Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

मधेस प्रदेशमा चैती छठ मनाइँदै, आज नहाय–खाय

वीरगंज, २२ चैत । श्रद्धा र निष्ठापूर्वक मनाइने वासन्ती छठ ( चैती छठ) पर्वको विधि आज मङ्गलबारबाट सुरु भएको छ । चैत शुक्ल चतुर्थी (चौथी)देखि स...

वीरगंज, २२ चैत । श्रद्धा र निष्ठापूर्वक मनाइने वासन्ती छठ ( चैती छठ) पर्वको विधि आज मङ्गलबारबाट सुरु भएको छ ।
चैत शुक्ल चतुर्थी (चौथी)देखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ मनाइने पर्वको पहिलो दिन आज बर्तालुुले 'नहाय–खाय' (पवित्र स्नान गरेर शुद्ध खाने) विधिबाट पर्व प्रारम्भ गर्दैछन् । पर्वको पहिलो दिन पवित्र स्नान गरेर व्रत सङ्कल्प गरी चोखोनितो खाने चलन छ ।

शरद र वसन्त ऋतुमा गरी वर्षमा दुईपटक मनाइने छठ सूर्य उपासनाको पर्व हो । शरद ऋतुमा कात्तिक शुक्ल चौथीदेखि सप्तमीसम्म र वसन्त ऋतुमा चैत शुक्ल चौथीदेखि सप्तमीसम्म समान विधिले यो पर्व सम्पन्न गरिन्छ ।

मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा छठ जनजन परिचालन हुने महापर्व मानिन्छ । यद्यपि शारदीय छठजति यो पर्व मनाउने भने देखिँदैनन् । पर्वको पहिलो दिन 'नहाय–खाय', दोस्रो दिन दिनभरि उपवास बसेर राति सख्खरमा पकाइएको खिरमात्र खाएर 'खरना', तेस्रो दिन अर्थात् षष्टि तिथिमा निराहार उपवास बसेर साँझ अस्ताउँदो सूर्यलाई पवित्र जलाशयको घाटमा कम्मरसम्म पानीमा चोवलिएर अघ्र्य दिइन्छ, जसलाई 'सझुका अरख' भनिन्छ ।

अन्तिम दिन सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई घाटमै अघ्र्य दिएर पर्व सम्पन्न गरिन्छ । यो विधिलाई 'भोरका अरख' भनिन्छ । छठपर्वमा ठकुवा, भुसुवा ९कसार०सहितका मिष्ठान्न परिकारसहित पाकेका केराको घरी र अन्य फलफूल तथा दहीसहितका सामग्री बर्तालुले अर्घका बेला सूर्यतर्फ देखाउने गर्छन् ।

छठ सूर्य र सूर्यपत्नी षष्टीको उपासनाको पर्व हो । यो व्रतको प्रभावले हरेक मनोकाङ्क्षा पूरा हुने विश्वास गरिन्छ । मिथिलामा यो पर्व द्वापर युगमा श्रीकृष्ण पुत्र साम्बले कुष्टरोग निवारणका लागि गरेका र त्यसैबेलादेखि प्रारम्भ भएको मानिन्छ । व्रत प्रभावले छालाजन्य रोग कहिल्यै नलाग्ने जनविश्वास छ ।

यसपालि दुई वर्षपछि सर्वसाधारणले वासन्ती छठ खुकुलो गरी मन फुकाएर गर्न पाएका छन् । यसअघिका दुई वर्ष कोभिड–१९ को विश्वव्यापी सन्त्रासले मुलुकमा 'लकडाउन' घोषणा गरिएकै बेला परेको हुँदा पर्वविशेषको बाहिरी चहलपहल र उल्लास थिएन । यसपालि भने महाव्याधि सन्त्रास घटेपछि मिथिलामा चाड लागेजस्तो भएको सर्वसाधारणले प्रतिक्रिया दिएका छन् ।

चैती छठजस्तै चैत शुक्ल प्रतिपदासँगै वासन्ती नवरात्र ९चैते दशैँ० पनि सुरु भएको छ । चैत शुक्ल प्रतिपदादेखि नवमीसम्म वासन्ती नवरात्र मनाइन्छ । यस अवसरमा देवीपीठहरूमा पूजाआराधना गर्ने श्रद्धालु बढेका छन् । – रासस
 

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content