Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

समानुपातिकतर्फ ११ राजनीतिक दलले पेस गरे बन्दसूची

file photo काठमाडौँ ।प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचनतर्फ ११ राजनीतिक दलले बन्दसूची पेस गरेको छन् । निर्वाचन आयोगले सार्...
file photo

काठमाडौँ ।प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचनतर्फ ११ राजनीतिक दलले बन्दसूची पेस गरेको छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार प्रतिनिधिसभा सदस्यतर्फ नेपाल समावेशी पार्टी, तराई मधेस लोकतान्त्रिक पार्टी, राष्ट्रिय मुक्ति आन्दोलन नेपाल, राष्ट्रिय वाममोर्चा र बहुजन एकता पार्टीले बन्दसूची बुझाएको आयोगले जनाएको छ ।

यस्तै राष्ट्रिय नागरिक पार्टी, मङ्गोल नेशलन अर्गनाइजेशन, मितेरी पार्टी नेपाल, जनमत पार्टी, नेपालका लागि नेपाली पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी नेपालले बन्दसूची पेस गरेका छन् । प्रदेश १, बागमती र सुदूरपश्चिममा सात÷सात, मधेसमा छ, गण्डकीमा पाँच, लुम्बिनी र कर्णालीमा चार÷चार दलले बन्दसूची पेस गरेका छन् ।

प्रदेश १ मा किरात खुम्बुवान् पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, खुम्बुवान् राष्ट्रिय मोर्चा नेपाल, मङ्गोल नेशनल अर्गनाइजेशन, नेपाल मजदुर किसान पार्टी, जनमत पार्टी र नेपाल कम्युनिष्ट पार्टी, बागमती प्रदेशमा तामाङसालिङ लोकतान्त्रिक पार्टी, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय नागरिक पार्टी, मङ्गोल नेशनल अर्गनाइजेशन, राष्ट्रिय समाजवादी पार्टी नेपाल, नेपाल मजदुर किसान पार्टी र जनमत पार्टी तथा सुदूरपश्चिममा राष्ट्रिय जनमोर्चा, राष्ट्रिय मुक्ति पार्टी, राष्ट्रिय नागरिक पार्टी, मङ्गोल नेशनल अर्गनाइजेशन, मौलिक जिरोकिलो पार्टी, नेपाल मजदुर किसान पार्टी र जनमत पार्टीले बन्दसूची पेस गरेका छन् ।

यस्तै मधेसमा तराई मधेस लोकतान्त्रिक पार्टी, बहुजन एकता पार्टी, मङ्गोल नेशनल अर्गनाइजेशन, नेपाल सद्भावना पार्टी, नेपाल मजदुर किसान पार्टी र जनमत पार्टी, गण्डकी प्रदेशमा राष्ट्रिय जनमोर्चा, राष्ट्रिय जनमुक्ति पार्टी, नेपाल मजदुर किसान पार्टी, मङ्गोल नेशनल अर्गनाइजेशन र जनमत पार्टीले बन्दसूची पेस गरेका आयोगले जनाएको छ ।

लुम्बिनी प्रदेशमा राष्ट्रिय जनमोर्चा, मङ्गोल नेशनल अर्गनाइजेशन, नेपाल मजदुर किसान पार्टी र जनमत पार्टी, कर्णाली प्रदेशमा राष्ट्रिय जनमोर्चा, मङ्गोल अर्गनाइजेशन, नेपाल मजदुर किसान पार्टी र नेपालका लागि नेपाली पार्टीले बन्दसूची पेस गरेका छन् ।


COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content