Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

बाराको अादर्शकोतवाल गाउँपालिकामा भ्रष्टाचार तथा अनियमिततामा नाम मुछ्ने प्रमुख प्रशासकीय अधिकृत प्रमोद प्रसाद साहको चर्तिकला सार्वजनिक ,पटेर्वामा नाला तथा सडकमै लाखौंको अनियमितता तथा सरकारी गाडीको गर्न थाले चरम दुरुपयोग

 अजय यादव वियोगी  कलैया ,बारा । "बाराको अादर्शकोतवाल गाउँपालिकामा भ्रष्टाचार तथा अनियमिततामा नाम मुछ्ने प्रमुख प्रशासकीय अधिकृत प्रमोद ...

 अजय यादव वियोगी 

कलैया ,बारा ।

"बाराको अादर्शकोतवाल गाउँपालिकामा भ्रष्टाचार तथा अनियमिततामा नाम मुछ्ने प्रमुख प्रशासकीय अधिकृत प्रमोद प्रसाद साहको चर्तिकला सार्वजनिक ,पटेर्वामा नाला तथा सडकमै लाखौंको अनियमितता तथा सरकारी गाडीको  गर्न थाले चरम दुरुपयोग " 






बारामा अहिले जे गरे नि छुट छ ।देख्ने निकाय नै मौन छ ।त्यसमा पनि जनप्रतिनिधिहरु अाएका छन् ।भ्रष्टाचार खोल्ने भन्दा संरक्षण गर्दे हिडेका छन् ।कमिसनकै लोभमा ,काम जस्तोसुकै भए कमिसन अाउनुपर्ने र अाफ्नै व्यक्तिगत स्वार्थ पूरा हुनुपर्ने काममा जुटिरहेको छन् ।बारामा यस्तै भईरहेको छ ।तर बेग्लाबेग्लै ढंगले पालिकाहरु सञ्चालन भईरहेको छ ।बाराको १६ पालिका मध्ये भ्रष्टाचारको अखडाका केन्द्र अादर्श कोतवाल गाउँपालिका बन्दै गएका छन् ।अादर्श कोतवाल गाउँपालिकामा एक पछि एक भ्रष्टाचार तथा अनियमितताका घटनाहरु बाहिर अाउन थालेका छन् ।बाराको अादर्श कोतवाल गाउँपालिका वडा नम्बर -६ पटेर्वामा नाला र सडकका नाममा लाखौं रकम अनियमितता गरि मनपरि ढंगले नाला बनाएको सार्वजनिक भएको छ।स्थानीयबासीलाई सास्ती हुने गरि नाला देखि सडकको काम भएको छ ।तर निजी ईन्जिनियरले सबै पास गरिदिएको स्थानीयबासीहरुले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो ।भ्रष्टाचार तथा अनियमिततामा नाम मुछ्दै अाएका प्रमुख प्रशासकीय अधिकृत प्रमोद प्रसाद साहले लाखौं कमाएका कारण हुँदै नभएको काम मुल्यांकन गराएको खुलेको छ ।पटेर्वामा कति लाखको नाला र सडक बनेको हो भने भ्रष्टाचार तथा अनियमिततामा नाम मुछ्दै गरेका साहले अाफुलाई केही जानकारी नभएको श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो ।पटेर्वा मात्र नमुना गाउँ हो ।टेढाकट्टी ,रुपौलिया ,जमुनिया ,चिउटाहा कोईलिडिह लगायतका गाउँमा पनि यस्तै लाखौंको काम नै गराई कागजमै रकम निकालेको पनि हालै सार्वजनिक भएको छ ।अाषाढमा टेढाकटीमा चार टिपर खसाई १० लाख र हरनिया चौकमा पनि ४ टेलर गिटी गिराई ६ लाखको चेक काटेपछि स्थानीयबासीले विरोध गरेका थिए ।तर भ्रष्टाचार तथा अनियमिततामा नाम मुछने गरेका  प्रमुख प्रशासकीय अधिकृत प्रमोद प्रसाद साहदे विवादैका बिच लेखापाल सुबोध कुशवाहासँग मिली रकम निकालेको पनि खुलेको छ




।प्रमुख प्रशासकीय अधिकृत साह यसपालिको अाषाढको अन्तिममा सयौं यस्ता फर्जी कामको बिल बनाई  रकम निकालेको समेत जनप्रतिनिधिहरुले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो ।हामीले जानकारी नै नदिई रकम स्वाहा बनाएको एक जनप्रतिनिधिले भने भ्रष्टाचार तथा अनियमिततामा नाम के मुछनु नि जाँच गर्दा सोझै स्पष्ट समेत पनि वहाँले बताउनुभयो ।करोडौंको योजना सञ्चालनमा रहेकाबाट सिधै कमिसन लिएको समेत स्थानीयबासीले थाहा भएपछि केही दिन काम समेत रोकेको खुलेको हो ।अादर्श कोतवाल गाउँपालिकामा अहिले योजना शाखाका प्रमुख बलराम प्रसाद यादव ,प्रशासन शाखाका सुनिलविक्रम थापा ,लेखा अधिकृत सुबोध कुशवाहा करारका ईन्जिनियरद्वय लक्ष्मण रजक र अजित पटेलको डिजाईन र ईशारामा काम नै नभएको नाला र सडकको रकम निकास गर्ने गरेको तथ्य सार्वजनिक भएको छ ।स्थायी ईन्जिनियर प्रविण ठाकुरलाई वाईपास गरि भ्रष्टाचार तथा अनियमिततामा नाम मुछ्ने गरेका प्रमुख प्रशासकीय अधिकृत प्रमोद प्रसाद साहले कानुनी खिल्ली उडाएका छन् ।स्थायी ईन्जिनियर ठाकुरसँग केही काम नगराई सोझै बिचौलियाका रुपमा राखेका करारका ईन्जिनियरद्वय रजक र पटेलबाट पास गराउने गरेको थप अांशका उत्पन्न भएको पटेर्वाका स्थानीयबासी सोनालाल साहले बताउनुभयो।कर्मचारीहरु डराउदैन भनेको किन हो भन्दा करारका कर्मचारी अहिले प्रमुख प्रशासकीय अधिकृतको दुत पो भएको स्थानीयबासी साहले बताउनुभयो।यता गाउँपालिकाको कार्यालयमा योजना शाखाकै कर्मचारी बलराम प्रसाद यादवले योजनाको सबै फाईल डिलिट भएको बताउनुभयो ।भ्रष्टाचार तथा अनियमिततामा नाम मुछने गरेको प्रमुख प्रशासकीय अधिकृत साहले डरले कुनै योजना सार्वजनिक गर्ने हिम्मत गरेका छैनन् ,अादर्श कोतवालका अधिकाँशले योजनाको बारेमा चाँसो लिदाँ अालटाल समेत गर्ने गरेको स्थानीय समाजसेविहरुले बताएका छन्।स्थायी ईन्जिनियरबाट काम नगराई करारबाट स्वीकृत गराउने प्रमुख प्रशासकीय अधिकृत साहको चर्तीकला सार्वजनिक भएको हो।करोडौं कमाएका अनि सरकारी गाडीको चरम दुरुपयोग गर्न थालेका छन् ।अनियमितता तथा भ्रष्टाचारमा नाम मुछने गरेका प्रमुख प्रशासकीय अधिकृत प्रमोद प्रसाद साहले अादर्श कोतवाल गाउँँपालिकाको ना १ झ १६१७ नम्बर गाडी चरम दुरुपयोग गरेको समेत खुलेको छ ।बाराको कलैयाबाट अादर्श कोतवाल मात्र नभई अाफ्नै घर सर्लाही बरहथवा बारम्बार जाने गरेको समेत जाने गरेको जानकारहरुले बताएका छन् ।त्यति मात्र नभई काठमाडौं समेत अाफ्नै निजी कामकै सिलसिलामा जाने गरेका छन्।केही वडालाई खुश राख्न बिना टेण्डरकै कार्यालय सारी वडाध्यक्षको घरमा राखेको पनि अादर्श कोतवालमा चर्चाका बिषय बनेका छन् ।वडा नम्बर -८ मा नहर पारी भन्दा वडाध्यक्षकै घरमा वडा कार्यालय दिई वडाध्यक्षलाई खुश तुल्याएको कानुन धज्जी उडाएका प्रमुख प्रशासकीय अधिकृतले कुनै पत्रकारले मेरो बारेमा समाचार प्रकाशन तथा प्रसारण नगरोस् भनेर नेपाल पत्रकार महाशाखा बारा शाखालाई ३ थान कम्प्युटर पुर्व गाउँपालिका अध्यक्षको कार्यकाल सकिन लागिदा दिएको समेत अादर्श कोतवालका एक जानकारले बताएका छन्।भ्रष्टाचार तथा अनियमिततामा सधैं नाम मुछने र अकुत सम्पत्ति कमाएका ,जागिर भएपछि करोडौंको घरजग्गा जोडेका ,सार्वजनिक सम्पत्तिको चरम दुरुपयोग गरिरहेका प्रमुख प्रशासकीय अधिकृत प्रमोद प्रसाद साहले पत्रकारले केही गर्न नसक्ने बताउनुभयो।विगत पहिलाको गाउँपालिका अध्यक्ष मुस्तुफा अंसारीको ईशारामा गाउँपालिका चलाएका सर्लाहीका भ्रष्टाचार गर्नमा धुर्त अहिले गाउँपालिका अध्यक्ष जवाहर प्रसाद साहको पालामा नै तहल्का मचाएका छन्।केही राजनीति गर्ने जमातलाई कार्यालय सहयोगी बनाई अाफ्नो संरक्षण गराउन लागेको समेत क्षेत्रका जानकार दिनेश कुशवाहाले बताउनुभयो।अादर्शकोतवाल गाउँपालिका भ्रष्टाचारको अाखडा बनेपनि अहिलेका



जनप्रतिनिधिहरुले बोल्न सकेका छैन ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content