अजय यादव वियोगी
कलैया ,बारा ।
"बाराको कलैया उपमहानगरपालिका वडा नम्बर -१२ मा रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विधालयधर्मनगरमा छात्रवृत्ति वितरण "
बाराको कलैया उपमहानगरपालिका वडा नम्बर -१२ मा रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विधालय धर्मनगरमा छात्रवृत्ति वितरण भएको छ ।विधालयका प्रधानाध्यापक भरत प्रसाद केशरीको अध्यक्ष्ातामा भएको छात्रवृत्ति वितरण वडा नम्बर -१२ का वडाध्यक्ष लालबाबु प्रसाद मण्डलले गर्नुभयो ।वडाध्यक्ष मण्डललेको रोहवरमा छात्रवृत्ति वितरण भएको हो ।छात्रवृत्ति वितरणमा वडा नम्बर -१२ का वडा सदस्यहरुको पनि सहभागिता रहेको थियो ।श्री नेपाल राष्ट्रिय माध्यमिक विधालय धर्मनगरमा अध्ययनरत कक्षा -१ देखि १० सम्मका छात्रा तथा दलित समुदायका बिधार्थीहरुलाई छात्रवृत्ति गरिएको विधालय प्रशासनले जानकारी दिएका छन् ।
कलैया उपमहानगरपालिका वडा नम्बर -१२ का वडाध्यक्ष लालबाबु मण्डलले बिधार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्नुहुँदै विधालयमा भएका सम्पूर्ण बिधार्थीको समस्यालाई समयमै नै समाधान गरिने वहाँले बताउनुभयो ।विधालयमा भौतिक पुर्वाधार तथा जनशक्तिको मध्य नजर गरेर कलैया उपमहानगरपालिकाबाट सक्दो सहयोग गराउने समेत वडाध्यक्ष मण्डलले बताउनुभयो।विधालयमा भएको छात्रवृत्ति वितरणमा विधालयका शिक्षकशिक्षिकाको समेत सहभागिता रहेको थियो ।समयमा छात्रवृत्ति पाएपछि हर्षित भएकि कक्षा -८कि छात्रा कुमकुम केशरीले खुशी हुँदै भनिन विधालयका सबै गतिविधि राम्रो भएको ,बिधार्थी भावना बुझेर सबैथोक हुने गरेको बताईन ।दिपरानी मण्डल ,रिता केशरी ,पूजा केशरी ,अनुराधा केशरी ,पुष्षा कुमारी ,महिमा गिरी ,सुनिता पासवान ,अनिता पासवान ,सम्झना केशरी लगायतका छात्राहरुले छात्रवृत्तिपाएपछि हँसिलो मुहार भने विधालय भनेको धर्मनगर जस्तो हुनुपर्छ ।जहाँ भौतिक पुर्वाधार देखि लिएर पढाउने अनुभवी शिक्षकशिक्षिकाहरु समेत रहेका छन् ।कलैया उपमहानगरपालिकाको अधिकाँश सामुदायिक विधालय भन्दा श्री नेपाल राष्ट्रिय विधालयको अलग पहिचान भएको छात्रवृत्ति वितरण सहभागी भएका वक्ताहरुले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो ।विधालयले नियमितरुपले दिने सेवा सुविधा समयमै प्रदान गर्ने गरेको र अहिले पनि समयमै नै जनप्रतिनिधिहरुको रोहबरमा नै छात्रवृत्ति वितरण गरिएको विधालयमा प्रधानाध्यापक भरतप्रसाद केशरी बताउनुभयो ।विधालयमा भएको सबै गतिविधि पारदर्शी समेत हुने गरेको समेत प्रधानाध्यापक केशरीले बताउनुभयो ।विधालयमा भएको छात्रवृत्तिले अभिभावकहरु समेत खुश रहेको धर्मनगरका स्थानीयबासीहरुले बताएका छन् ।
प्रतिक्रिया