सल्यान।सल्यानमा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । जिल्लाको कालीमाटी गाउँपालिका १ चुरीकोइराबाट सोही वडाको लक्ष्मीपुर टोटाबाज जाँदै गरेको रा १ ह २२१९ नम्बरको अटो सोमबार साँझ शारदा नगरपालिका १० नयाँ गाउँ नजिकै दुर्घटना भएको हो ।
दुर्घटनामा परी कालीमाटी गाउँपालिका १ लक्ष्मीपुरकी अन्दाजी ३० वर्षीया धनी पुन र अन्दाजी ७० वर्षीया कमला पुन रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । दुवै जनाको सल्यान जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिनुभयो ।
यस्तै दुर्घटनामा परी लक्ष्मीपुरकी अन्दाजी ३० वर्षीया अमृता बपाल, उनको २ वर्षको छोरा अविषेकक बपाल २० वर्षीया अस्मिता पुन उनको ३ वर्षीय छोरा सुशान्त पुन, र अटो चालक १८ वर्षीय धनिराम बुढाथोकी रहेका छन् । घाइते सबैको सल्यान जिल्ला अस्पतालमा उपचार भइरहेको र सबैको अवस्था मध्यम रहेको खनालको भनाई छ ।
अटो अनियन्त्रित भई सडकबाट करिब एक सय मिटर तल खसेको छ ।
प्रतिक्रिया