झडपमा परी मृत्यु भएका पटेलको परिवारलाई आर्थिक सहयोग
कलैया , बारा । जेठ १५ गते
सन्दिप प्र. यादव
गत कात्तिक २५ गते छठ पर्व को दिन दुई पक्षबीच भएकाे झडपमा परी मृत्यु भएका कलैया उपमहानगरपालिका वडा नम्बर २५ का १८ वर्षीय राधेश्याम राउत कुर्मी पटेल काे परिवार लाई सरकारले आर्थिक सहयोग गरेको छ ।
झडपमा परी घाइते भएका पटेलको एन एस न्युरो तथा जेनेरल होस्पिटल मा उपचारको क्रममा पुस २१ गते मृत्यु भएको थियो ।
आज बारा क्षेत्र न -३" ख"को प्रदेश सभा सदस्य मा. पारस प्रसाद साह को विशेष पहलमा मधेस प्रदेश सरकार मुख्यमन्त्री कार्यलाय बाट रु.५ लाख(पाँच लाख) रुपैया को चेक संयुक्त रुपमा मृतक का पिता राजकुमार राउत कुर्मी पटेल लाई ५ लाख को चेक हस्तान्तरण गरेका हुन् ।
सो हस्तान्तरण गर्ने बेलामा कलैया नगर अध्यक्ष शिवनाथ पटेल, प्रदेश सभा सदस्य पारस साह , जसपा पार्टीका नगर सह सचिव सुजित पाण्डे , वार्ड अध्यक्ष हरिन्द्र राउत कुर्मी , लोसपा पार्टीका नेता सन्तोष पटेल लगायत कलैया उपमहानगरपालिकाको अगुवा नेता तथा गाउँ का समाजसेवि, बौद्धिक बर्गहरु को उपस्थिति रहेको थियो ।
प्रतिक्रिया