Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

तस्करहरुलाई ग्रिन सिग्नल

वीरगंज । पर्सा जिल्लाको पश्चिम भेगको ग्रामिण नाका बुढगाईबाट अहिले दुबै सुरक्षाकर्मीकै मिलोमतोमा तस्करी पुन सुचारु भएको छ । प्रहरी चौकी बुढगा...

वीरगंज । पर्सा जिल्लाको पश्चिम भेगको ग्रामिण नाका बुढगाईबाट अहिले दुबै सुरक्षाकर्मीकै मिलोमतोमा तस्करी पुन सुचारु भएको छ ।

प्रहरी चौकी बुढगाई र शसस्त्र प्रहरी बोर्डर आउट पोस्ट बन्जारी बेस क्याम्पका प्रहरी अधिकृतहरुले ग्रिन सिग्नल दिएपछि तस्करी कार्य सुचारु भएको हो ।

तस्करहरुले बुढगाई नाका भएर चाइनिज स्याउ , मटर, मरिच, केराउ, छोकडा, पेस्ट, सौन्र्दय सामाग्रीको भारततर्फ तस्करी गर्दै आईरहेका छन ।

तस्करहरुले ट्रेेकटर , पिकअप र एक दर्जन भन्दा बढि महिला तथा पुरुषहरुलाई प्रयोग गरेर चाइनिज स्याउ , मटर, मरिच, र छोहडा, नेपालमा बनेको फेयर एण्ड लबली, पेस्ट लगायतका सामान दुबै प्रहरीको अगाडी बाट नै प्रहरीको मिलोमतोमा भारतको सिक्टा बजार सम्म पुरयाउने गरेका छन ।

त्यसैगरी तस्करहरुले भारतको सिमावर्ती सहर सिक्टा बजारबाट खरिद गरेका शर्टिङ सुर्टिङको कपडा, कुर्ता सुरुवाल, भाडा कुडा, हार्डवेयरको पार्ट पुर्जा, ईलेक्ट्रोनिक्स पार्ट पुर्जा, खाद्दान्य लगायतका माल सामानहरु सिमामा खटेका प्रहरीलाई आर्थिक प्रलोभनमा पारी सहज रुपले नेपालतर्फ भित्रियाउने गरेका छन ।

सिक्टा भिस्वा बजार क्षेत्रका एक दर्जन व्यापारीहरुले बुढगाई नाकाबाट अवैध ओसार पोसार गर्नको लागी प्रहरी चौकी बुढगाईका असइ श्री प्रसाद यादव र सशस्त्र प्रहरी बन्जारी बेस क्याम्पका प्रहरी निरिक्षक सुनिल कुमार दासलाई लाखौको महिनावारी बुझाएपछि तस्करीको लाईन पुर्ण रुपले खोलिएको हो ।

त्यसैगरी बुढगाइ चौकीका असइ श्री प्रसाद यादव र सशस्त्र प्रहरी बन्जारी बेस क्याम्पका प्रहरी निरिक्षक सुनिल कुमार दासले गेहुको ओसार पसार गर्ने तस्करहरु संग पनि, प्रति ट्रेक्टर एक हजारका दरले लिने गरी लाईन दिएको एक तस्करले बताए ।

बुढगाईको नाका हुदै रातीको समयमा गेहुको एक दर्जन भन्दा बढि ट्रेक्टर दैनिक नेपालतर्फ भित्रीयाउने गरेको स्थानियले बताएका छन ।

बुढगाई नाकाबाट तस्करी उदेश्यले नेपालमा भित्रीयाउन लागेको गेहु लोडेड टेलारी दसगाजा क्षेत्रबाट एसएसबीले नियन्त्रणमा लिएपछी तस्करी भईरहेको प्रमाणित भएको छ ।

सिमामा सशस्त्र प्रहरी र नेपाल प्रहरीको चेकपोस्ट हुदापनि तस्करहरुले सहज रुपमा अवैध मालसमान चोरी पैठारी गरीरहेको पाईएको छ ।

बोर्डर नाकामा खटेका प्रहरीहरुले तस्कहरुको आर्थिक प्रलोभनमा परि देशको राजश्व चुहावट गर्नेहरु संग साठगाठ गरी आफनो संगठनको मर्यादा विपरित कार्य गर्ने यस्ता प्रहरीहरुलाई आवश्यक कार्यवाही गर्न जरुरी देखीएको छ ।

मधेश प्रदेश प्रहरीको ईन्चार्ज नेपाल प्रहरीका प्रहरी नायब महानिरिक्षक डिआईजी मसाउद अलि खा र सशस्त्र प्रहरीका डिआईजी गणेश ठाडा मगरले पर्सा जिल्लाको सिमावर्ती नाकाहरुबाट हुने गरेको चोरी तस्करी अवैध गतिबिधि नियन्त्रण गर्ने बताए पनि उनकै मातहत रहेका चौकी र शसस्त्र बेस क्याम्पका ईन्पेक्टरहरुले सेटिङमै नाकाबाट व्यापक तस्करी गराईरहेकोले यस तर्फ पनि ध्यान दिन अति आवश्यक देखिएको छ ।

 width=Virus-free.www.avast.com

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content