Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

अलैँची विकास केन्द्रमै अकबरे खुर्सानीको बीउ उत्पादन

मङ्गलबारे।अलैँची विकास केन्द्र इलामले खुर्सानीका बिरुवा उत्पादन सुरु गरेको छ । नेपालको एकमात्र अलैँची विकास केन्द्रले अकबरे जातको खुर्सानीक...

मङ्गलबारे।अलैँची विकास केन्द्र इलामले खुर्सानीका बिरुवा उत्पादन सुरु गरेको छ । नेपालको एकमात्र अलैँची विकास केन्द्रले अकबरे जातको खुर्सानीको बीउ उत्पादन थालेको हो ।

इलाममा व्यावसायिक खेती हुने अकबरे खुर्सानीको बिरुवा माग बढेपछि बिरुवा उत्पादन सुरु गरिएको कार्यालयका सूचना अधिकारी दिलबहादुर श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार हाल डेढ रोपनी जमिनमा बिरुवा उत्पादन गरिँदै आएको छ । नेपालको इलामसहित पूर्वी भागमा व्यावसायिक खेती हुँदै आएको अकबरे खुर्सानी बिरुवाको माग अत्यधिक छ ।

माग बढेपछि केन्द्रले अलैँचीसहित खुर्सानीको पनि बीउ उत्पादन सुरु गरेको श्रेष्ठ बताउनुहुन्छ । केही समयअघि पूर्वी नेपालमा बढी उत्पादन हुने अकबरे हाल पश्चिमका जिल्लामा समेत उत्पादन हुन थालेको छ । किसानले गर्ने गरे पनि पहिलोपटक सरकारी निकायले पनि बीउ उत्पादन थालेको हो । व्यावसायिक खेतीका लागि अकबरे खुर्सानीको बिरुवा र बीउको माग धेरै भएकाले अलैँची विकास केन्द्रले उत्पादन गर्न थालेको जनाइएको छ ।

सूर्याेदय नगरपालिकामा स्थापना भएको अलैँची विकास केन्द्रले यसअघि अलैँचीका बिरुवामात्रै उत्पादन गर्दै आएको थियो । अलैँचीका बिरुवाको खरिद गर्ने स्थानीय तह र किसानले खुर्सानीको बीउसँगै बिरुवाको समेत माग गर्न थालेपछि केन्द्रको फार्ममा अहिले बीउ उत्पादन गर्न अकबरे खुर्सानी रोपण हुँदै आएको छ ।

यस वर्ष केन्द्रमा धनकुटाबाट दिउल ल्याएर उत्पादन सुरु गरिएको श्रेष्ठले बताउनुभयो । धनकुटाको खुर्सानी बढी पिरो हुने र ठाउँ परिवर्तन गरेर रोप्दा बढी फल्ने भएकाले पनि यसको उत्पादन गर्न लागिएको हो । हाल जिल्लाका स्थानीय तहसहित दोलखा, पाल्पा, रसुवा, रामेछापलगायत जिल्लाबाट खुर्सानीका बीउ र बिरुवाको माग आएको छ । पूर्वी नेपालमा व्यावसायिक खेती हुँदै आएको अकबरेको बिरुवा र बीउ मागअनुसार पूरा नभएकाले उत्पादन गर्न थालेको केन्द्रले जनाएको छ ।

खुर्सानी खानाका परिकारमा स्वादका लागि लिइने गरिन्छ । नेपालमा उत्पादन हुने चाउचाउमा समेत यसको माग बढेको छ । बाहिरी जिल्लामा मात्र होइन, नेपाल बाहिरसमेत यसको माग उत्तिकै छ । अन्तर्राष्ट्रिय बजारमा माग रहेकाले अकबरेको पूर्वी नेपालमा व्यावसायिकरुपमा खेती हँुदै आएको छ । पाकेको अकबरे नेपाली बजारमा प्रतिकिलो रु दुई सयदेखि रु तीन सयमा बिक्री हुँदै आएको छ । खुर्सानी नेपालमा भ्रमणमा आउने पर्यटक तथा नेपालबाट विदेश जानेले आफन्तका लागि लैजाने गरेका छन् । भारतको सिलीगुढी, दार्जिलिङ र पश्चिम बङ्गालका अन्य बजारमा यहाँको अकबरे बढी मात्रामा निर्यात हुन्छ ।

केन्द्रले बिरुवाभन्दा पनि बीउ अर्थात् दिउल नै उत्पादन गर्न थालेको सूचना अधिकारी श्रेष्ठ बताउनुहुन्छ । निजी क्षेत्रबाट अकबरेको बीउ दिउल प्रतिकिलो रु ३० हजारमा बिक्री भएको उहाँले बताउनुभयो । केन्द्रले प्रतिकिलो करिब रु २० हजारमा सुक्खा खुर्सानीको दिउल खरिद बिक्री गर्न सक्ने जनाएको छ । सिजनमा खुर्सानी हरियो वा पाकेको भए पनि रातो नै बढी स्वादिष्ट हुने गरेको छ । बिना सिजनमा बफ्याएर समेत राख्न सकिन्छ । खुर्सानीलाई नुनमा समेत राख्न सकिन्छ । नुनमा राखेको खुर्सानी करिब दुई वर्षसम्म ताजाजस्तै हुने गरेको छ । बढीजसो चिसोमा खुर्सानी बढी खाने गरिन्छ ।रासस


COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content