Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

कम्प्युटर सर्भरको नाममा ढाँटेर स्टोरेज डिभाइस भित्र्याइँदै, ३ करोडको कर छली 

काठमाडौं । कम्प्युटर हार्ड डिस्क तथा हार्ड ड्राइभ जस्ता उपकरण आयात गर्दा सरकारी नियम छलेको पाइएको छ । पैठारीकर्ताले विभिन्न प्रकारका स्टोरेज...

काठमाडौं । कम्प्युटर हार्ड डिस्क तथा हार्ड ड्राइभ जस्ता उपकरण आयात गर्दा सरकारी नियम छलेको पाइएको छ । पैठारीकर्ताले विभिन्न प्रकारका स्टोरेज डिभाइस आयात गर्दा कम्प्युटर सर्भर तथा नेटवर्क सर्भर उल्लेख गरी कर छली भएको महालेखा परीक्षकको प्रतिवेदनको निष्कर्ष छ ।

सुक्खा बन्दरगाह, वीरगन्ज  र त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट विभिन्न पैठारीकर्ताले यसरी सामान भित्र्याएको उल्लेख छ । डेटा स्टोरेज डिभाइसको ब्रान्ड, मोडल, स्पेसिफिकेसन, युजर म्यानुअल र त्यस्ता डिभाइसहरूको अन्तर्राष्ट्रिय भन्सार जाँचपासको अभ्यास अध्ययन र परीक्षण समेत महालेखाले गरेको छ ।

जसअनुसार यस्ता डिभाइस भन्सार उपशीर्षक ८४७१७०९० (अन्य सञ्चय एकाइ) अन्तर्गत पर्ने र त्यसमा ५ प्रतिशत अन्तःशुल्क र १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भन्सार) लगाई जाँच पास गर्नुपर्ने थियो । तर पैठारीकर्ताले ८४७१५०१० (कम्प्युटर तथा नेटवर्क सर्भर), ८५२३८०१० (सफ्टवेयरहरू)  लगायतका भन्सार उपशीर्षकबाट मूल्य अभिवृद्धि कर मात्र लगाएर जाँचपास गरिएको प्रतिवेदनले जनाएको छ ।

यसरी फरक उपशीर्षकबाट जाँचपास गर्दा भन्सार शुल्क र अन्तःशुल्क गरी दुई करोड ९० लाख ४१ हजार रुपैयाँ छली भएको छ । उक्त रकम असुलउपर गर्न महालेखाले सरकारलाई सुझाव समेत दिएको छ ।

यस बाहेक मेन बोर्ड टेलिभिजन सिग्नल रिसिभर सेटअप बक्स पाटपुर्जा भएकोमा छापिएका परिपथको नाममा भित्र्याइएको र त्यसबाट छली भएको १ करोड ८० लाख ६ हजार रुपैयाँ समेत असुल गर्नुपर्ने बताइएको छ । 


COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content