Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

भजनीका चार हजार बाढी पीडित घर फर्के पनि तीन हजार बढी अझैँ विस्थापित

टीकापुर। कैलालीको भजनीका बाढी पीडित एक सातापछि घर फर्कन थालेका छन् । डुबानमा परेका घरमा पानी सुक्दै गएपछि बाढीपीडित घर फर्कन थालेका हुन् । ...

टीकापुर। कैलालीको भजनीका बाढी पीडित एक सातापछि घर फर्कन थालेका छन् । डुबानमा परेका घरमा पानी सुक्दै गएपछि बाढीपीडित घर फर्कन थालेका हुन् । घर फर्केका नागरिक भत्केका घर मर्मत, घरभित्र जम्मा भएको हिलो सरसफाइ र बचेका अन्नपात र लत्ताकपडा सुकाउन थालेका छन् ।

भजनीमा सात हजार ९६ परिवार बाढीका कारण विस्थापित भएका थिए । चार हजार परिवार एक सातापछि घर फर्किएका छन् भने अझै तीन हजार बढी परिवार फर्कने वातावरण बनेको छैन । बाढीपछि पानी सुक्दै जाँदा नागरिक घर फर्कन थालेका हुन् । घर फर्कँदा अधिकांश पीडितको रुवाबासी चल्ने गरेको छ ।

भजनीका ध्वजबहादुर विश्वकर्माको परिवार एक साता हुलाकी सडकमा आश्रय लिएपछि शुक्रबार घर फर्किएको छ । शुक्रबार घर फर्केर घर सफाइमा जुटेका विश्वकर्माका परिवारलाई अब कसरी जीवन चलाउने भन्ने पिरले सताएको छ । उहाँको अन्नपात, लत्ताकपडा सबै नष्ट भएका छन् । विश्वकर्माको परिवार राहत पाए खाउँला भन्ने आशामा छ । “बाढीले सामान सडेर गन्हाउन थालेको छ । हामी सरसफाइमा जुटेका छौँ”, उहाँले भन्नुभयो, “सडकमा कति दिन बस्नु, चिउरा र चाउचाउले मात्र ज्यान कसरी धान्नु, स्थानीय सरकारले राहत दिन थालेको छ । त्यही खानुपर्ला ।”

भजनीकै धनबहादुर चौधरीको परिवार पनि घर फकिएको छ । उहाँको परिवार घर फर्कँदा घरका भित्ता भत्किएका, अन्न राख्ने (माटोका डेहरी) भाडा समेत फुटेका छन् । “अलिअलि बोकेर लगेको अन्न थियो, त्यही अन्न पकाएर खान थालेका छौँ”, धनबहादुरले जोड दिनुभयो, “सरकारले घरको उच्च जग बनाइदिएको भए हुन्थ्यो, नगद दिएको भए हामी आफैँ आवश्यक सामान किन्ने थियौँ ।”

वडा नं ८ का वडा सदस्य लल्तु डगौरा थारुको परिवारको पनि बाढीले बिचल्ली बनाएको छ । उहाँ पनि एक साता हुलाकी सडकमा बसेर घर फर्कनुभयो ।सरकारले बर्सेनि पीडा सहने यहाँका नागरिकका समस्या समाधान गर्नुपर्ने र तत्काल पीडितलाई अन्न र त्रिपालको व्यवस्था गरिदिनुपर्ने आवश्यकता रहेको उहाँको भनाइ थियो । “घर सफाइ गर्नसमेत समस्या छ । अधिकांशका घरमा काम गर्नसक्ने मानिस छैनन्”, वडा सदस्य डगौरा थारुले भन्नुभयो, “भत्केका घर मर्मत गर्नु छ, लितपोत गर्नु छ । जसका लागि लाग्ने खर्चको समेत अभाव छ । सरकारले यहाँका नागरिकलाई उच्च स्थानमा घरबास दिनुपर्छ ।”

नेपालीहरू चाडपर्व मनाउने तयारीमा छन् । चाडपर्वको तयारी गरिरहेका बेला आएको बाढीले भजनीका नागरिकलाई ठूलो पीडा दिएको छ । भजनीकै सन्दीप रावलले चाडपर्वका समयमा यहाँका नागरिकलाई राहत उपलब्ध गराउनुपर्ने, शिर लुकाउन त्रिपाल दिनुपर्नेमा जोड दिनुभयो । “राहत क्षणिक समयका लागि हो, हामीलाई उच्च स्थानमा बास, नभए उच्च भवन बनाइदिएको भए हुन्थ्यो”, उहाँले भन्नुभयो, “बर्सेनि नदी बस्तीमा पस्ने समस्या छ । नदीमा ड्याम तथा तटबन्ध बनाइदिएको भए हुन्थ्यो ।”

भजनी नगरपालिकाले बाढीपछिको क्षतिको विवरण लिन थालेको छ । नगरपालिकाले पीडितहरूको स्थानमै गएर लागत सङ्कलन गर्न थालेको हो । “मानिसको घरमा हेर्दा केही बचेको छैन । वडा नं ८ मा अनुगमन गर्दा यहाँ नागरिकको बिचल्ली छ । नागरिकको केही सम्पत्ति बचेको छैन”, नगर प्रमुख केवल चौधरीले भन्नुभयो, “मानिसका घर बगे, घरमा भएका सबै सामान बगेर नष्ट भए । धान खेती पनि नष्ट भएको छ । हेर्दा बेहाल छ, नागरिकको अवस्था हेर्दा साह्रै मन दुख्छ ।”

“अझै तीन हजार बढी परिवार घर फर्कने वातावरण बनेको छैन। हामीले राहत वितरणका कार्य गरिरहेका छौँ, हजारौँ पीडित परिवारलाई पालिका मात्रले सहयोग गर्नसक्ने अवस्था छैन”, उहाँले बताउनुभयो, “आपत्मा छौँ, सहयोगीलाई अपिल गरेका छौँ, सङ्घसंस्थाले सघाउन थालेका छन् ।”रासस


COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content