
काठमाडौँ । रेडियो प्रसार सेवा विकास समिति (रेडियो नेपाल)का संचालक समिति सदस्य महेश भट्टराई वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको महानिर्देशकमा नियुक्त हुनुभएको छ ।
अर्थ मातहतबाट उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा गत हप्ता सरुवा हुनुभएका सहसचिव भट्टराईलाई सरकारले वाणिज्य विभागको जिम्मेवारी दिएको हो ।
भट्टराईलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडुले मन्त्रीस्तरीय निर्णय गर्नुहुँदै महानिर्देशको जिम्मेवारी दिनुभएको हो ।
यसअघि उहाँ भन्सार विभागमा कार्यरत हुनुहुन्थ्यो । भन्सार विभागमा आउनुअघि उहाँले विभाग मातहतकै एयरपोर्ट भन्सार प्रमुखको जिम्मेवारी समाल्नु भएको थियो ।
विमानस्थल भन्सारमा १० महिना काम गर्नुभएका उहाँले झिटीगुन्टाको सुन दुरुपयोग रोक्न नतिजामुखी काम गर्नुभएको थियो ।
प्रतिक्रिया