Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

समयमा पानी नपर्दा बारा लगायत तराई मधेसका किसान मारमा ,धानको बीउ सुक्न थालेपछि किसान चिन्तित

 अजय यादव वियोगी  कलैया ,बारा । "समयमा पानी नपर्दा बारा लगायत तराई मधेसका किसान मारमा ,धानको बीउ सुक्न थालेपछि किसान चिन्तित " नेप...

 अजय यादव वियोगी 

कलैया ,बारा ।

"समयमा पानी नपर्दा बारा लगायत तराई मधेसका किसान मारमा ,धानको बीउ सुक्न थालेपछि किसान चिन्तित "



नेपाल कृषि प्रधान देश हो ।तर कृषिमा अनेकन बाधा अवरोध अाएपनि सरकारले समयमा ध्यान नै दिदैन ।अहिले अाषाढको अन्तिम साता सम्म पानी नपर्दा बारा लगायत तराई मधेसका किसानहरु मारमा परेका छन् ।जेठ महिनाको दोस्रो हप्ता खसालिएको बिउ अाषाढको अन्तिम साता हुन लाग्दा पनि रोपाइँ नभएका कारण अधिकाँश किसान चिन्तामा नै परेका छन् ।दैवको कुदृष्टि परेको हो भन्नेर अधिकाँश किसानहरु माथमा हात राखेर चिन्तित हुन थालेका छन ।बाराको १६ पालिकामा अहिले थोरै मात्रामा रोपाइँ भएको कृषि ज्ञान केन्द्र बाराले जानकारी दिएका छन् ।बाराको १६ पालिका मध्ये अधिकाँश पालिकामा पानी नपरेका कारण रोपाइँ हुन नसकेको किसानहरुले बताएका छन।बाराको सुवर्ण गाउँपालिका लगायतको विभिन्न गाउँमा सयौं बिगाहाको बीउ सुक्न थालेको छ ।धानको बीउ सुक्न लागेकोले अाफू धेरै नै चिन्तित भएको बारा सुवर्ण गाउँपालिका -४ सरस्वती टोलका


किसान बिरेन्द्र प्रसाद यादवले बताउनुभयो ।अहिले सम्म भद‌ैया धानको बीउ रोप्न सकिएको छैन ,अगहनी धान के कुरा नै गर्ने हो ।जेवतेव गरेर भदैया धानको रोपाइँ भएको भएपनि अगहनीको बीउ खेतमा नै सुक्न थालेको र रोग लागेर रातो समेत हुन थालेको अगुवा कृषक यादवले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो ।हर्दिया ,प्रशुरामपुर मझरिया ,कवही ,बगही ,सोलकपुर ,जमुनिया ,चरमोहना ,चौरहिया ,बहुअर्वा लगायतका गाउँका जनता चिन्तित भएका छन्  ।यस्तै कलैया उपमहानगरपालिका ,जितपुर सिमरा उपमहानगरपालिका ,परवानीपुर गाउँपालिका ,प्रसौनी गाउँपालिका ,विश्रामपुर गाउँपालिका ,देवताल गाउँपालिका ,महागढीमाई नगरपालिका ,सिम्रौनगढ नगरपालिका ,कोल्हबी तथा निजगढ नगरपालिकाका किसानहरुमा मारमा परेका हुन ।एक हप्ता वर्षा भएन भने अधिकाँश बीउ नै नोक्सान हुने किसानका अगुवा नेता एवम् जननेता अशोककुमार यादवले बताउनुभयो ।समयमा सरकारले पानी दिन सकेको छैन ।तीन तहको सरकार भएपनि कुनै सरकार किसान प्रति उत्तरदायित्व बहन गर्न सकेका छैन ।किसानको समस्या समयमा बुझिएन भने खाधान्न सामाग्रीको हुन बेर लाग्ने छैन ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content