Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

लुटपाटको नाटक रच्ने आफैँ फन्दामा

महोत्तरी । आफ्नै सहोदर भाइको रकम पचाउन लुटपाटको नाटक रच्ने महोत्तरीका एक व्यापारी आफैँ फन्दामा परेका छन् । जिल्लाको रामगोपालपुर नगरपालिका–...

महोत्तरी । आफ्नै सहोदर भाइको रकम पचाउन लुटपाटको नाटक रच्ने महोत्तरीका एक व्यापारी आफैँ फन्दामा परेका छन् । जिल्लाको रामगोपालपुर नगरपालिका–७ सहसौलाका बासिन्दा अरुणकुमार चौधरी आफैँले रचेको बनावटी लुटपाट घटनाको फन्दामा परेका हुन् । ढाँटछल गरेर भाइको रु पाँच लाख लिने चौधरीको सपना प्रहरीको सुक्ष्म अनुसन्धानले अन्त्य गरिदिएको छ । उनी अहिले प्रहरी हिरासतमा छन् ।

गत शुक्रबार साँझपख जिल्लाकै गौशाला बजारबाट घर फर्कँदै गरेका चौधरीले गौशाला–२ को गौशाला–सम्सी सडकखण्डको रेडक्रस भवन नजिकै आफूलाई चक्कु प्रहार गरी लुटेराले रु पाँच लाख नगद लुटेर लगेका प्रहरीलाई बताएका थिए । सूचना पाएलगत्तै घटनास्थल पुगेर अनुसन्धान थालेको इलाका प्रहरी कार्यालय गौशालाले चौधरीले नाटकीय घटना रचेको पत्ता लगाएको हो ।

“लुटपाट भएको सूचना पाएपछि हामी घटनास्थल पुगेर अनुसन्धानमा लाग्यौँ, त्यो त पूरै नाटक रहेछ”, इलाका प्रहरी कार्यालय गौशालाका प्रमुख तथा प्रहरी निरीक्षक रञ्जन मिश्रले भन्नुभयो, “लुटपाटको नाटक रचेर प्रहरी र परिवारजनलाई झुक्याउने चौधरीलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीको तयारी गर्दैछौँ ।”

अनुसन्धानबाट आफ्नै भाइले बैंक खातामा जम्मा गर्न दिएको रु पाँच लाख नगद पचाउन चौधरीले लुटपाटको नाटक रचेका प्रहरी अनुसन्धानबाट खुलेको हो । चौधरीले प्रहरीसमक्ष आफ्नो कर्तुत स्वीकार गरिसकेका प्रहरी निरीक्षक मिश्रले जानकारी दिनुभयो ।

चौधरीले आफ्ना छरछिमेकसँग लिएको सापटी र ऋण तिर्न आफूसँग रकम अभाव भएपछि चक्कु प्रहारको कथा बुनेको स्वीकार गरेका छन् । अनुसन्धानको क्रममा प्रहरीले उनीसँग रहेको नगद राखिएको झोला नाटकीय घटनास्थल नजिकैबाट फेला परेको प्रहरीले जनाएको छ । प्रहरी नियन्त्रणमा रहेका चौधरीले बायाँ तिघ्रामा आफँैले कोतरेर घाउ बनाएको वयान दिएको प्रहरी निरीक्षक मिश्रले बताउनुभयो । चौधरी रामगोपालपुरमै मनि ट्रान्सफर सञ्चालन गर्दै आएका व्यापारी हुन् ।

यसअघि हिजो शनिबार चौधरी लुटिएका समाचार सञ्चारमाध्यममा प्रसारित/ प्रकाशित भएका थिए । प्रहरीले शनिबार साँझ घटनाको यथार्थ अनुसन्धानबारे बताउनुअघि लुटपाट घटनाबारे समाचार बाहिरिएको थियो ।


COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content