Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

परिक्रमाका डोला र तीर्थयात्रीहरू जनकपुरधामको हनुमानगढीमा 

जनकपुरधाम । मिथिलाञ्चल सहित तराई मधेशका सबैभन्दा ठूलो तथा लामो धार्मिक पदयात्राको रुपमा रहेको मध्यमा मिथिला परिक्रमा आजबाट शुरु भएको छ ।  ...

जनकपुरधाम । मिथिलाञ्चल सहित तराई मधेशका सबैभन्दा ठूलो तथा लामो धार्मिक पदयात्राको रुपमा रहेको मध्यमा मिथिला परिक्रमा आजबाट शुरु भएको छ । 

धनुषा जिल्लाको मिथिला विहारी नगरपालिकाको कचुरीमा रहेको मिथिला विहारी अर्थात् भगवान् राम तथा जनकपुरधामको अग्निकुण्डवाट किशोरी जी अर्थात् माता सीताको डोलासँगै नेपाल भारतबाट आएका लाखौँ व्यक्तिहरू १५ दिन लगाएर नेपाल भारतको १५ धार्मिक स्थलमा रात्रि विश्राम गर्दै १ सय ३३ किलोमिटरको दूरी तय गर्ने गरेका छन् ।

मिथिला परिक्रममा सहभागी भएका तीर्थयात्रीहरूले १५ दिनसम्म खाने, बस्ने, ओढ्ने, ओछ्याउने सहितका बन्दा वस्तिका सामानहरू आफै बोकेर खाली खुट्टा हिँड्ने भएकाले यसलाई निक्कै कठोर यात्राको रुपमा लिइन्छ । परिक्रममा सहभागी हुनका लागि तीर्थयात्रीहरू हिजो देखि नै जनकपुरधाम आएका थिए । 

१५ दिनसम्म चल्ने मध्यमा मिथिला परिक्रममा नेपाल भारतको विभिन्न भागबाट आएका लाखौँ तीर्थयात्रीहरू सहभागी रहेका छन् । प्रत्येक वर्ष हुने मध्यमा मिथिला परिक्रमा विगतका दुई वर्ष कोरोना महामारीका कारणले प्रभावित भएपनि यस पटक कोरोना महामारी कम भएर अवस्था सहज बनेकाले भारी सङ्ख्यामा तीर्थयात्रीहरू सहभागी रहेका छन् । 

परिक्रमाका तीर्थयात्रीहरू नेपालको ९ स्थान तथा भारतको ६ स्थानमा रात्रि विश्राम गर्ने गरेका छन् । तीर्थयात्रीहरूले १५ दिन लगाएर नेपालको १ सय ७ किलोमिटर तथा भारतको २६ किलोमिटरको दूरी तय गर्ने गरेका छन् । विगतमा परिक्रमा मार्ग कच्ची भएपनि नेपाल सरकारले नेपाल तर्फका अधिकांश भागलाई कालोपत्रे गरेपछि तीर्थयात्रीहरूलाई सहज भएको छ । 

परिक्रमाका तीर्थयात्रीहरू जनकपुरधामको हनुमानगढीमा आज राती विश्राम गरेर भारतको कलणाको लागि भोलि बिहान प्रस्थान गर्नेछन् । परिक्रमाका तीर्थयात्रीहरू धनुषा तथा महोत्तरी जिल्लामा पर्ने हनुमानगढी, मटिहानी, जलेश्वर, मडई, ध्रुवकुण्ड, कञ्चनवन, पर्वता, धनुषाधाम र सतोखर तथा भारतको ६ वटा स्थान रहेका छन् । 

परिक्रमाको मार्ग तथा पडाव स्थलहरूमा विभिन्न सामाजिक सङ्घ संस्थाहरूले विभिन्न प्रकारको शिविरहरूको आयोजना गर्ने गरेका छन् । कतिपय ठाउँमा भोजन, आवास, शुद्ध पेयजल, चिया, नास्ता तथा औषधी उपचारको व्यवस्था पनि गर्ने गरिन्छ । 

सबै तीर्थ स्थलको यात्रा सकेर फागु पूर्णिमा भन्दा एक दिन अगाडी जनकपुरधाम आएर पञ्चकोशी अन्तर गृह परिक्रमा सकेर घर फर्केपछि तराई मधेशका जिल्लाहरूमा होली खेल्ने चलन रहेको छ ।  


COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content