अजय यादव वियोगी
कलैया ,बारा ।
"लोकतान्त्रिक समाजवादी पार्टी ,नेपाल बाराले १३ सुत्रिय माँग राखि प्रजिअ मार्फत प्रधानमन्त्रीलाई बुझाए ज्ञापनपत्र "
लोकतान्त्रिक समाजवादी पार्टी ,नेपाल बाराले पार्टीको केन्द्रीय कार्यक्रम अनुसार अाज बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवाल मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ।लोकतान्त्रिक समाजवादी पार्टी ,नेपाल बाराका अध्यक्ष एवम् पुर्व जिल्ला समन्वय समिति अध्यक्ष नवलकिशोर सिँहको नेतृत्वमा
गएको लोसपाका सयौं नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।ज्ञापनपत्र बुझाउने जाने नेताहरुमा लोकतान्त्रिक समाजवादी पार्टी ,नेपालका जिल्लाका चर्चित नेता एवम् पचरौता नगरपालिकाका मेयर प्रत्यासी जननेता श्यामप्रसाद गुप्ता ,लोसपाका नेता एवम् प्रसौनी गाउँपालिका पुर्व अध्यक्ष भोलाप्रसाद गुप्ता ,यूवा नेता रमेश सरार्फ,लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अधिकाँश नेताहरुको उपस्थिति रहेको थियो ।१३ सूत्रीय माँग राखि केही दिन देखि नै लोकतान्त्रिक समाजवादी पार्टी,नेपालले प्रधानमन्त्रीलाई जानकारी दिदै अाएका छन् ।अाज केन्द्रीय कार्यक्रम अनुसार नै मधेस प्रदेशको सबै जिल्ला प्रशासन कार्यालय मार्फत
प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाईएको लोसपा बाराका चर्चित यूवा नेता श्यामप्रसाद गुप्ताले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो ।अाज हामीहरुले केन्द्रीय कार्यक्रम अनुसार नै बाराका प्रजिअ कृष्णबहादुर कटुवाल मार्फत ज्ञापनपत्र बुझाएको यूवा नेता गुप्ताले बताउनुभयो ।१३ सूत्रीय माँगमा पहिलो बुँदामा नै नागरिकता सम्बन्धि अन्तिम बुँदामा निजगढ विमानस्थल तत्काल बनाउन सरकारले कदम चाल्नुपर्ने परेको रहेको लोकतान्त्रिक समाजवादी पार्टी ,नेपाल बाराका अध्यक्ष एवम् जिल्ला समन्वय समिति बाराका पुर्व अध्यक्ष नवलकिशोर सिँहले बताउनुभयो ।सरकारले जनता मुखिपनि काम गर्नुपर्ने अावश्यता समेत रहेको अध्यक्ष सिँहले बताउनुभयो ।
प्रतिक्रिया