Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

सरकारले पर्यटन क्षेत्रलाई सधैँ महत्व दिएको छ : सचिव अधिकारी

काठमाडौँ ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयका सचिव सुरेश अधिकारीले सरकारले पर्यटन क्षेत्रलाई सधँै महत्व दिएको बताउनुभएको छ । पद...

काठमाडौँ ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयका सचिव सुरेश अधिकारीले सरकारले पर्यटन क्षेत्रलाई सधँै महत्व दिएको बताउनुभएको छ । पदयात्रा पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सीज् एशोसिएन अफ नेपाल (टान)को ४४ औँ वार्षिक साधारण सभाबाट निर्वाचित कार्यसमितिको शपथ ग्रहण तथा पदभार हस्तान्तरण कार्यक्रममा बोल्दै उहाँले निजी क्षेत्रसँगको सहकार्य र सहभागिता बिना पर्यटन क्षेत्रको विकास हुन नसक्ने बताउनुभएको हो ।

“कोरोना महामारीबाट थलिएको नेपालको पर्यटन क्षेत्रलाई पुनःउत्थान गर्नका लागि पर्यटन मन्त्रालयले ७३ बुँदे कार्ययोजना अगाडि सारेको छ, उक्त कार्ययोजनाको कार्यान्वयन गर्नका लागि निजी क्षेत्रको महत्वपूर्ण योगदान आवश्यक रहन्छ”, उहाँले भन्नुभयो ।

सचिव अधिकारीले पर्यटन क्षेत्रको विकासका लागि व्यापक पूर्वाधार विकासको आवश्यकता रहेको औँल्याउनुभयो । व्यवसायीसँगको छलफलमा पर्यटन मन्त्रालयले सन् २०२३ देखि २०३३ सम्मलाई भ्रमण दशक मनाउने योजना अगाडि सारेको उहाँले उल्लेख गर्नुभयो । पर्वतीय पर्यटन क्षेत्रमा देखिएका समस्या समाधानका लागि मन्त्रालय टानसँग सहकार्य गर्न तयार रहेको उहाँको भनाइ थियो ।

नेपाल पर्यटन वोर्डका उपाध्यक्ष चन्द्रप्रसाद रिजालले पर्यटन क्षेत्रमा देखिएका समस्या समाधान गर्न सबै एकजुट भएर अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो । नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष निमा नुरु शेर्पाले पर्यटन क्षेत्रको पुनःउत्थान गर्नका लागि निजी क्षेत्र र सरकारबीच सहकार्य हुनुपर्ने धारणा राख्नुभयो ।
टानका निवर्तमान अध्यक्ष खुमबहादुर सुवेदीले भन्नुभयो, “कोरोनाबाट थलिएको पर्यटन क्षेत्रलाई पुनःउत्थान गर्दै बढीभन्दा बढी पर्यटक भित्र्याउका लागि व्यवसायी एकताबद्ध भएर लागौँ ।”

टानका नवनिर्वाचित अध्यक्ष नीलहरि बाँस्तोला, महासचिव बाबु सापकोटा, कोषाध्यक्ष पुरुषोत्तम तिमल्सिनाले आम मतदाताले दिएको भोट र विश्वासलाई आफूहरुले गुम्न नदिने बताउनुभयो । उहाँहरुले निर्वाचनमा पराजित साथीहरुको एजेन्डालाई समेत समावेश गरेर आफूहरु अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।


COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content