Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

उपयोग हुन छाड्यो बैलगाडा

कञ्चनपुर। शुक्लाफाँटा नगरपालिका– ३ का लप्टन चौधरीलाई बैलगाडा(लहरु)मा टाढाको गाँउमा पाहुना लाग्न गएको सम्झना अझै ताजै छ । लहरुमा रमाईलो गर्द...

कञ्चनपुर। शुक्लाफाँटा नगरपालिका– ३ का लप्टन चौधरीलाई बैलगाडा(लहरु)मा टाढाको गाँउमा पाहुना लाग्न गएको सम्झना अझै ताजै छ । लहरुमा रमाईलो गर्दै यात्रा गर्नुको तत्कालीन परिवेश झल्झली याद आउने गरेको उहाँले बताउनुभयो । 

“पारिवारिक भेटघाट, विवाह, भोजभतेरलगायतका अन्य कार्यमा घर देखिटाढा जाँदा लहरुको प्रयोग ल्याइने गरिनथ्यो”, उहाँले भन्नुभयो, “विगतका ती रमाइला क्षणको वर्णन जति गरे पनि कम हुन्छ, एक जनाले लहरु हाक्थ्यौँ, अरुले गन्तव्यमा जाँदा कथा, कहानी, चुट्किलासँगै रमाईला कुराकानी गरेर बाटो काटेको थाहै हुँदैनथ्यो ।” सवारीको साधनको रुपमा छ दशकअघि गोरुले तान्ने लहरुको चलन निकै हुने गर्दथ्यो । विशेष गरी गाउँका ठूला बडाहरु(जमिदार)ले सवारी साधनका रुपमा बैलगाडा भन्दा सानो लहरुको प्रयोग निकै गर्दथे ।

  “काठबाट बनाइएको लहरु आकर्षक रुपमा बनाइएको हुन्थ्यो”, उहाँले भन्नुभयो, “लहरु बनाउन राखिएको काठमा निकै आकर्षकरुपमा बुट्टा बनाएका हुन्थे, आरामले चारदेखि पाँच जनासम्म बस्न सक्ने गरी बनाइएको हुन्थ्यो, गन्तव्यमा छिटो पुग्नका लागि फुर्तिला दौडिन सक्ने गोरुहरु लहरुमा तान्नका लागि प्रयोग गरिन्थ्यो, सवारीका साधनका रुपमा त्यस बेला ग्रामीण क्षेत्रमा एक मात्रै साधन लहरु थियो ।” 

“तराईमा लहरुको सट्टा जमिदारले साइकल चढ्न थाले, लहरुभन्दा छिटो पुग्ने पुगिन्थ्यो”, लहानु चौधरीले भन्नुभयो, “त्यस पछि मोटरसाइल हँुदै, हाल कार, जीप चढ्ने चलन चलेपछि लहरु हराए ।” गोरुले तान्ने छ दशकअघिको निकै लोकप्रिय साधन लहरु खोज्दा  पनि हाल नपाइने अवस्थामा पुगेको उहाँले बताउनुभयो । लहरु पूरै काठले बनाइएको हुन्थ्यो । 

स्थानीयस्तरमै पाइने काठ, डोरी, किला, चक्का राख्ने फलामको धुराको प्रयोग गरी स्थानीय सीप सिकेका व्यक्तिले सहजरुपमा लहरु बनाउने गर्दथे । काठको अभाव र लहरुको ठाउँ अन्य आधुनिक साधनले लिएपछि हराएको स्थानीय बूढापाकाको भनाइ रहेको छ । लहरुभन्दा ठूलो आकारमा बनाइनेसँगै कृषिजन्य सामग्री र काठ ओसार्नका लागि प्रयोग हुने बैलगाडाको प्रचलन परम्परागत रुपमा तराई क्षेत्रमा चल्दै आएको छ । मालवाहक साधनका रुपमा बैलगाडालाई लिइने गरिन्छ ।

  “परम्परागत रुपमा बनाइएको बैलगाडा पूरै काठबाट बनाइएको हुन्थ्यो”, नरेन्द्रप्रसाद चौधरीले भन्नुभयो, बदलिँदो परिवेशअनुसार हाल छिटो गुडाउन र गोरुले तान्न सजिलो हुने भएकाले बैलगाडामा रवरका टायर राख्ने गरिएको छ ।” उहाँका अनुसार बैलगाडा तान्नका लागि गोरु र राँगाको प्रयोग हुने गरेको छ ।

  “पहिला थारु समुदायका प्रत्येक घरमा बैलगाडा(लह्रया) हुन्थ्यो”, उहाँले भन्नुभयो, “त्यसको ठाउँ हाल पावरटिलर र ट्र्याक्टरले लिइसकेको छ, बैलगाडा हुनेले अनिवार्यरुपमा गोरु र राँगा पाल्नुपर्ने भएकाले घाँसको अभाव, चरन क्षेत्रको कमीले गर्दा किसान आधुनिक ढुवानीका साधनप्रति आकर्षित भएका छन् ।” केही किसानले अझै पनि कृषिजन्य सामग्री ओसार पसार गर्नका लागि पहिलाझै बैलगाडाको प्रयोग गर्दै आएका छन । बैलगाडाको प्रयोग गर्नेको सङ्ख्या भने नगन्य मात्रामा रहेको छ । कृषिका लागि खेत जोत्नेदेखि समान ओसार्नेसम्मको कार्य आधुनिक कृषि यन्त्र र उपकरणले गर्न थालेपछि बैलगाडा ओझेलमा परेका हुन ।

  बैलगाडा बनाउने सीप पुस्तौँदेखि हस्तन्तरण हुँदै आएको थियो । हाल बैलगाडानै हराउन थालेपछि बनाउने सीप सिकेका व्यक्तिले अन्य व्यवसाय र पेसा रोज्न बाध्य भएका छन् ।  पछिल्लो पुस्तालाई लहरु र लह्रया कस्तो थियो भनेर चित्र बनाएर देखाएर बताउनुपर्ने अवस्था सिर्जना भएको परदेशी चौधरीले बताउनुभयो ।

“परम्परागतकालदेखि लहरु र लह्रयाको चलन चल्दै आएको थियो उहाँले भन्नुभयो, “आधुनिक सवारी साधनले त्यसको प्रचलन हटायो, थारु समुदायको पहिचानका रुपमा रहेका यस्ता साधनको लोप हुनबाट जोगाउनका लागि स्थानीयस्तरबाट प्रयास हुन जरुरी छ ।” बैलगाडाका प्रयोगमा आएको कमीका कारण गोरु र राँगा पाल्ने कार्यमा कमी आएको छ । 


COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content