श्री गढीमाई संवाददाता
कलैया ,बारा
बाराको सुवर्ण गाउँपालिका वडा नम्बर -५ अौरेयामा नेपाली काँग्रेस वडामा विवाद"
बाराको सुवर्ण गाउँपालिका वडा नम्बर -५ मा नेपाली काँग्रेसको वडामा विवाद सुरु भएको छ ।वडा सभापति अोमबाबु प्रसाद यादवले एकलौटी ढंगले वडाबाट नाम सिफारिस गरेको भन्दै नेपाली काँग्रेस का वडा सभापतिका प्रतिस्पर्धामा रहेका गिरिजाप्रसाद यादवले अारोप लगाउनु भएको छ ।बिना बैठककै नाम सिफारिस गरेको भन्दै नेपाली काँग्रेसको विधान विपरीत भएको भन्दै नेपाली काँग्रेसका सुवर्ण गाउँपालिकाका एकाई कमिटी अध्यक्षलाई निवेदन समेत दिईएको र उचित छानबिन गरि वडाबाट टिकटको टुंगो लगाउनुपर्ने अावश्यकता रहेको नेपाली काँग्रेसका नेता गिरिजाप्रसाद यादवले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो ।यता विधान सम्बदनै सिफारिस गरेर नामावली पठाईएको वडा कार्य समितिमा रहेकाहरुले बताएका छन् ।वडा नम्बर -५ नेपाली काँग्रेसका सक्रिय सदस्य ३८ जना रहेका छन् ।बहुमतबाट भएपनि छिनोफानो लगाउन सकिने नेपाली काँग्रेस वडाका नेता कार्यकर्ताहरुले बताएका छन् ।नेपाली काँग्रेसका पर्यवेक्षसैनालुह मियाँले विवाद रहेकाले पार्टीले सल्टाउनुपर्ने अावश्यकता रहेको वहाँद्वारा हस्ताक्षरित पत्रमा उल्लेख गरिएको छ ।सुवर्ण गाउँपालिका ८ वडामध्ये वडा नम्बर -५ मा विवाद देखिएको र छलफलको माध्यमले टुंगो लगाईने नेपाली काँग्रेसका सुवर्ण गाउँपालिका अध्यक्ष रुपनारायण यादवले बताउनुभयो ।यदि दुवै पक्षले नमाने नेपाली काँग्रेसको विधान बमोजिम नै हुने अध्यक्ष यादवले बताउनुभयो ।
प्रतिक्रिया