Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

बारामा रहेको बकैया पुलको निर्माण कार्य हुदै ,निर्माण कार्यमा चरम लापरबाही

 अजय यादव वियोगी  निजगढ ,बारा । "बारामा रहेको बकैया पुलको निर्माण कार्य हुदै ,निर्माण कार्यमा चरम लापरबाही " बाराको सदरमुकाम कलैया...

 अजय यादव वियोगी 

निजगढ ,बारा ।


"बारामा रहेको बकैया पुलको निर्माण कार्य हुदै ,निर्माण कार्यमा चरम लापरबाही "

बाराको सदरमुकाम कलैयाबाट ३० किलोमिटरको दुरीमा रहेको महेन्द्र राजमार्गको बकैया नदीमा रहेको पुलको मर्मत कार्य भईरहेको छ ।सडक विभागबाट मर्मत सम्हारको भएको भएपनि एस्टिमेटको कहिकतै    साईन बोर्ड राखिएको छैन।विगत १ महिना देखि काम चलिरहेको छ ।कोल्हबी र निजगढ नगरपालिकाको सिमाना समेत यहीँ पुलबाट छुटयाईएको रहेको छ ।पुर्वपटिबाट निजगढ


नगरपालिका र पश्चिमपटिबाट कोल्हबी नगरपालिका सुरु भएको हो ।पुल जिर्ण बन्दै गएपछि मर्मत कार्य गर्ने भएको हो ।तर मर्मतको कार्य चरम लापरबाही भएको छ ,ठेकेदारले जस्तो पाए त्यस्तै काम गरिरहेका छन् ,देख्ने कोही नै छैन ,ठेकेदारहरु ईन्जिनियरको बिना रोहबरमा नै काम गर्ने गरेका छन् ।चरम यति सम्म भएको हो कि ढलानको बाहेक कुनै दिन सडक विभागको कर्मचारी नै पुग्दैन ।पुलका धेरै भाग ढलान भईसकेको बाँकी रहेको भागको ढलानको लागि काम भईरहेको साईडमा भेटिएका ठेकेदार रामलाल पासवानले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो ।हामी काम गर्छौं ,दुई जनाको ठेकेदारी चलिरहेको छ ,अाँधा भाग हामी अाधा भाग अरुले गरिरहेको ठेकेदार पासवानले बताउनुभयो ।कहाँबाट काम भईरहेको छ,अाफूलाई समेत जानकारी नभएको तर एकजना सरबाट ठेक्का लिएको ठेकेदार पासवानले बताउनुभयो।दिनहुँ हजारौं गाडीको अोहोर दोहर हुने पुलको काम भईरहेको तर सम्बन्धित निकायको गैर जिम्मेवारी पुर्ण अाफैँमा शंकास्पद रहेको स्थानीयबासी उमेश प्रसाद खनालले बताउनुभयो ।अहिले जे गरे नि छुट भएको स्थानीयबासी खनालले बताउनुभयो ।बकैया पुलको

लम्बाई ३५५.५९ मिटर रहेको छ ।३५५.५९ मिटर बाहेक दुवैतिर १० /१० मिटर सम्म फोडी समेत काम भईरहेको छ ।दिनुहँ दर्जनौं मिस्री खटेपनि देख्ने कोही नभएपछि मर्मतले पुलको अवस्था सुधारजनक होला विश्वास नभएको गाडीका चालकहरुले बताएका छन् ।पुल जिर्ण भईसकेको छ ,मर्मत सम्हार भएपछि त्यहीँ १०/११ बर्ष सम्म मुश्किलले जाने टिपरका ड्राइभर दिनेश रुम्बाले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो ।पुलको काम भईरहेको महिनौं भए तर १ महिना अझसम्म पुल सञ्चालनमा नअाउने मिस्रीहरुले बताएका छन् ।ढलानको सकिएपछि केही दिन सम्म पानी पटाएर राख्ने भएकाले वैशाख अन्तिम सम्म सञ्चालनमा अाउन सक्ने अाँकलन गरेका छन् ।बकैया पुलको दक्षिण साईडबाट अावत जावत भईरहेको छ ।धुँलो यति सम्म छ कि जान्न मुश्किल होला तर निजगढ नगरपालिकाको सिमाना पर्नेमा केही पानी छर्ने काम भएको भएपनि कोल्हबी नगरपालिकातिरको भाग धुलाम्मै हुने गरेको छ ।सडक विभाग र सम्बन्धित निकायको ध्यानाकर्षण नहुनु दुखद रहेको स्थानीय महिला पवित्रा ढकालले बताईन ।मेची देखि महाकाली सम्मको गाडी गुड्ने पुलको काम ठिक सम्म नभएको चरमलापरबाही भएको भन्दा ठेकेदारले  दिएको नम्बर ९८५११०७१५७ सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।यसरी जनताको कामको भन्दा यति ठुलो र  महत्त्वपूर्ण काम पनि ढिला सुस्ती र चरम लापरबाही हुनु अाफैमा निन्दनीय कुरा रहेको छ ।ईन्जिनियरहरुले गर्दा नेपालका अधिकाँश भौतिक संरचना समय नपुग्दै भत्केको धेरै उदाहरण रहेका छन् ।समयमै सचेत भईन भने दुर्दशा  सबैले भोग्नु पर्ने हुन्छ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content