Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

यसरी पक्राउ परे हुण्डी कारोबारी कलवार

काठमाडौं, २३ जेठ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीलाई केही दिनअघि सूचना आयो, कालिमाटीको एक घरमा ठूलो परिणाममा हुण्डी र सटहीको काम भइ...

काठमाडौं, २३ जेठ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीलाई केही दिनअघि सूचना आयो, कालिमाटीको एक घरमा ठूलो परिणाममा हुण्डी र सटहीको काम भइरहेको छ ।
कालिमाटी क्षेत्रका भारतीय व्यापारीलाई लक्षित गरेर अवैध आर्थिक कारोवार भइरहेको थाहा पाएपछि कार्यालयको एउटा टोलीले अपरेशन चलायो । बाहिरबाट झट्ट हेर्दा सामान्य व्यक्तिका डेरा जस्तै लाग्ने कोठामा प्रहरी छिर्रुयो । कोठामा बारा घर भएका जयकमल साह कलवार मात्रै थिए, कोठामा थोरै रकम मात्र बरामद भयो ।
'ठूलो कारोवार भइरहेको छ भन्ने सूचना थियो, तर त्यसअनुसारको पैसा नभेटेपछि अरू कोठा पनि छ कि भन्ने शंका भयो' अनुसन्धानमा खटिएका एक अधिकृत भन्छन्, 'त्यसक्रममा घरको माथ्लो तलामा छापा हान्दा एक जना महिला बसिरहेको अवस्थामा भेटिइन् ।'
उनलाई सोधपुछ गर्दा आफ्नो श्रीमान् भारततिर रहेको र छोरा पढ्न गएको बताइन् । हिन्दीमा मात्र बोल्ने उनले तल प्रहरीले नियन्त्रणमा लिएका शाहलाई चिन्दै नचिन्ने बताइन् । तर प्रहरीले शंका गर्न छाडेका थिएनन् । तल आएर एक/दुर्ईवटा कोठामा बस्नेलाई सोध्दा उनीहरूले ती महिला साहकै श्रीमती भएको बताइदिए ।
तर ती महिलाले केही गरे पनि स्वीकारिनन् । 'तल श्रीमान् बस्छन्, माथि छोरा र आमा बस्ने हो भनेर अरूले भनेपछि माथि पनि सर्च गर्रुयौं' ती अधिकृत भन्छन्, 'त्यसक्रममा छोराको विद्यालयको परिचय पत्र भेटियो, जसमा संयोगवस बुबाको नाम पनि थियो ।' त्यसपछि उनी जयकमलकै श्रीमती भएको खुलेको अनुसन्धान अधिकृतहरू बताउँछन् ।
त्यसक्रममा कोठाको एउटा दराज बन्द अवस्थामा थियो । चाबी माग्दा साहकी श्रीमतीले आफूसँग नभएको र छोराले लिएर गएको बताइन् । तर प्रहरीले ताला फोडेर हेर्दा दराजभित्र २६ लाख रुपियाँँ बरामद भयो । 'प्रहरीले छापा हानी हाले पनि थोरै रकम मात्र समातियोस् भनेर उनीहरू लामो समयदेखि बेग्लाबेग्लै बस्दै आएका रहेछन्, तर प्रहरीबाट बच्न सकेनन' एक अधिकृत भन्छन् ।
यसरी प्रहरीले साहलाई १७ लाख ६६ हजार नेपाली र १२ लाख भारतीय रुपियाँँसहित पक्राउ गर्रुयो ।
पक्राउ परेका उनीहरूलाई थप अनुसन्धान तथा कारबाईका लागि राजश्व अनुसन्धान विभाग, ललितपुर पठाएको एसएसपी वसन्तबहादुर कुँवरले बताए । 

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content