Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

साहित्य, सङ्गीत र कलाबिना मुलुक पूर्ण हुन सक्दैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले साहित्य, सङ्गीत, कला मुलुकको अमूल्य गहना भएको बताउनुभएको छ । शनिबार पूर्वराजदूत प्रतिभा राणाको ...

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले साहित्य, सङ्गीत, कला मुलुकको अमूल्य गहना भएको बताउनुभएको छ ।

शनिबार पूर्वराजदूत प्रतिभा राणाको नेपाली कविता सङ्ग्रह ‘गहिराइ’ र अङ्ग्रेजी कृति ‘कर्टेन अफ माया’ को विमोचन समरोहमा प्रधानमन्त्री देउवाले साहित्य, सङ्गीत र कलाबिना समाज र देश पूर्ण हुन नसक्ने बताउनुभयो ।

त्यसैले ती क्षेत्रको विकासका लागि विभिन्न प्रतिष्ठान स्थापना गरी सरकारले विभिन्न कामहरु अघि बढाएको उहाँले जानकारी दिनुभयो । प्रधानमन्त्री देउवाले नेपाली भाषा, साहित्य, वाङ्मय हिजोको तुलनामा समृद्ध हुँदै गएको स्मरण गर्नुभयो ।

“कथा, कविता, उपन्यास, नियात्रा, समालोचनालगायत सबै विधामा नेपाली भाषाका उत्कृष्ट सिर्जना हुन थालको छ”, प्रधानमन्त्री देउवाले भन्नुभयो, “नेपाली साहित्यलाई थप परिस्कृत र परिमार्जित गर्दै विश्व साहित्यसँग प्रतिस्पर्धा गर्नसक्ने बनाउनु आवश्यक छ ।”

उहाँले नेपाली साहित्यको विकासमा लाग्न साहित्यकारलाई आग्रह पनि गर्नुभयो । त्यसका लागि सरकारले आवश्यक सहयोग गर्ने विश्वास पनि दिलाउनुभयो ।

असल साहित्यले मानिसलाई भित्रबाटै अभिप्रेरित गर्ने, मानिसको सोचाइलाई फराकिलो र जीवनलाई अर्थपूर्ण बनाउन सहयोग पु¥याउने उहाँले उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री देउवाले मुलुकमा पुरुष साहित्यकारको वर्चस्व रहेको सन्दर्भमा महिला साहित्यकारको उपस्थिति बढ्दै गएकोमा खुसी व्यक्त गनुृभयो । उहाँले नेपाली साहित्यले गहिराइ समेट्न थालेकोमा प्रशंसा पनि गर्नुभयो ।

उहाँले राजनीतिक र सामाजिक व्यक्तित्वका रूपमा परिचित लेखक प्रतिभा राणा कुशल साहित्यकार रहेको कुरा आज मात्रै जानकारी प्राप्त भएको बताउनुभयो ।

समारोहमा समालोचक प्रा डा ज्ञानु पाण्डे र समालोचक राम लोहनीले कृतिको बारेमा टिप्पणी गर्नुभएको थियो । साहित्यकार पाण्डेले काव्य संवेदनशील भएको भन्दै राणाले साहित्य लेखन किन ढिलाइ गर्नुभएको भनी प्रश्न गर्नुभयो ।

लेखक राणाले यी दुई कृति आफूले २१ वर्षको उमेरदेखि लेखेको कविताको सङ्गालो भएको बताउनुभयो । यस कृतिमा मानवीय जीवनका प्रेम, गाथा, प्राकृतिक सौन्दर्य, ईश्वरीय देनलगायतका विविध विषय समावेश भएको उहाँले बताउनुभयो ।


COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content