
बेइजिङ। चीनका राष्ट्रपति सी चिनफिङले चिनियाँ संस्कृतिप्रतिको प्रेमभावलाई चीन र विश्वका अन्य देशहरूबीच आदानप्रदान र सञ्चारलाई बढावा दिन विदेशी भाषामा प्रकाशित हुने चिनियाँ सञ्चारमाध्यमलाई सीले आग्रह गर्नुभएको छ ।
मानवताको साझा भविष्यसहितको समुदाय निर्माण गर्न थप योगदान गर्न विदेशी भाषाका सञ्चारविद्हरूलाई प्रोत्साहित गर्न उहाँले आग्रह गर्नुभएको हो ।
चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) केन्द्रीय समितिका महासचिव तथा केन्द्रीय सैन्य आयोगका अध्यक्षसमेत रहनुभएका सीले ती विदेशी विज्ञलाई जवाफ दिँदै उक्त टिप्पणी गर्नुभएको हो ।
सीले विदेशी भाषा प्रकाशन गृहको ७०औँ स्थापना दिवसका अवसरमा सम्पूर्ण सदस्यलाई शुभकामना व्यक्त गर्नुभएको छ । विभिन्न देश र सांस्कृतिक पृष्ठभूमिबाट आएका विज्ञहरूले चीन र चिनियाँ संस्कृतिप्रतिको प्रेमलाई आदानप्रदान गरी चीनलाई फरक तरिकाले विश्वसामु चिनाएको भन्दै यस कार्यका लागि चीन कृतज्ञ रहेको शुभकामना पत्रमा उहाँले बताउनुभएको छ ।
विदेशी पाठकलाई सेवा पु¥याउने देशको अनुवाद र प्रकाशनकार्यमा महत्वपूर्ण योगदान पु¥याएकोमा चीन सबैप्रति आधारी रहेको उहाँले बताउनुभयो ।
सही र अर्थपूर्ण अनुवादले विश्वलाई नयाँ युगमा चीनलाई अझ राम्रोसँग बुझ्न र चिनियाँ र विदेशी सभ्यताबीच आदानप्रदान र पारस्परिक शिक्षालाई बढावा दिन आफूले महत्वपूर्ण भूमिका खेल्ने उहाँले बताउनुभयो ।
उनले विदेशी विज्ञहरूलाई चीनका कथाहरूलाई उत्कृष्ट अनुवादका साथ सुनाउन आफ्नो शक्तिलाई एकत्रित गर्न आग्रह गर्नुभयो ।
सन् १९५२ मा स्थापना भएको विदेशी भाषा प्रकाशन गृह सन् १९४९ मा जनवादी गणतन्त्र चीनको स्थापनापछि विदेशी भाषामा प्रकाशन गर्ने पहिलो संस्था थियो । यसले ४० भन्दा बढी भाषाहरूमा ३० हजार भन्दा बढी प्रकाशनहरूको अनुवाद र प्रकाशन गरेको छ, जसको विश्वव्यापी वितरण ४० करोड भन्दा बढी प्रतिहरू छन् ।
प्रकाशन गृहका पाँच जना विदेशी भाषा विज्ञले हालै सीलाई पत्र लेख्दै ‘सी जिनपिङः द गभर्नेन्स अफ चाइना’ जस्ता पुस्तकको अनुवाद र प्रकाशनमा आफ्नो अनुभवबारे जानकारी दिँदै अन्तर्राष्ट्रिय पाठकलाई चीन बुझ्न मद्दत गर्ने काममा संलग्न हुन पाएकोमा गर्व व्यक्त गरेका छन् ।सिन्ह्वा
प्रतिक्रिया