प्रतिनिधिहरु बष्ठिनारायण कुर्मी, जिल्ला सचिव एंव वीरगन्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलम, जिल्ला सहसचिव नवीन सिंह, पर्साका चर्चित यूवा नेता एवम् समाजसेवी राकेश यादव लगायतको सहभागीता रहेको थियो कार्यक्रमको सञ्चालन क्षेत्रिय  सचिव बलिष्टर अहमद गरेका थिए।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content