Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

सुपथ मूल्य पसलले उपभोक्तालाई राहत

कर्णाली। दैनिक उपभोग्य वस्तुको मूल्य आकासिएका बेला खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सुपथ मूल्य पसल सञ्चालनमा ल्याएपछि उपभोक्ताले...

कर्णाली। दैनिक उपभोग्य वस्तुको मूल्य आकासिएका बेला खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सुपथ मूल्य पसल सञ्चालनमा ल्याएपछि उपभोक्ताले राहत महसुस गरेका छन् । बजारमा भन्दा सस्तो मूल्यमा खाद्य सामग्री पाउन थालेपछि त्यस्ता पसलमा उपभोक्ताको भीड लाग्न थालेको छ ।

सरकारी स्वामित्वको कम्पनीले बिक्री गर्ने खाद्यवस्तु सस्तो र गुणस्तरीय हुनाका साथै अनलाइन ढुवानीको सुविधा हुँदा उपभोक्ताको आकर्षण यसतर्फ बढेको हो । कम्पनीको वीरेन्द्रनगर–६ स्थित प्रादेशिक गोदाम परिसरमा सुपथ मूल्य पसल सञ्चालित छ । शुक्रबार सुपथ मूल्य पसलमा भेटिनुभएका वीरेन्द्रनगर–३ का रामबहादुर शाहीले बजारभन्दा सस्तोमा पाइने हुँदा आफ्नो टोलका सबै चामल लिन आएको बताउनुभयो । उहाँले भन्नुभयो, “एक बोरा चामलमै रु सात सय सस्तो पर्नु धेरै सहुलियत हो, बरु सरकारले यस्तो पसल सधैँ सञ्चालन गरिदिए हुन्थ्यो ।” वीरेन्द्रनगर–१२ की हीरा परियार पनि चामल लिन दुईपटक सुपथ मूल्य पसल आउनुभयो । “पहिला एक बोरामात्र लिएर गएँ, खाँदा स्वाद ठिकै लागेपछि फेरी चामल किन्न आएकी हुँ”, उहाँले भन्नुभयो, “स्वादिष्ट र सस्तो भएपछि किन बजारको महँगो किन्नु, दुई–चार महिना पुग्ने चामल आजै लैजाने सोच बनाएकी छु ।”

उपभोक्ताको भीड बढेपछि कम्पनीले बिल काट्ने निश्चित समय निर्धारण गरेको छ । कम्पनीका प्रादेशिक कार्यालय प्रमुख माधव मिश्रले दिउँसो १ बजेसम्म बिल काट्ने समय निर्धारण गरिएको बताउनुभयो । एकपटक एक ग्राहकलाई बढीमा एक क्विन्टल चालम बितरण गरिएको छ । “यहाँ बजारमा जस्तो मूल्य र नापतौलमा ग्राहक ठगिने अवस्था हुँदैन, दैनिक औसत २०० क्विन्टल चामल बिक्री भइरहेको छ,” उहाँले भन्नुभयो, “ग्राहकको भीड बढेका कारण हामीलाई व्यवस्थापन गर्नै हम्मेहम्मे परेको छ ।” न्यून आय भएका सर्वसाधारण बढी आएको र उनीहरुले निकै राहत महसुस गरेको कम्पनीका प्रमुख मिश्रको भनाइ थियो । सुपथ मूल्य पसल आगामी कात्तिक १५ गतेसम्म सञ्चालन हुनेछन् । पसलमा अरुवा मोटो चामल, सोना मनसुली चामल, स्टिम जिरा मसिनो चामल, बास्मती चामल, अरहर, मास, मसुरोको दाल बिक्रीका लागि राखिएको छ ।

उक्त कम्पनीले असोज १ गतेदेखि कर्णालीका सल्यानबाहेक नौ जिल्लामा चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो । सल्यान खाद्यान्नमा आत्मनिर्भर भएकाले त्यहाँ कम्पनीको कार्यालय छैन । सुर्खेत, दैलेख, जाजरकोट, रुकुम पश्चिम, कालीकोट, जुम्ला, हुम्ला, डोल्पा र मुगु जिल्लाका डिपोमा यस्ता पसल सञ्चालनमा छन् । कम्पनीको सुर्खेतस्थित प्रादेशिक कार्यालयका अनुसार चार हजार सात सय प्रतिक्विन्टल मूल्य रहेको अरुवा मोटो चामलमा रु सात सय छुट, प्रतिक्विन्टल पाँच हजार रहेको जिरा मसिनो चामलमा रु सात सय, प्रतिक्विन्टल छ हजार रहेको स्टिम जिरा मसिनो सात सय र प्रतिक्विन्टल १० हजार पाँच सय पर्ने बास्मती चामलमा रु सात सय छुट दिइएको छ । त्यस्तै अरहर, मास र मसुरोको दालमा पनि प्रतिकेजी रु सात छुट दिइएको छ । कम्पनीले अनलाइन अर्डर गर्ने ग्राहकलाई घरमै डेलिभरीको व्यवस्था पनि मिलाएको छ ।

उक्त कार्यालयको अन्य जिल्लाका सहुलियत मूल्य पसलमा पनि उपभोक्ताको आर्कषण बढेको जनाएको छ । मुगु, डोल्पा, जुम्ला, दैलेख र कालीकोटमा सुर्खेतबाट थप चालम पठाइएको छ । “त्यहाँ मौज्दात चामल सकिन थालेपछि थप पठाइएको छ”, प्रमुख मिश्रले भन्नुभयो, “गोदाममा चामलको अभाव हुन नदिन ढुवानीकर्तालाई निरन्तर ताकेता गरिरहेका छौँ, ढुवानीको वैकल्पिक व्यवस्था पनि मिलाइएको छ ।”


COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content