स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

कोल्हवी नगरमा किन पुन आउनु पर्छ भरत भण्डारी

SHARE:

कोल्हवी नगरमा किन पुन आउनु पर्छ भरत भण्डारी


सागर घोरसाइँ

चैत १५ गते ।


म २०५२ सालमा जन्मिए मैले बुझ्ने भएको बेलाको कोल्हवी र आज को कोल्हवी निकै परिवर्तन भएको छ  । बाटो घाटो पिच , ढलान , विधुत , नयाँ सडक निर्माण भए संगै कोल्हवी नगरले मुहार फेरेको छ। पहिले तामागढिको बाटो मा गाडी गुडाउनै समस्या हुनेगरेको भएपनि हाल निकै मनमोहक बाटो बनेको छ  पहिले यात्रु हरु  यात्रा गर्दा बस बाट यात्रु ओरालेर पनि बस निकेल्न पर्ने र हरेक साल वर्षा याममा बाटोले धेरै दुख दिने गरेको थियो  । हाल गाउँ गाउँमा सडक पिच , ढलान ,नाला बनेर पनि भरत भण्डारीको नाम उच्च भएको छ  । पहिले अधिकान्स ठाउँमा  टायर गाडा हिड्ने बाटो पनि थिएन ,हिलो खाल्डो भएर गाडि फसेर निकै दुख हुने गरेको भए पनि आज घरघरमा बस , सुमो , अटो एम्बुलेन्स खेत खेतमा ट्र्याकटर जाने बाटो बन्दा सबैले भरत भण्डारी लाई नेै सम्झन्छन् । पहिले केही किन्न बिरगंज , निजगढ , हेटौंडा जानू पर्ने नगरमा आज ठुला ठुला पसल , बजार , सोरुम , होटल , पार्टी प्यालेस खुले संगै कोल्हवी बजार नभएर सहर भएको छ । आज कोल्हवीमा नपाउने के छ  त्यस्तो केहि छैन जस कारण मेयरको सफलता झल्कन्छ ।


सुचनाको क्षेत्र र नागरिकको स्तर हिजो माछा मारेर गुजारा चलाउने ले आज  आत्मनिर्भर बन्नु पर्छ भन्ने सोच आएको छ। , हिजो बाटो को ट्रयाक मात्र भएपनि खोल्न पाए हुने  भन्ने ठाउँमा आज सडक पिच ढलान देखेर अब सडक बनेर मात्र हुदैन भन्ने सोच आएको छ मन्छे ले खाना नपाउदा खान पाएपनि हुनेनि भनेर सोच्छ जब पेट भरिन्छ अनि बल्ल रोजगार शिक्षा स्वास्थ्य पनि चाहिन्छ भनेर सोच्छ हो त्यस्तै भयो हामीले आज सडक पायौ र अब सडक मात्र हैन अरु पनि चाहिन्छ भन्ने सोच्न थाल्यौ । पृथ्वीमा मान्छे बसेको कति यति बर्ष हुदा पनि आज मेयर भण्डारी आएर   हुलाकि मार्ग बनाए। पहिले मोबाइलमा टावर आउदैन थियो  परालको कुन्यौ चड्नु पर्ने ठाउँमा आज घरघरमा मोबाइल , बाईक , टिभि डिस वाईफाई मोटर , पक्कि घर यो सबै कोल्हवी ले काचुलि फेरेको हैन । abcd भन्न नआउने मेरी आमा आज म संग भिडियो कलमा आफैले स्मार्ट मोबाइल बाट कल गर्नु हुन्छ मैले यसो केही लेखेको पढ्नु हुन्छ यस्ता प्रत्येक्ष अप्रत्येक्ष निकै परिवर्तन भएको छ  ।

नयाँ जनप्रतिनिधि आएको दुई बर्ष सम्म हामी मध्य कतिलाई नगरपालिकाको काम केहो त्यो थाहा थिएन  आज हामी यो भएन त्यो भएन भनेर सामाजिक सञ्जालमा लेख्न सक्ने भएका छौ  । हरेक ठाउँमा बाटो निर्माण भए संगै जग्गाको भाउ पनि ह्वात्तै बढेको छ के नगरमा बिकस नभएकै हो त ??

खेति गर्न ट्र्याकटरको लागि लाईन कुर्नु पर्ने ठाउँमा आज घर घरमा ट्र्याकटर खेति गर्न सिचाइ को लागि मोटर , पशुपालन , घास खेति माछा पालन , केरा खेति , साथै किशान पनि अब परम्परागत तरिका छोडेर कसरी हुन्छ नयाँ नयाँ उपाए सोचन्न थाले , दूध बेच्न नयाँ प्रविधि सहित डेरी हरु आए संगै सबैले मेयर लाई नै सम्झ्छन ।नगर भरी ठुला ठुला ढलान घर , नयाँ नयाँ हस्पिटल सर्प दंश उपचार केन्द्र  , विद्यालय स्कुल बस सहित , व्याचलर पढाइ हुने कलेज , हरेक गाउँमा स्कुलको राम्रो भवन बनेर नगर धेरै परिवर्तन भएको छ।


बहिरी ठुला ठुला नगरको तुलनामा कोल्हवी बिकास भएन होला तर त्यो ठाउँ पहिले देखि बिकास भएका हुन कति ठाउँमा  हाम्रो गाउँमा टायर हिड्ने बाटो न हुदा त्यहाँ १८ चक्के गाडि गुड्थ्ये ।  हाम्रो ठाउँमा पनि त चिउरा मेल धान मेल बजार घर स्कुल हस्पिटल पानी ट्याङ्की पार्क मन्दिर , रुटका बस सुमो अटो बाईक हरु बढ्नुले मुहार फेरीएको मजाले अनुभुति गराउछ।



सबैले  ले चाए जति भएन होला त्यसो त आज सम्म त्यहि  संरचना चार बर्षमा बनेको जति पहिले किन बनेन, किन भण्डारी ले नै आएर बनाउन पर्यो त आखिर बनाएका त उनले नै हुन। नागरिकको आर्थिक अवस्था परिवर्तन भएन भन्ने हरुलाई के देशको आर्थिक अबस्था चाहि पुरै राम्रो भईसकेको होर त्यसो भए किन आज २० लाख युवा बाहिर छन् भारतमा किन त्यति भिखारी छन्। देश नै लथालिङ्ग छ एउटा नगरमा चाहि कहाँ बाट होस कायापट , उद्योग खुलेनन भन्ने हरुलाई माओवादी द्वन्द्व पछि देशमा कति रोजगारी दियो सरकार ले र कति उद्योग खोल्यो,  कुन स्थानीय तहले रोजगारी दियो सबै जनतालाई र कुन स्थानीय तहले उद्योग खोल्यो होईन र ।

प्रहरी कार्यालय ,हरु जनपथ र शसस्त्र , वडा भवन नगर भवन अस्पताल वडा स्वास्थ्य संस्था , बैक सहकारी हरु खुलेकै छन  बनेकै छन कोल्हवी बजार अत्याधुनि बन्दैछ । होला सबै भएन के त्यसमा मेयरको मात्र कमजोरी छ अनि  वडा कार्यालय हरुले कायापलट नै गरे त यदि हुन नसकेका काम मा मेयरको हात छ भने माथी भएका सबै परिवर्तन मेयर ले नै गरेको हो भन्दा भई हाल्यो नि । विधुत आयो नागरिकको जीवनमा सोच परिवर्तन भयो बिस्तारै परिवर्तन हुदैछ बच्चा जन्मे पछि एकै पटक बिहे हुन्छ कि क्रमिक बिकास हुन्छ । र अर्को कुरा मानिस यस्तो जात हो जति पाए पनि अझेै चाहाना राख्छ हिजो टायर छिर्ने बाटो नहुने ठाउँका मान्छे आज घर घरमा पिच बाटो पुग्दा केही भएन भन्ने हरु भोलि ट्रेन ल्यईदियो भने पनि हवाईजाहाज चाहियो भन्छौ किन कि यो मानव प्रजातिको गुण हो । देशको राजधानी समेत रहेको प्रदेश वाग्मती को राजधानी रहेको हेटौंडा पहिले देखि धेरै नै विकास भईसकेको थियो । मध्यमाञ्चल , नारायणी अञ्चल को सदरमुकाम समेत रहेको हेटौंडा जस्तो सहर मा त भने जसरी बिकास हुन सकेको छैन हाम्रो ग्रामीण भेगमा रहेको कोल्हवी मा आकाशनै खसाल्न पर्ने जसरी , कोल्हवी  ढुङ्गेयुगमै छ जसरी भ्रामक दुस्प्रचार गरिएको छ त्यो सबैको भ्रम चिर्न जरुरी छ आज सम्म भएका विकास को लागि  मेयर भरत भण्डारी लाई धन्यवाद दिदै पुन पनि दोहोर्याउनै पर्छ। सरकारले मापन गरेको बेरुजुमा बारा जिल्ला भरिमा कोल्हवीले सबै भन्दा बेरुजु बढि गरेको भनेर समाचार मा आएको थियो यो मेयर एक्लौ ले मात्र गरेको हैन तमाम जनप्रतिनिधि हरुले गरेका हुन र नेपाल भरि कै स्थानीय तहहरुमा भएको हो कुनै मा कम कुनै मा बढि त्यसलै यसलाई बिपक्षीले चुनावी प्रचार सामाग्री बनाउनु गलत हो ।



त्यसैले फेरी पनि यो कार्यकालमा मेयरको रुपमा भरत भण्डारी नै आउनु पर्छ र यी निम्नलिखित काम हरु पूरा गर्न ध्यान दिन पर्छ ।


१) नगरमा आएको रकम सहि ठाउँमा विनियोजन गर्नुपर्छ ।

२) दिगो विकासमा ध्यान दिन पर्छ । सडक बनाउदा धेरै बर्ष टिक्ने गरि बनाउनु पर्छ  बरु कम बनाउनु तर बलियो बनाउनु पर्छ ।

३) प्रदेश केन्द्र संग समन्वय गरेर हरेक वडामा १५ शैयाको अस्पताल र नगरको मुख्य ठाउँमा १०० शेैयाको अस्पताल बनाएर पुर्वि बारा ले लाभ उठाउने केन्द्र बनाउनु पर्छ  ।

४) प्रत्येक वडामा खेल मैदान व्यवस्थापन गर्नु पर्छ  ।

५) केन्द्र सरकार संग समन्वय गरेर प्रत्येक वडामा एम्बुलेन्स र नगरमै सबै रोगको उपचारको व्यवस्था गर्नु पर्छ  ।

६) कृषि विमा पशुविमा , माछा विमा को व्यवस्था गर्दै घासको बीउ माछाको दाना माछाको भुरामा सक्दो सहयोग किसान लाई गर्नु पर्छ माछाको विचौलिया हटाउनु पर्छ  । कृषि तथा पशुपालन मा लोन तथा अनुदानको व्यवस्था मिलाउनु  पर्छ ।

७) नगरको सबै स्कुल लाई अंग्रेजी भाषा मा पढाउने व्यवस्था सहित स्कुल बस को व्यवस्था गर्नु पर्छ ।प्रत्येक वडामा दुई ओटा हाट बजार बनाउनु पर्छ । स्थानीय उत्पादन त्यहि बिक्री वितरण गराउनु पर्छ  ।

८) तरकारी फलफुल माछा मासु अण्डा दूध स्थानीय स्तरमा उत्पादन गराएर सकेसम्म यहि खपत गराउनि पर्छ , खाध्यान सहकारी खोलि स्थानीय स्तरमा नपाईने बस्तु बाहिर बाट ल्याएर सुलभ मुल्यमा प्रवन्ध गराउनु पर्छ ।

९)नगर भरि धेरै बाटो घाटो बनाएर नगरबस सञ्चालन गराउनु पर्छ । ६० बर्ष भन्दा माथिका जनतालाई फ्रि उपचार गराउनु पर्छ ।

१०) केन्द्रीय सरकार संग समन्वय गरेर उद्योग खोलेर धेरै भन्दा धेरै लाई आत्मनिर्भर बनाउनु पर्छ। बचेकालाई कृषि तथा पशुपालन मा साथ दिनु पर्छ ।

११) प्रभाईट अस्पताल , बैंक सहकारी संग समन्वय गरेर नगरमा स्थापना गराई धेरै लाई सुविधा दिलाउनु पर्छ ।

१२) बकैया खोला मा ड्याम बनाउनु पर्छ । र नगर मा धेरै ठाउँमा पर्यटन प्रवर्द्धन गराएर कर उठाउन सकिन्छ  ।

१३) बसाइँसराइलाई रोकेर हाम्रो नगरमा बसाइँसराइ गर्ने लाई केही लाभ दिएर नगरमा धेरै मान्छे भित्राउनु पर्छ ।

१४) म आफु भ्रष्टाचार पनि गर्दिन र अरु लाई पनि गर्न दिन्न भनेर कम्मर कस्नु पर्छ ।

१५) अहिले सम्पन्न नभएका योजना पातालगंगा जस्ता योजना सम्पन्न गरेर बारा जिल्लामै नमुना नगरपालिका बनाउनु पर्छ ।


म भन्छु सायदै हाम्रो कोल्हवी जस्तो ठाँउ नेपाल मै छैन होला ।बन,जङ्गल जल,जमिन,खोला,नाला,समथर भुभाग,खेतीयोग्य जमिन, १२ महिना जे पनि गर्न सकिने यो सब हुँदा हुदै पनि किन हाम्रो कोल्हवी लाई पिछा पर्ने  ।हिजो के गरे भन्दा पनि भोलि के गर्ने भन्ने सोच बोकि अधि बढन मेयर लाई आग्रह गर्दछु ।



१)भौतिक संरचना भनेसगै शिक्षाको समस्या - हाम्रो कोल्हवी नगरमा  शिक्षामा ध्यान दिन पर्छ ।आज गुणस्तरीय शिक्षाकै कमिले गर्दा धेरै गाउँ बस्तीनै खालि भैईसकेको छ र अझै खाली हुने अबस्थामा छ यो विषयमा नगर बासि  बेलैमा गम्भीर भएनौ भने अझ हाम्रो कोल्हवी पछी पर्ने छ र मेयर जीको  अब नयाँ कार्यकालमा पहिलो प्राथमिकता शिक्षाको बिकास हुनु पर्छ  र कोल्हवी ओरिपरिका जनतालाई शिक्षाको माध्यम बाटनै पलायन हुन बाट रोक्नु पर्छ ।

२) प्रत्यक वडा मा स्वास्थ्य संस्था र नगर हस्पिटल को भवन निर्माण पश्चात् स्वास्थ्य क्षेत्रमा :- पहिले स्वास्थ्य  को पनि अतिनै समस्या रहेको र राम्रो स्वास्थ्य हस्पिटल नहुदा पनि यो भेगका जनता पलायन हुनुभएको छ।स्वास्थ्य जस्तो संबेदनसिल चिजमा पनि खेलवाड गर्नु हुन्न  पहिले अनायास मै कतिको ज्यान गएको छ यो विषयमा पनि हामी गम्भीर हुनु जरुरी छ।

३) कृषि:- हाम्रो कोल्हवी अन्नको भण्डार हो यहीँबाट बर्षेनि लाखौं क्युटल अन्न देशका ठुला ठुला सहरमा जान्छ यति हुदाहुदै पनि किसान् को समस्या निक्कै छ बेलामा मल खाद नपाउने पाएपनी चर्को मूल्य तिर्नु पर्ने पाकेको अन्नको उचित मूल्य नपाउने किसान् धेरै मारमा छन् पशुव्यवसायी र किसान लाई यो कर्यकालमा ध्यान दिनु पर्ने छ  ।

४)रोजगारी:-  हाम्रो कोल्हवी लगायत देशमा नै  रोजगारी शून्य छ आज रोजगारकै दौरानमा यहाँका हजारौं हजार युवा बिदेश अनि नेपाल् कै कुनाकाप्चामा आफ्नो घर परिबार छोडि पलायन भएका छन् यो पनि ठुलो समस्या हो कृषिमा व्यापक लगानी गरि कोल्हवी नगर लाई आत्मा निर्भर बनाउनु पर्ने देख्छु  कल कारखानाहरु संग समन्वय गरि कलकारखाना यहाँ भित्र्याउन पर्छ र कोल्हवी  बासिलाइ रोजगारी सिर्जना गर्नु पर्छ ।


५) खेलकुद:- अस्तिमात्र मेयर ज्युले नगरमा भलिवल को लागि ५ लाख नगरपालिका को तर्फ बाट प्रदान गर्नु भएको छ ।हाम्रो कोल्हवी  खेलकुदको सवालमा पनि धेरै नै पछी त छैन फुटबल क्रिकेट मेयर कप भईरहेका छन् ।यहाँ खेलकुदका गतिविधि लबभग निउन नै त छैन् ।खेलकुद यस्तो चिज होकि शरीर स्वास्थ्य राख्छ सधै सकारात्मक सोच पलाउछ केही गर्नु पर्छ है भन्ने जोश जगाउँछ र युवाहरूलाई सकारात्मक सोचको माध्यम बाट अधि बढाउछ विशेष गरी कुलतमा फस्न दिदैन अहिले हाम्रो कोल्हवी को खास समस्या यहि छ म कोल्हवी नगरमा व्यापक खेलकुदको प्रतियोगिता हरु सञ्चालन गरी युवाहरूलाई तयसमा समाहित गरि दुर्ब्यसनी कुलतमा फसेका युवाहरूलाई बाहिर झिक्न पर्छ र हाम्रो कोल्हवीमा राष्ट्रिय स्तरको खेलकुद प्रतियोगिता गरी खेलकुदको माध्यम बाट विश्व मै चिनाउन पर्छ।



अन्तिममा गर्नु पर्ने यहाँ धेरै छन् अपाङ्गहरुको समस्या छ गरिवी को समस्या छ  महिलाको समस्या कोल्हवी पहिचानको समस्या छ। अहिलेसम्म कोल्हवीको प्रमुख प्रवेशद्वार तामागढीमा प्रवेशद्वार स्वागत गेट बनिसकेको छैन त्यहाँ शौचालय बन्न सकेन त्यहाँ खानेपानीको समस्या हल हुन सकेन पानी पर्दा ओतिने राम्रो छानोको ब्यबस्था हुन सकेन कमसेकम तामागढी ओर्लिदा कोल्हवी बासी हुनुको गर्व महसुस होस  ठाँउ ठाँउमा गार्डन् पार्क पिकनिक स्थल गाउँ टोल बजार सर सफाइ मदिरा जन्य चिजमा केही कडाइ गरी सब्य असल शिक्षित समाज निर्माण गर्नु नै हाम्रो  सपना छ र नेपाल मै नमुना कोल्हवी उकृष्ट शभ्य कोल्हवी निर्माण गरि कोल्हवी बासी हुनुको गर्व महसुस दिलाउन हामी सबैले मात्र चाहेर मात्र सम्भव छ  तपाईंहरुको साथ र सहयोगको आवश्यकताको अहम भुमिका हुने हुनाले आउनुस तपाईं हामी हातेमालो गरि अधि बढउ र सुखी,सम्पन्न,सुन्दर,शान्त,रमणीय हरेक क्षेत्रमा सफल,सबल कोल्हबी निर्माण गर्न पनि यस पालि भरत भण्डारी लाई नगर प्रमुख मा पुन दोहोर्‍यनु पर्छ । 


प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

news,2344,tech,3,अर्थ,5,कृषि,11,फिचर,6,भिडियो,5,विचार,8,विचित्र खबर,5,विज्ञान प्रविधि,6,विशेष,12,समाचार,12,सम्पादकीय,5,
ltr
item
श्री गढीमाई राष्ट्रिय दैनिक: कोल्हवी नगरमा किन पुन आउनु पर्छ भरत भण्डारी
कोल्हवी नगरमा किन पुन आउनु पर्छ भरत भण्डारी
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEj1ltH-57-XBoJbQm3GktmsPiV7jzWknBBTdgmrOCjQW8iW7JymYQSkadjdlmEO_qPLnPtzN4i2v3DC7Ify3IT6g2O_qRTcOMVCbYJXAIQxR1Yr8ARoBF-uUA7MpF28GkwLfNJx1gMGnicltzXehTB_8gvdFmpT0edDc3LIqavjzFs41Iu1PvRCmbpb6Q/s320/IMG_20220329_2.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEj1ltH-57-XBoJbQm3GktmsPiV7jzWknBBTdgmrOCjQW8iW7JymYQSkadjdlmEO_qPLnPtzN4i2v3DC7Ify3IT6g2O_qRTcOMVCbYJXAIQxR1Yr8ARoBF-uUA7MpF28GkwLfNJx1gMGnicltzXehTB_8gvdFmpT0edDc3LIqavjzFs41Iu1PvRCmbpb6Q/s72-c/IMG_20220329_2.jpg
श्री गढीमाई राष्ट्रिय दैनिक
https://www.shreegadhimaidaily.com.np/2022/03/blog-post_73.html
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/2022/03/blog-post_73.html
true
8891381760893256154
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content